ब्राजिललाई आधार, स्वीटजरल्याण्ड निरन्तर, नाईजेरियाले थप्यो रोमाञ्चकता- वेदप्रसाद भुर्तेल


खेलका नायक नाईजेरियाका मुसाले ७५ औं मिनेटमा आफ्नो व्यक्तिगत दोश्रो गोल गर्दा नाईजेरियालाई २–० को अग्रता दिलाए । खेलमा बल नियन्त्रण तथा गोलका लागि प्रयास दुवै नाईजेरियाले बढी गरेको थियो । यो जीतसँग समुह डी मा उसको ३ अंक छ ।
गए राति विजयी तीनै टोलीले दुईदुई गोल गर्दा पराजितमध्य सर्बियाले मात्र एक गोल फर्कायो । समुह ई अन्तर्गत हिजोको खेलमा ब्राजितविरुद्ध जुझारु देखिए पनि कोष्टारिकाको सम्भावना समाप्त भएको छ । समान ४ अंक हासिल गरेका स्वीटजरल्याण्ड र ब्राजिललाई नकआउट चरणको दौडमा सर्बियाले पछाईरहेको छ । यो समुहको नकआउट चरण पुग्ने तथा समुह विजयी तथा उप विजयीको टुङ्यो भने अन्तिम खेलबाट जुन २७ मा हुने छ । राम्रो खेल खेलेको ब्राजिलका सुपर स्टारेले खेलको ९० मिनेटसम्म गोल गर्न सकेनन् । र, विजयको ट्रयाक खोल्न ब्राजिलले खेलको निर्धारित समयपछि अतिरिक्त समयसम्म कुर्नुपरयो । अतिरिक्त समयको पहिलो मिनेटमै गोल गरेको ब्राजिलले विश्व कपको ईतिहासमा निर्धारित ९० मिनेटको खेल पछि सबैभन्दा ढिलो अर्थात ९७ औ मिनेटमा गोल गर्दै २–० को विजय हासिल गरेको छ ।
उता समुह डीको अर्को महत्वपूर्ण खेलमा नाईजेरियाले आईसल्याण्डलाई २–० ले हराएपछि सो समुहमा रहेका नाईजेरिया, आईसल्याण्ड र अर्जेन्टिनाको दौड रोचक बनेको छ । प्रभावशाली तथा जित्नै पर्ने खेलमा नाईजेरियाले दमदार खेल खेल्यो र नकआउट चरणको आधार तयार गरेको छ । उसको अन्तिम खेल कमजोर खेल खेलिरहेको अर्जेन्टिनासँग हुने छ । आईसल्याण्लले क्रोसियासँग कस्तो खेल्ने छ? त्यसले पनि नाईजेरियाको अर्को चरण यात्राको भाग्य निर्धारण गर्ने छ । त्यस्तै समुह ईको अर्को महत्वपूर्ण खेलमा स्वीटजरल्याण्डले सर्बियाको चुनौति समाप्त पारेको छ ।
कौटिन्होले ब्राजिललाई गरे रेस्क्यु
ब्राजिलले खेलको अतिरिक्त समयमा कौटिन्हो र नेइमारले गोलमा २–० विजय हासिल गरेको छ । र, अंक तालिकको सिरानमा पुगेको छ । प्रशिक्षक टिटेको सिर्जनात्मक तथा आक्रमक खेलाडी परिवर्तनको रणनीतिले कोष्टारिकामाथि दबाव दिन सक्षम भयो र खेलको अतिरिक्त समयको पहिलो मिनेटमा खेलका नायक कौटिन्होले गोल गर्दै विजयको आधार तयार गरे । खेलको अन्तिम समयमा ब्राजिलको आक्रमण सामु घुँडा टेकेको कोष्टारिकाले राम्रो रक्षात्मक खेल खेलेको थियो । प्रशिक्षक ओस्कारले कोष्टारिकाका लागि सही रणनीतिमा खेल खेलाएको थिए । ब्राजिलको क्षमतालाई धरासाही बनाउँने उनको रणनीतिमा टिम ९० मिनेटसम्म खरो उत्रियो पनि, तर हार टार्न सकेन । खेल पछिको प्रेश कन्फ्रेन्समा खेलको समीक्षा गर्दै ब्राजिलियन प्रशिक्षक टिटेले भने “पहिलो हाफ राम्रा लागि गाह्रो रह्यो, दोश्रो हाफमा हामीले गर्न सक्ने कुनै कसर छोडेनौं । यी दुई खेलमा हामी पिडित भएका थियौं ’cause यो विश्व कपको खेल हो ।”
ब्राजिलले ४–२–३–१ को बललाई पकडमा राख्दै गोलका अवसर बनाउँने रणनीतिमा मैदानमा उत्रिएको थियो । ब्राजिलले रणनीतिअनुसार नै ६६ प्रतिशत बल नियन्त्रण राख्यो र ९ लक्ष्यमा सहित २३ वटा प्रहार गोलका लागि गरेको थियो । उसको ५ प्रयास कोष्टारिकाका रक्षकले छेकेका थिए, भने ९ वटा प्रहार गोलपोष्टभन्दा बाहिर गरेका थियो । धेरै राम्रा मुभ भए पनि गोल फिनिसिङ्ग सहि हुन सकेको थिएन । तर, ९० मिनेटपछिको खेलमा भएको चमत्कारले नाटकीय परिणाम आयो । जुन कर्मयोगी ब्राजिलको पक्षमा देखियो । जेससको पासमा कौटिन्योले ९१ औं मिनेटमा गोल ठोके भने डगलस कोष्टको सहयोगमा नेइमारले ९७ औं मिनेटमा दोश्रो गोल गरे । कौटिन्हो र नेइमारले तीनतीन वटा गोल पोष्टको दिशामा सटिक प्रहारसहित छ छ वटा गोलका प्रयास गरेका थिए । जेसस र कासमिरोले दुई दुई वटा प्रयास गर्दा डिफेन्स मार्सेलोले ३ पटक गोलको प्रयास गरेका थिए । कोष्टरिकाका खेलाडीले लक्ष्यविहिन ४ प्रयास गरेका थिए ।
ब्राजिलले २८ प्रतिशत बल कोष्टिरिकोको गोल क्षेत्रमा खेलाएको थियो । पहिलो हाफमा २० प्रतिशतमात्र बल विपक्षको गोल क्षेत्रमा खेलाएको ब्राजिलले ७ वटा मात्र प्रहार गोलका लागि कोष्टारिका विरुद्ध प्रहार गरेको थियो । त्यसपछि दोश्रो हाफमा प्रशिक्षक टिटे विल्लिएन र पौलिन्होलाई परिवर्तन गरि कोष्टा र फिरमिनोलाई मैदानमा उतारेका थिए । परिणामस्वरुप ब्राजिलले दोश्रो हाफमा १६ प्रहार गर्दा ८ वटा लक्ष्यउन्मुख भएर २ गोल गर्न सफल भयो । खेलको पहिलो प्रभावशाली मुभ तथा गोलका लागि प्रयास भने कोष्टारिकाले १३ औं मिनेटमा गरेको थियो । खेलको २६ औ मिनेटमा ब्राजिलका जेससलाई मार्सेलोले राम्रो पास उपलब्ध गराए र बललाई जाली चुम्यो । तर, रेफ्रीले अफ साईड दिए र गोल मान्यता पाएन ।
दोश्रो हाफमा आक्रमक देखिएको ब्राजिलका जेससले ४९ औं मिनेमा आक्रर्षक हेडर गरे । तर, सो प्रहार गोलपोष्टको बारमा लागेर फर्कियो । फर्किएको बललाई कौटिन्होले डिबक्सभित्रबाट प्रहार गर्दा गोलपोष्टबाट बल बाहिरियो । त्यस्तै ५६ औं मिनेटमा नेइमारले डिबक्सभित्रबाट गरेको राम्रो प्रयास कोष्टारिकाका गोलकिपर नाभासले उत्कृष्ट बचाउँ गरे । ब्राजिलले आक्रमणलाई निरन्तरता दिँदै ५८ औं मिनेमा कोष्टारिकाका रक्षकले क्लियर गर्न नसकेको बललाई नियन्त्रण लिँदै नेइमारले प्रहार गरे । तर, उनले दिशा सही राख्न सकेनन् । कोष्टारिकाका नाभास व्यस्त भईरहदा ब्राजिलियन गोलकिपर फुर्दसदिला देखिन्थे । ७८ औं मिनेटमा उत्कृष्ट पास प्राप्त गरेका नेइमारले ढिलो गरे तथा कोष्टारिकाको डिबक्समा लड्न पुगे । रेफ्रीले भिडियो असिस्सटेन्स रेफ्री (भार) को प्रयोगगर्दा नेइमारले नाटक गरेको ठहर गर्दा ब्राजिललाई पेनाल्टीको अवसर दिएनन् । निर्धारित ९० औं मिनेटसम्म बराबरीमा रहेको खेलमा ९१ औं मिनेटमा रोचक मोड लियो । ब्राजिलका कौटिन्होले जेससको पासमा सानो डिबक्स नजिकैबाट सशक्त प्रहार गरी खेल १–० मा बनाई विजयको आधार तयार गरे । त्यसपछि नेइमारले ९७ औं मिनेटमा विश्व कप ईतिहासकै सबैभन्दा ढिलो गोल डगलस कोष्टाले नजिकैबाट दिएको पासमा गरे । खेल ब्राजिलले २–० गोलले विजयी हुँदा ३ अंक हासिल गर्दै समाप्त भया,े भने कोष्टारिकाको नक आउटमा पुग्ने सम्भावना समाप्त भयो ।
नाईजेरियाले लडायो आइसल्याण्डलाई
हिजो राति नै भएको दोश्रो खेलमा आइसल्याण्डलाई २–० ले मात दिँदै नाईजेरियाले नकआउटमा पुग्ने आशा जिवितै बनाएको छ । नाईजेरिया गोल अन्तर र अंकले अघि भएपनि आईसल्याण्ड तथा क्रोएसिया र नाईजेरिया तथा अर्जेन्टिनाको खेलको परिणामले समुह डीको दोश्रो चरण पुग्ने अर्को राष्ट्रको टुङ्गो लाग्ने छ । संगठित तथा रणनीतिअनुसार खेलेको नाईजेरियाले पहिलो गोल भने दोश्रो हाफको ४९ औ मिनेटमा गरेको थियो । खेलका नायक नाईजेरियाका मुसाले ७५ औं मिनेटमा आफ्नो व्यक्तिगत दोश्रो गोल गर्दा नाईजेरियालाई २–० को अग्रता दिलाए । खेलमा बल नियन्त्रण तथा गोलका लागि प्रयास दुवै नाईजेरियाले बढी गरेको थियो । यो जीतसँग समुह डीमा उसको ३ अंक छ ।

अफ्रिकी देश नाईजेरियाले ३–५–२ को रणनीतिमा खेल ५८ प्रतिशत बल आफ्नो खुट्टामा खेलायो भने १६ वटा गोलका प्रयास ग¥यो । आक्रमक नै रणनीति ४–४–२ मा ओर्लिएको आइसल्याण्डले १० वटा अवसर मात्र बनायो । नाईजेरियाले ४ प्रहार लक्ष्यमा राखेर २ गोल गर्दा आईसल्याण्डले ३ प्रहार लक्ष्यमा राखेपनि कुनै गोल गर्न सकेन । रणनीति आक्रमक भए पनि आईसल्याण्डलाई रक्षात्मक बनाउँन सफल नाईजेरियाका थप ६ वटा प्रहारहरु आईसल्याण्डका रक्षकले छेकेका थिए । प्रतिस्पर्धात्मक भए पनि खेलमा सबै हिसाबले नाईजेरियाको पल्ला भारी देखिन्थ्यो । खेलपछिको प्रेस भेटघाटमा नाईजेरियाका प्रशिक्षकले युवा खेलाडीको प्रशंसा गर्दै २०२२ को विश्व कपका लागि यो टिम तयार हुने र अर्जेन्टिनालाई अर्को खेलमा हराउँने विश्वास व्यक्त गरे ।
खेलमा ५८ प्रतिशत बलमा नियन्त्रण लिएको नाईजेरियाले ८४ प्रतिशत सटिक पास खेलेको थियो । उसको मुसाले ३ प्रहार गर्दै २ गोल गरे भने मोसेसले ३, ईटाबोले २, दिदिले २, आईअनाचोले २ र ईकोङ्गले दुई दुई पटक गोलका लागि प्रहार गरेका थिए । मुसालाई मोसेस र ओमेरुओले गोलका लागि बल उपलब्ध गराएको थिए । उता १० प्रयासमध्ये सुगार्डसन, बिजार्नसन तथा फिन्नबोगासनले क्रमशः तीन, दुई, दुई पटक गोलका लागि प्रयास गरेका थिए । २४ प्रतिशत विपक्षीको गोल क्षेत्रमा बल पुरयाए पनि आईसल्याण्ड गोल गर्न सकेन । नाईजेरियाले २० प्रतिशतमात्र बल विपक्षीको गोल क्षेत्रमा लगेपनि मुभहरु खतरनाक रहेको थियो ।
पहिलो हाफको तेश्रो मिनेटमै आईसल्याण्डका सुगार्डसनले आकर्षक फ्रिकिक गरेका थिए । जसलाई सही स्थानमा बसेका नाईजेरियाका गोलकिपर उजोहोले उत्कृष्ट बचाउ गरे । पहिलो हाफमा केही राम्रा मुभ बनाए पनि गोलै गर्ने खालका प्रहार भएनन् भने दोश्रो हाफको पहिले देखिनै आक्रमक देखिएको नाईजेरियाले ४९ औं मिनेटमा सफल प्रयास गरयो । मोसेसले मुसालाई सही पास दिएको थिए । जसलाई मुसाले उत्कृष्ट नियन्त्रण राख्दै कडा प्रहार गर्दा आईसल्याण्डका गोलकिपरले बचाउँन सकेनन् । ७४ औं मिनेटमा नाईजेरियाका मुसाले नै डिबक्स बाहिरबाट कडा प्रहार गरेका थिए । सो प्रहार आईसल्याण्डको बारमा लागेर फर्किएको थियो । खेलको ७५ औं मिनेटमा जादुगरी खेल देखाउँदै लामो पासमा प्राप्त बललाई मुसाले दुई रक्षक र गोलकिपरलाई छल्याउँदै उत्कृष्ट गोल गरे । मुसाले आईसल्याण्डका खेलाडीलाई चै मुसा झै नचाएको थिए । ७८ औं मिनेटमा आईसल्याण्डले सुन्दर मुभ बनाएको थियो । सो मुभमा बललाई नियन्त्रण लिई सकेपछि नाईजेरियाका रक्षकले गल्ती गर्दै आईसल्याण्यका खेलाडीलाई फल गरेपछि रेफ्रीले भारको सहायतामा पेनाल्टी दिए । सो प्रहार आईसल्याण्डका सुगार्डसनले गोलपोष्टको बारमाथि बाट बाहिर प्रहार गरे । नाईजेरियाको उत्कृष्ट खेल तथा आईसल्याण्डको दुर्भाग्यले नाईजेरिया २–० परिणाम निकाल्न सफल भयो ।
स्वीटजरल्याण्ड नकआउट नजिकै
सर्बियामाथि २–१ को प्रभावशाली नतिजा निकाल्दै स्वीस टिम नकआउट नजिक पुगेको छ । महत्वपूण खेल आफ्नो पक्षमा परेको स्वीट टिमले ३ अंक तालिकामा थप्दै ४ अंक सहित ब्राजिलपछि दोश्रो नम्बरमा छ । समुह ईको कमजोर देखिएको कोष्टारिकालाई बराबरीमा रोके पनि स्वीस टोली नकआउटमा पुग्ने छ । मध्यरात भोल्गोगार्डमा भएको खेलमा सागिरीले ९० औं मिनेटमा निर्णायक गोल गरे । पुरै अवधी छाएको सागिरीले गोल गरेपछि म्यान अफ द म्याच पनि चुनिए । खेलको पाँचौ मिनेटमा गोल खाएर पनि संयम र सन्तुलनका साथ आत्माविश्वासी खेल खेलेको स्वीटजरल्याण्डले ५२ औं मिनेटमा झाकाको गोलमा खेललाई फर्र्र्काएको थियो ।
निक्कै प्रतिस्पर्धात्मक खेलमा स्वीटजरल्याण्डले दोश्रो हाफ पुरै कब्जामा लिएको थियो । सर्बियाले पहिलो हाफको जस्तो दोश्रो हाफमा गोलका लागि अवसर बनाउँने तथा आक्रमण गर्न नसक्नु नै पराजयको कारण बन्यो । कुल २० आक्रमण मध्य स्वीस टोलीले ११ आक्रमणका प्रयास दोश्रो हाफमा गरेको थियो । पहिलो हाफमा १० आक्रमण गरेको सर्बियाले दोश्रो हाफ बल नियन्त्रण र विपक्षीको गोल क्षेत्रमा खेलाउँने मात्र काम गर्दै जम्मा २ वटा प्रहार मात्र गोलका लागि गरेको थियो ।
दुवै टोली ४–२–३–१ कै रणनीतिमा मैदान छिरेका थिए । तुलनात्मक रुपमा स्वीटजरल्याण्डले राम्रो खेल खेल्यो । ५८ प्रतिशत समय बलमाथि नियन्त्रण, ८७ प्रतिशत सही पास र २० पटक गोलका लागि प्रयास गरेको स्वीटजरल्याण्डले २ गोल गरयो । त्यस्तै उसका ७ वटा प्रहारहरु सर्बियाका रक्षकहरुले छेकेका थिए । सर्बियाले ७८ प्रतिशत सफल पास र १२ वटा प्रहार गरेको थियो । तीन वटा प्रहार मात्र लक्ष्यमा गरेको सर्बियाले एक गोल खेलको प्रारम्भमै गरेको थियो । थप गोल गर्न चुकेको सर्बियाले बनाएको अग्रता कायम गर्न नसक्दा पराजित भयो । एक गोलपछि परे पनि धैर्य र आत्माविश्वासले भरिएको स्वीटजरल्याण्डले विजय हासिल गरेको छ ।
खेलको प्रारम्भमा सर्बियाले आक्रमण शुरु गरेको थियो । खेलको पाँचौ मिनेटमा हेडरबाट मित्रोविचले दुई प्रयास गर्दा दोश्रो प्रहारले स्वीस जाली चुम्यो । तादिकको क्रस पासमा दोश्रो हेडर गरेका मित्रोविचले सर्बियालाई खेलमा अग्रता दिलाए थिए । खेलको ३० औं मिनेटमा जुबेरको पासमा द्जोमाइलीले सानो डिबक्स नजिकबाट फितलो प्रहार गर्दा सर्बियाका गोपकिपरले बचाए । सर्बियाले पहिलो हाफको ४४ औं मिनेटमा कर्नरबाट गोलका लागि प्रयास गरेको थियो । सो प्रयास गोलबारमाथिबाट बाहिरोयो । दोश्रो हाफमा आक्रमक बनेको स्वीस टिमले ५२ औं मिनेटमा खतरनाक मुभ बनाउँदै गोलको प्रयास गरयो । सागिरीको कडा प्रहार सर्बियाका रक्षकले बचाएर फर्काए । तर, सोही बललाई डिबक्स निक्कै टाढामा कडा र सटिक प्रहार गरेर झाकाले गोल गरे । सो गोलसँगै स्वीस टोली खेलमा फर्कियो । त्यसको ६ मिनेट पछि फेरी स्वीटजरल्याण्डले आक्रमण गरयो । स्वीस स्टार सागिरीले गरेको कडा प्रहार गोलपोष्टमा लागेर फर्कियो । खेलको निर्णायक गोल काउन्टर एट्याकमा ९० औं मिनेटमा सागिरीले गरे । मध्य भागबाट एक्लै बल लिएर एक रक्षक र गोलकिपरलाई मातदिँदै सुन्दर गोल गरे । समग्र खेल र सो गोलले उनी म्यान अफ द म्याच मात्र बनेन्, स्वीटजरल्याण्डलाई महत्वपूर्ण तीन अंक पनि दिलाए ।
आजको खेल
आज समुह एफको दुई र समुह जीको एक खेल गरी तिन खेल हुने छ । समुह जी अन्तर्गत पहिलो खेल साँझ ५ः४५ बजे स्पार्टक रंगशालामा बेल्जियमले ट्युनिसियाको सामना गर्दैछ । बेल्जियमले सजिलै २ गोलकोभन्दा बढी अन्तरले सो खेल जित्ने अनुमान छ ।
समुह एफमा महत्वपूर्ण खेल स्वीडेन र जर्मनी बिच हुनेछ । पहिलो खेल मेक्सिकोसँग हारेको दाबेदार जर्मनीका लागि यो खेल गर या मरको अवस्थामा छ । अघिल्लो खेल जितेको स्वीडेनसँग जर्मनीले हारे यो विश्वकपमा उसको सम्भावना समाप्त हुने छ । अनुमानअनुसार खेल बराबरी हुने सम्भावना बढी छ । यदि जित भए स्वीडेनको भन्दा जर्मनीको सम्भावना बढी देखिन्छ । सोचीको फिस्ट रंगशालामा हुने सो खेलको परिणाम के हुन्छ ? हेर्न राति ११ः४५ बजेसम्म कुर्नु पर्ने छ । त्यस्तै पहिलो खेल राम्रो खेलेर पनि हारेको कोरियाले जर्मनीलाई हराएको मेक्सिकोको सामना गर्नेछ । दोश्रो चरणमा पुग्न मेक्सिकोले निश्चित जित खोजीरहेको छ र परिणाम पनि उसकै पक्षमा जाने अनुमान गरिएको छ । रोस्तोभ एरिनामा दक्षिण कोरियाको नकआउट चरणको यात्रा समाप्त हुने नहुने राति ८ः४५ को खेलबाट फैसला हुनेछ ।
