अर्जेन्टिना, नाईजेरिया, आईसल्याण्ड, डेनमार्क र अस्ट्रेलियाको आज भाग्य परीक्षा हुने -बेदप्रसाद भुर्तेल

 

 

 

नेपालमा फुटबल सबैलाई लागेको छ । त्यो लिष्टमा नेताहरु पनि समावेश छन् । मलाई एक पार्टीका केन्द्रीय नेता भिम राईले सन्देश लेख्नु भएछ, “अर्जेन्टिनाले के गर कान्छा आज?” गाउँले परिवेशले हामी दाजुभाई खर्लप्पै अंगालेको छ र उहाँले भन्ने “कान्छा !” सम्बोधन मलाई निक्कै प्रिय छ । खोटाङे राई दाईसँग मोरङे भाईको यो सम्बन्ध हामीले कीर्तिपुरमा रहँदा २०५८ साल देखिको हो । करिब १० बर्ष जति भयो हाम्रो भेट नभएको तर यो विश्व कपले हामीलाई जोडेको छ । त्यसैले त विश्व कप खेलमात्र नभएर भाईचारा र सम्बन्धको सेतु पनि भएको छ । कीर्तिपुरमा रहदा हामीले विश्व कप २००२ मा सँगै हेरौं र समर्थन पनि उही अर्जेन्टिनालाई गरियो । सो प्रतियोगितामा अर्जेन्टिना केवल नाईजेरियालाई मात्र जित्दै समुह चरणबाटै बाहिरियो । तर आजसम्म हामी दाजुभाईको समान चाहाना एउटै छ, अर्जेन्टिनाले जितोस् । त्यसैले परिणाम जे भए पनि अर्जेन्टिनाले जित्छ लेखेको हेर्ने उहाँको चाहनालाई सजिलै खेल्नु भन्दा यर्थाथलाई विश्लेषण गर्नु आवश्यक छ । आजको खेलको परिणाम के हुन सक्छ? उनै पुराना दाई र उहाँ जस्तै अर्जेन्टिनाको समर्थकहरुको प्रश्नको जवाफ ईतिहास तथा वर्तमान अवस्थालाई प्रस्तुत गरी बुझाउँन प्रयास गर्दैछु ।

 

 

 

नाईजेरिया र अर्जेन्टिनाको मैले विश्व कप हेर्न थाले पछि अहिले सम्म ४ पटक समुह चरणमा आपनेसामने भएको छ । चारै पटक झिनो गोल अन्तरले अर्जेन्टिना विजयी भएको छ । यी दुई टिम समुह चरणमा एकआपसमा सबैभन्दा बढी खेल्ने मध्यका एक टिम हुन् ।

 

 

 

सन् १९९४ मा अर्जेन्टिनाले अमेरिकामा नाईजेरियालाई २–१ ले हराएको थियो । सन् २००२ मा जापानमा भएको खेलमा बाटिस्टुटाको एक मात्र गोलले अर्जेन्टिना विजय भएको थियो । त्यस्तै जर्मनीमा अर्जेन्टिनाले सन् २०१० मा ग्राभियल हिइन्जेको हेडरमा गोल गर्दा १–० गोलले बाजी मारेको थियो भने, सन् २०१४ को ब्राजिल विश्व कपमा अर्जेन्टिना मुसाको दुई गोल खाएर पनि ३–२ ले विजयी भएको थियो । ईतिहासमा नाईजेरियामाथि अजय टिम अर्जेन्टिनालाई नाईजेरियाले माटो सुघाउँछ भन्नु मुर्खता हुन सक्छ । तर नाईजेरियाका स्ट्राईकर अहमद मुसाले धम्की दिँदै भनेका छन् “विश्व कप २०१४ मा उनी (अर्जेन्टिना) विरुद्ध दुई गोल गरेको थिए र अब पनि दुई गोल गर्छु ।” उनले आफ्नो आत्माविश्वास मात्र बोलेका छैनन् यो विश्व कपमा अर्जेन्टिनाको रक्षाको अवस्था पनि दयनीय छ । र, नाईजेरिया यस अघिको हारको बदला लिने दाँउमा छ । खेलमा राम्रो गरिरहेको नाईजेरियाको विजय हुने धेरै विश्लेषकको अनुमान छ । तर मुसाले दिएको धम्कीलाई निशानाभुत गर्नुको विकल्प अर्जेन्टिनासँग छैन । नाईजेरियाले जित वा बराबरी गरेपनि नक आउट खेल्ने सम्भावना छ । उता अर्जेन्टिनालाई जितले मात्र दोश्रो चरण पु¥याउँछ ।

 

 

अर्जेन्टिनाले जितेर मात्र हुने छैन आईसल्याण्ड हार्नु वा बराबर हुनुपर्छ । अर्जेन्टिना र नाईजेरियाको हालको खेल प्रदर्शनको हिसाबले नाईजेरियाको सम्भावना बढी छ । उता अर्जेन्टिनाका प्रशिक्षक सिम्पोलीले खेलाडीलाई दोष थुपारे पछि खेलाडी र उनको द्वन्द ’bout खबर आएको छ । तर मेसी तथा म्यास्कारानोले खेलाडी र प्रशिक्षकबिच मध्यस्तता गराई अर्जेन्टिना नाईजेरिया विरुद्धको खेलमा केन्द्रित भएको छन् । म्यास्कारानोले कुनै पनि किसिमको असहज तथा नराम्रो सम्बन्ध कुनै खेलाडी र सिम्पोली बिचमा नरहेको जनाएका छन् । अर्जेन्टिनाका मेसीले यस्तो अफ्ठारो अवस्थामा पटक पटक टिमलाई फर्काएको र साथी माझमा मेसी एकदमै मिलनसार तथा सालिन रहने भएकाले टिम भावना बनेको आशा गरिएको छ । द सन पक्रिकाले लेखेको छ विश्व कप प्रगति (अर्जेन्टिनाको) मेसीको हातमा छ । जादुगरी खेल खेल्ने मेसीको नखुलेको खेल खुल्ने आशा गर्नुको विकल्प छैन । मुसाले मेसीलाई माझ्ने हुन कि मेसीले मुसालाई ठूलो गफको सट्टामा झापड हान्ने हुन, हेर्न आज राति ११ः४५ मा रसियाको सेन्ट पिर्टरवर्गको खेल कुर्नु पर्ने छ ।

 

 

आज नै आईसल्याण्डले क्रोएसियाको सामना मध्य राति रोस्तोभ एरिनामा गर्ने छ । जितको विकल्प नरहेको आईसल्याण्डलाई उत्कृष्ट फर्ममा रहेको क्रोएसियाले जित्ने आशा गरिएको छ । जित वा बराबरीले नाईजेरिया र अर्जेन्टिनाको भाग्य निर्धारण गर्ने छ । तर पहिलो सहभागी अविस्मरणीय बनाउँन आईसल्याण्डले हर प्रयास गर्ने छ । अर्को चरणमा पुगेको क्रोएसियाले मुख्य खेलाडीलाई आराम दिए पनि खासै फरक नपर्ने हुँदा मुख्य खेलाडीलाई क्रोएसियाले आराम दिएँ आईसल्याण्डलाई केही सहज हुने छ ।

 

 

त्यस्तै समुह सी डेनमार्क तथा अस्ट्रेलियाको भाग्यको फैसला हुने छ । फ्रान्स यस अघि नै अर्को चरणमा गए पनि यो समुहको भाग्य निर्धारणमा निर्णायक हुने छ । अस्ट्रेलियालाई पेरुमाथि कम्तिमा दुई गोलको फरकले जित चाहिएको छ भने डेनमार्कले फ्रान्सलाई कम्तिमा बराबरी गर्नु छ । उत्कृष्ट खेल खेलेर पनि अभागी देखिएको अस्ट्रेलियाले पेरुलाई हराउँने नै अनुमान छ भने फ्रान्सले डेनमार्कलाई पनि हराउँने सम्भावना छ । यदी यी दुवै सम्भावना सही भए एसियाको प्रतिनिधित्व गर्ने अस्ट्रेलियाले दोश्रो चरणमा पाईलो राख्ने छ । खेलको परिणाम के हुन्छ ? हेर्न साँझ ७ः४५ मा फिस्टमा हुने अस्ट्रेलिया र पेरु तथा लुजनिकी रंगशालामा फ्रान्स र डेनमार्कबिचको खेल हेर्न पर्ने छ ।

 

 

हिजोको खेल

 

हिजो रातिको खेलबाट प्रिक्वाटरका चार टोली तथा ’emको प्रतिद्वन्दीको निधो भएको छ । अब नक आउटमा पोर्चुगलको भेट उरुग्वेसँग हुने छ र स्पेनको सामना रसियाले गर्ने छ । समान पाँच अंक र समान गोल अन्तर भएको पोर्चुगल र स्पेनमा विजयता छान्न दुवैले आफ्नो पक्षमा गरेको गोलको संख्याको गणना गर्दा ६ गोल गरेको स्पेन विजयता बन्यो । हिजो राति नै उरुग्वेले रसियालाई उसैको गृह मैदानमा निरिह बनाउँदै ३–० को सनसनीपूर्ण नतिजा निकालेको छ । आयोजक निरास बनाउँन शुरुवात स्वारेजले गरे भने अन्त्य काभानीले गरेका थिए । उता ईरानले रोनाल्डोलाई रोक्दै उत्कृष्ट खेल खेलेपछि पोर्चुगलले जित निकाल्न सकेन । बराबरी भएपछि ईरान पहिलो चरणबाटै बाहिरिएको छ । तर ईरानी खेलाडीले रोनाल्डोलाई हैरान बनाएका थिए । गोल्डेन बुटको होडमा रहेका रोनाल्डो ह्यारी केन भन्दा एक गोलले पछि छन् र अहिलेसम्म उनले ४ गोल गरि दोश्रो स्थानमा छन् ।

 

 

स्पेनलाई मोरोक्कोको ऐठन

 

समुह बी मा स्पेनले मोरोक्कोलाई सहजै जित्ने अनुमानको विपरित मोरोक्कोले स्पेनलाई नराम्रोसँग झस्कायो । प्रतियोगिताबाट बाहिरिसकेको मोरोक्कोले बल नियन्त्रण तथा आक्रमणको संख्या भन्दा पनि राम्रो आक्रमण तथा उत्कृष्ट रक्षात्मक खेलेर स्पेनको तागतलाई सतही बनायो । त्यसो त खेलमा अग्रतै मोरोक्कोले दुई पटक बनाएर पनि बचाउँन सकेन । दबाब बिना खेलेको मोराक्कोले चुस्त आक्रमण गरेको थियो ।

 

 

पहिलो हाफमा स्पेनले गोल खाए पनि खेल हरेक कोणबाट स्पेनको पक्षमा गयो । खेलमा स्पेनले ९१ प्रतिशत सफल पाससहित ७० प्रतिशत समय बललाई खेलायो । मोरोक्को १ गोलसहित ३ गोलका लागि प्रहार स्पेनको गोलपोष्टमा गरेको थियो । उता स्पेनले मोरोक्कोलाई ७ पटक गोलको प्रयास ग¥यो र एकमा सफलता हासिल पनि । मोरोक्कोका खालिद बौतैबले २ लक्ष्यमा प्रहार गर्दा एक गोल गरेका थिए । त्यस्तै स्पेनका लागि ईनिएस्टा र कोष्टाले दुई दुई पटक गोलका लागि प्रयास गरेका थिए । थप प्रयास स्पेनका लागि ईस्को, पिके र बसक्येस्टले एक एक पटक गरे भने ईस्को सफल भएका थिए ।

 

 

 

 

अनुशासनको समस्या देखाएका मोरोक्कोका खेलाडीले खेलको पहिलो हाफमै चार पहेलो कार्ड पाएका थियो । पहिलो हाफको पाँचौ मिनेटमा मोरोक्कोका खेलाडी बौतैबले फल खेलेपछि स्पेनका रामोससँग भनाभन गरेका थिए । खेलको १४ औ मिनेटमा ईनिएस्टा र रामोसको कन्फुजनमा बौतैबले बल मध्यभागमा खोसेर गोल गरे । १८ औं मिनेटमा स्पनेका ईनिएस्ताले डिबक्स बाहिरबाट धेरै नै आकासिएको प्रहार गरेका थिए । खेलको १९ औं मिनेटमा ईनिएस्टाले गोलपोष्ट नजिकैबाट उपलब्ध गराएको आक्रर्षक पासलाई इस्कोले नियन्त्रण लिई सशक्त प्रहार गरे । उनको गोलमा खेल १–१ को बराबरीमा आयो । एक पटक फेरी २३ औं मिनेटमा खालिद बौतैबले गोल किपरसँग वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् । स्पेनका गोलकिपर डी जियाले उनको प्रहार जोगाएका थिए । पहिलो हाफको अतिरिक्त समयको दोश्रो मिनेटमा ईनिएस्टाले उपलब्ध गराएको बललाई कोष्टाले गोलमा बदल्न सकेनन् ।

 

 

दोश्रो हाफको प्रारम्भमा स्पेनको क्षेत्रमा गोल लगेको मोरोक्कोले हानेको पासमा पिकेले डिबक्स ठीक बाहिर ह्याण्ड गरेपनि रेफ्रीले मोरोक्कोलाई फ्रिकिक दिएनन् । मोरोक्कोका खेलाडीले निक्कै अपिल गरेका थिए । खेलको ५० र्औ मिनेटमा बौस्सोफालाई आक्रर्षक पास दिएको थियो तर स्पेनका डि जियाले एक हातले बललाई फर्काई बचाए । मोरोक्कोले ५५ औं मिनेटमा खतरनाक मुभ बनाएको थियो र अम्रबातले कडा प्रहार गरेका थिए । अम्रबातको प्रहार दोश्रो पोष्टको कर्नरमा लागेर फर्किएको थियो । ६१ औं मिनेटमा ईस्कोले गरेको हेडरलाई मोरोक्काका रक्षक सियसले सही समयमा हेडर गर्दा कर्नर बनाए । सो कर्नरमा पिकेले गरेको हेडरले सही दिशा लिन सकेन ।

 

 

 

 

 

खेलको ८० औं मिनेटमा मोरोक्कोका सियसले गरेको प्रहार पिकेको हातमा लागे पनि रेफ्रीले पेनाल्टी दिएनन । मोरोक्कोका खेलाडीको अपिलका बाबजुद भिडियो असिस्सटेन्ड रेफ्री (भार) को सहायता पनि रेफ्रीले लिएनन् । तर मोरोक्कोले कर्नर पायो र ८१ औं मिनेटमा कर्नर किकमा ईन नेस्य्रीले हेडरबाट गोल गरे । खेलको अतिरिक्त समयको पहिलो मिनेटमा स्पेनका आश्पासले मोरोक्कोको जाली चुमाए पनि सहायक रेफ्रीले अफ साईड दिएपछि भारको सहायता लिईएको थियो । भारमा स्पेनको अफ साईड नरहेको ठहर गर्दै गोल दियो । तर मोरोक्कोका खेलाडीले सो निर्णयलाई चुनौति दिने खोजेपछि रेफ्रीले हाकिमीलाई पहेलो कार्ड दिए । अतिरिक्त समयमो पाँचौ मिनेटमा मोरोक्कोका फाज्रले फल खेले पछि भनाभन हुँदा स्पेनका खेलाडी माथि उनले हात हालेका थिए । खेलको अन्तिम मिनेटमा रातो कार्ड रेफ्रीले दिएनन् । यो खेलमा रेफ्रीको निर्णय क्षमता कमजोर देखिन्थ्यो ।

 

 

पोर्चुगलले ईरानको विश्व कप यात्राको प्राण लियो

 

निरन्तर आक्रमणका बाबजुद गोलको खडेरीलाई पोर्चुगलका कौरेस्माले ४५ आंै मिनेटमा गोल गर्दै पहिलो हाफमै अग्रता बनाए पनि पोर्चुगलले ९० मिनेट खेलपछि तेश्रो मिनेटमा गोल खाँदै बराबरी खेल्यो । समुह चरणको अन्तिम खेल बराबरीमा समाप्त भएपछि पोर्चुगल समुहमा उपविजयता बन्यो । ईरानसँगको खेलमा पोर्चुगलले जित निकाल्ने अनुमानको विपरित समग्रमा १–१ को नतिजामा चित्त बुझायो । पोर्चुगल ६७ प्रतिशत बलमा नियन्त्रणमा राख्दै १४ प्रहार गरे पनि ८ प्रहार गरेको ईरानले पोर्चुगललाई १–१ को बराबरीमा रोकेको हो । पोर्चुगलले ८६ प्रतिशत सटिक पास र ४ लक्ष्यमा गोलको प्रयास गरेपनि बराबरीमा चित्त बुझायो । गोल गर्न चुकेका रोनाल्डे क्रुध भई विपक्षी खेलाडीलाई हातै हाले पनि रेफ्रीले रातो कार्ड दिएनन् ।

 

 

पहिलो हाफमा ७१ प्रतिशत समय बललाई खेलाउँदै ७ वटा प्रहार गरेको पोर्चुगलले एक गोल मध्यान्तरको अन्तिम मिनेटमा ग¥यो । ८९ प्रतिशत सटिक पास खेलेको पोर्चुगलले ३ वटा गोलको प्रयास लक्ष्यमा राखेको थियो भने, उसका २ प्रहार ईरानी रक्षकले छेकेका थिए । पोर्चुगलले गरेका कुल ९ प्रहारहरु मध्य रोनाल्डोले ३, फोन्टेले २ र रिकार्डो कौरिस्माले २ प्रहार गरेका थिए । ईरानको ३ प्रहार मध्य ईजेतोलाहीले गरेको प्रहार मात्र लक्ष्यमा थियो । सो खेलमा कौरिस्मा नै म्यान अफ द म्याच बने ।

 

 

 

 

पहिलो हाफको तेश्रो मिनेटमा सानो डिबक्स नजिकैबाट रोनाल्डोले कडा प्रहार गरे पनि पोर्चुगलले अग्रता लिन सकेन । रोनाल्डोको सो प्रहारलाई ईरानी गोलकिपर बैईराभाण्डले बचाए । सातौं मिनेटमा ईरानका गोलकिपर र रक्षकले गोल बचाउँन प्रयास गर्दा संयोजन सही नहुँदा एक अर्काले हात हालाहाल गरे । १६ औं मिनेटमा रोनाल्डोले गरेको फ्रिकिक ईरानी खेलाडीले दिशा परिवर्तन गराउँदै गोलपोष्ट धेरै नै माथि पठाए । खेलको २२ औं मिनेटमा ईरानले गरेको फ्रिकिक गोलपोष्टको दिशामा गएन । खेलको ३९ औं मिनेटमा डिबक्स धेरै नै बाहिरबाट रोनाल्डोले गोलपोष्टमा गरेको प्रहार ईरानका गोल किपरले सजिलै बचाए । पहिलो हाफको ४५ औं मिनेटमा पोर्चुगलका कौरेस्माले आक्रर्षक गोल गरे ।

 

 

दोश्रो हाफमा खेलको ५० औं मिनेटमा ईजाटोलाहीले रोनाल्डोलाई डिबक्सभित्र फल गरेपछि रेफ्रीले भारको सहायतामा पेनाल्टीको अवसर पायो । पेनाल्टी प्रहार गरेका रोनाल्डोको प्रहार ईरानका गोलकिपर बैईराभाण्डले बचाएको थिए । रोनाल्डोले ६६ औं मिनेटमा दोश्रो वार चेप्दै गरेको प्रहार बाहिरियो । उता ईरानले ७२ औं मिनेटमा एउटा राम्रो प्रहार गरेको थियो । । ईरानका घोद्दोसले गरेको प्रहार गोलपोष्ट नजिकैबाट बाहिरिएको थियो । खेलको ८० औं मिनेटमा पटक पटक गोलको अवसर र पेनाल्टीमा गोल गर्न नसकेका रोनाल्डोले बल पनि नभएको अवस्थामा हिडिरहेका इरानी खेलाडीलाई हात हालेका थिए । तर रेफ्रीले भारको सहायता लिएर पनि पहेलो कार्ड मात्र दिएर रातो कार्ड नदिनु स्टार्डमको अघि रेफ्रीले गलत फैसला भनी विश्लेषकले टिभी कमेण्ट भनेका थिए । त्यस्तै खेलको ९१ औं मिनेटमा ईरानले क्रसमा हेड गर्दा पोर्चुगलका खेलाडीले ह्याण्ड गरेर भारको सहायताले रेफ्रीले पेनाल्टी दिए । ईरानका करिमले सुन्दर पेनाल्टी प्रहार गरी गोल गरेर खेल बराबरीमा ल्याए पनि ईरान अर्को चरण जान पाएन ।

 

 

उरुग्वेले रसियालाई रुवायो, अरबलाई सान्त्वना

 

समुह एकको विजयता र उपविजयता टुङ्गो लगाउँन समरा एरिनामा भिडेका उरुग्वे र आयोजना रसिया बिचको खेलमा उरुग्वेले रसियालाई ३–१ ले पराजित ग¥यो । आयोजक रसियालाई आफ्नो औकात सम्झाउँदै एक पक्षीय दबाब दिँदा रसिया खेलाडी उरुग्वेका खेलाडीको खेल बिरालो मुसोको खेल जस्तो झैं देखिन्थे । उरुग्वेका लागि स्वारेजले १० औं मिनेटमा, २३ औं मिनेटमा आत्माघाती गोल चेरिसेभले र अन्तिम गोल खेलको अन्तिम मिनेटमा काभानीले गरेका थिए । दोश्रो गोल लाक्सटको कडा प्रहार चेरिसेभको खुट्टामा लाग्दै आत्माघाती गोल भएको थियो । दर्शकको अपार समर्थनमा खराब प्रदर्शन गरेको रसियालाई उरुग्वेले पेल्नसम्म पेलेर तीन गोल हान्दा रसियाले केवल ३ वटा गोलको प्रयास मात्र गर्न सकेको थियो ।

 

 

उत्साहित भएर आएका दर्शक हतोत्सायी भएर खेलका खेलाडीको सन्तोषको एउटै ठाउँ थियो रसिया यस अघि नै नक आउट चरणमा प्रवेश गरिसकेको छ । रसियाको दशा दाहिने भएको खेलमा ३६ औं मिनेटमा लाक्सटलाई पछाडिबाट खराब ट्याकल गरे स्मोल्निकोभले दोहोरो पहेलो कार्ड पाएपछि रेडकार्ड पाए । त्यसपछि रसिया झनै नुन खाएको कुखुरा सरि भएको थियो । उरुग्वेले कुल १७ प्रहार गरे ३ गोल गर्दा ४ वटा गोल हुने बललाई रसियाका गोल किपरले तथा थप ४ सशक्त प्रहारलाई रक्षकले बचाएका थिए । रसियाका लागि केवल एक गोल मात्र प्रभावशाली प्रहार चेरिसेभले गरेको थिए ।

 

 

 

 

रसिया पहिलो हाफमै उरुग्वेसँग हारिसकेको थियो । त्यही पहिलो हाफको ३६ औं मिनेटमा रेडकार्ड खाई १० खेलाडीमा सिमित भएपछि हारको लालमोहोर लागेको थियो । पहिलो हाफ ५२ प्रतिशत मात्र बलमा नियन्त्रण गरेको उरुग्वेले समग्रमा ५६ प्रतिशत समय बलमा नियन्त्रण राखेर १७ प्रहार गर्न सक्नु नै खेलमा रसिया फर्कन नसक्नुको कारण भने सो स्थिति रातो कार्डले बनाएको थियो । दोश्रो हाफ दुई गोल पछि परेपनि रक्षा मै सिमित जस्तो देखिन्थ्यो रसिया । उरुग्वेले ८८ प्रतिशत सटिक पास, १७ गोल प्रयास, ७ वटा लक्ष्यमा बल हान्नु र ३ बलमा सफलता हासिल गर्न सक्नु तर रसियाले केबल ४ वटा मात्र गोलको प्रयासमा एक मात्र लक्ष्य राख्नुले यी दुई टिमको खेल र स्तर देखाएको थियो । गृह मैदानको फाईदा हुन्छ भन्ने अनुमानका विपरित उरुग्वेले काईदा र कौशलले फुटबल जितिन्छ भनेर प्रमाणित ग¥यो ।

 

 

उरुग्वेले आक्रमण खेलको दोश्रो मिनेटबाटै शुरु गरेको थियो । उरुग्वेको डिबक्स बाहिरबाट गरेको प्रहार गोलपोष्टको बाहिर नै गएको थियो । खेलको ९ औं मिनेटमा बेतान्कुरलाई गाझिन्स्कीले डिबक्स ठिक बाहिर फल गरेपछि प्राप्त अवसरलाई स्वारेजले १० औं मिनेटमा आकर्षक गोल गरेका थिए । स्वारेजले बाँया पोष्ट च्याप्दै फ्रिकिकमा गोल गरी यो विश्व कपमा व्यक्तिगत दोश्रो गोल हो । खेलको १२ औं मिनेटमा लामो पासलाई छातीले नियन्त्रण लिँदै चेरिसेभले हानेको कडा प्रहार उरुग्वेका गोलकिपर मुस्लेराले मुस्किलले बचाए । त्यस्तै १७ औं मिनेटमा पाएको कर्नरमा रसियाका खेलाडीले गरेको वाउन्स हेडर गोलपोष्टमाथि बाट बाहिरियो।

 

 

खेलको २३ औं मिनेटमा लाक्सटले गरेको कडा प्रहार चेरिसेभको खुट्टामा लागेर दिशा परिवर्तन हुँदा गोल हुन पुग्यो । खेलको २८ औं मिनेटमा बेतान्कुरले सानो डिबक्स नजिकैबाट गरेको प्रहार गोलकिपरे छेकेका थिए भने काभानीले गोल पाउँनु भन्दा अघि नै जोक्नीतले क्लियर गरेका थिए । खेलको ३६ औं मिनेटमा लाक्सटलाई पछाडिबाट खराब ट्याकल गरे स्मोल्निकोभले दोहोरो पहेलो कार्ड पाए र स्मोल्निकोभले मैदान छोडे । त्यसपछि रसिया बढी नै रक्षात्मक हुन पुग्यो । दोस्रो हाफमा जम्मा चारबाट गोलको वातावरण सिर्जना गरेको उरुग्वेले १० खेलाडीमा सिमित रसियालाई थप १३ वटा प्रहार गरेको थियो । तर रसियाले खेलको ९० औं मिनेटमा मात्र गोल खायो । खेलमा निक्कै नजिकबाट बेतान्कुरले गरेको प्रहार रक्षक ईग्नासेविचले बचाएका थिए ।

 

 

 

उता समुह ए कै औपचारिकता सिमित इजिप्ट र साउदी अरबको खेले भने साउदी अरबले २–१ ल्े जितेको छ । सलहको २२ औं मिनेटमा अग्रता बनाए तापनि खेलमा वापसी गर्दै सान्त्वना जीत हासिल गरेको छ । भोल्गोगार्ड एरिनामा भएको सो प्रतिस्पर्धामा ईजिप्ट विजय हुने अपेक्षा विपरित साउदीले जीत हासिल ग¥यो । ईजिप्टलाई स्तब्ध बनाउँन सलमान र सलेम क्रमशः पहिलो हाफको अतिरिक्त समयको छैठौं र ९० मिनेटपछिको अतिरिक्त समयको पाँचौं मिनेटमा गोल गरे । साउदीको जीतले समुहको अर्को चरण यात्रामा कुनै फरक पारेन । गज्जबको कुरो त हारेका टिमका खेलाडी म्यान अफ द म्याच बने जसले टिमका लागि एक गोल गरेका थिए र जम्मा दुई पटकमात्र गोलका लागि विपक्षी गोललाईनमा आक्रमण गरे । एक गोल नै गरेका ४ प्रयास मध्ये २ लक्ष्यमा राखेका साउदी अरबका सलेम स्टारडमको अघि उत्कृष्ट खेलेर पनि म्यान अफ द म्याच बनेनन् ।

 

 

 

ईजिप्ट हरेक हिसाबले निरिह देखिएको खेलमा साउदीले २२ आक्रमण गर्दा केवल ८ वटा गोलका प्रयास ईजिप्टले गर्न सकेको थियो । सलेम, हुसैन, हातन र सलमानले उत्कृष्ट खेल खेल्दा साउदी अरबले खेलमा ६२ प्रतिशत बलमाथि नियन्त्रण राखेको थियो । साउदीको ७ वटा लक्ष्यमा बल राख्दा उसका ५ वटा आक्रमण ईजिप्टका रक्षकले छेकेका थिए । उता ईजिप्टको एक एक प्रहार गोलपोष्टका दिशामा थियो तथा साउदी रक्षकले छेकेका थिए । बल नियन्त्रण, सफल पास प्रतिशत, गोलका लागि गरिएको प्रयास तथा गोलपोष्टमा राखेको प्रहार हर हिसाबले अघि साउदीले विजयी गोल भने खेलको अतिरिक्त समयको पाँचौं मिनेटमा गरेको थियो । पहिलो हाफको अन्त्यमा बराबरी गरेको साउदीले दोश्रो हाफको अन्तिममा गोल गर्दा नायक ईजिप्टका खेलाडी घोषणा हास्यपद देखिन्छ । जे होस् साउदीले ईजिप्टलाई राम्रो जिल्यायो ।