क्रोएसिया र ईङ्गल्याण्डको सम्भावना आयोजक रसिया र स्वीडेनले सकेको शक्ति खर्चने

 

 

 

समरा एरिनामा ईङ्गल्याण्ड र स्वीडेन तथा सोचीको फिश्ट रंगशालामा आयोजक रसिया र क्रोएसियाले सेमीफाईनलका लागि आज आफ्नो शक्ति परीक्षण गर्दैछन् । आजबाट विश्व कप, २०१८ को क्वाटरफाईनलको खेल सकिदैन छन् । जारी विश्व कप जित्न चार सम्भावित टोलीको छिनोफानो आजै हुनेछ । ईङ्गल्याण्ड सन् १९९० पछि पहिलो पटक सेमीफाईनल पुग्ने तथा विश्व कप फाईनलको बाटो स्पष्ट कोर्न चाहान्छ । स्वीडेन ईङ्गल्याण्डलाई सजिलै बाटो छोड्ने अवस्थामा छैन । ईतिहासको कुनै काल खण्डमा फुटबल शक्तिको रुपमा रहेको युगोस्लाभियाबाट बनेका दुई टिम क्रोएसिया र सर्बियाले जारी विश्व कपमा चर्चा बटुलिरहेको अवस्थामा क्रोएसिया सेमीफाईनल पुग्ने अभियानमा छ । आयोजक रसिया विश्व कपको सेमीफाईनल पनि नखेली आफ्नो देशबासीलाई निरास बनाउ चाहिरहेको छैन । यस्तोमा प्रतिस्पर्धा गर वा मरको हुनेमा कुनै शंखा छैन । आकँडाले के भन्छन् र कुन टिममा सेमीफाईनलमा पुग्छ ? यसका लागि छोटो समीक्षा गरिएको छ । समीक्षामा ईतिहास र जारी विश्व कपमा टिमको प्रदर्शनलाई आधार बनाईएको छ ।

 

 

विश्व विजयी ईङ्गल्याण्डको पत्ता साफ हुने सम्भावना

 

 

पूर्व विश्व कप विजयता राष्ट्रहरु एक पछि अर्को घर फर्किरहेको यो विश्व कपमा अब बाँकी दुई टिम ईङ्गल्याण्ड र फ्रान्स छन् । फ्रान्सले गए राति सेमी फाईनलमा बाटो बनाउँदा जारी विश्व कपको सबैभन्दा ठुलो दाबेदार ब्राजिलले घरका लागि टिकट काटिसके छ । यस्तो विश्व कपको पूर्व विजयतालाई त्रसाई रहेको यो विश्व कपमा ईङ्गल्याण्डले स्वीडेनको सामना गर्दै छ । स्वीडेन र ईङ्गल्याण्डको फुटबल ईतिहासमा टक्करको अवस्था छ । त्यसैले यी दुईको खेल बराबरी तथा अतिरिक्त समयमा पुगि सडेन डेथबाट निर्णय हुने सम्भावना छ ।

 

 

 

स्वीडेन र ईङ्गल्याण्डको फुटबल प्रतिस्पर्धाको आधारमा हेर्ने हो भने ठुलो भिन्नता छैन । ईङ्गल्याण्डले २४ खेल मध्य ८ मा जित निकालेको छ, भने ९ खेल बराबरी खेलको छ । स्वीडेनले ईङ्गल्याण्डमाथि ७ खेलमा विजय दर्ता गरेको छ । पछिल्लो भेट २०१२ नोभेम्बरमा मैत्री पूर्ण खेलमा स्वीडेन ४–२ गोलले ईङ्गल्याण्डमाथि विजयी भएको थियो । विश्व कपमा यी दुईको भेट अझ बराबरीमा छ । हालसम्म ४ खेल खेलेर ४ वटैमा बराबरी गरेका छन् । विश्व कपकै प्रदर्शन हेर्ने हो भने ईङ्गल्याण्ड सन् १९६६ को विजयता हो । ईङ्गल्याण्डले सन् १९९० मा सेमीफाईनल खेलेको छ भने सन् २००२ तथा २००६ मा क्वाटरफाईनलमा विश्व कप यात्रा टुंगाएको छ । उता १९५८ को उपविजयता स्वीडेनले सन् १९९४ मा सेमीफाईनल हारेर तेश्रो स्थान बनाएको छ ।

 

 

 

पछिल्ला २ विश्व कपमा छनौट नै नभएको स्वीडेन सन् २००२ र २००६ मा समुह १६ बाट बाहिरिएको थियो । दुई विश्व कपपछि आएको स्वीडेनले पहिलो खेल गुमाए पनि त्यसपछि जबरजस्त खेल खेल्दै समुह चरणमा समुह विजयता बनेको थियो । उता ईङ्गल्याण्डले दुई खेलमा विजय निकालेर बेल्जियमसँग समुह चरणमा हार्दै नकआउट चरण प्रवेश गरेको थियो । यो विश्व कपको प्रिक्वाटर फाईनलमा ईङ्गल्याण्डले कोलम्बियालाई पेनाल्टी सुट आउटमा ४–३ ले हरायो भने स्वीडेनले स्वीटजरल्याण्डलाई संघर्षपूण १–० को जित हासिल गरेको छ । यी तथ्यको आधारमा भन्ने हो भने स्वीडेन र ईङ्गल्याण्डको खेल बराबरी हुनेछ ।

 

 

 

ईङ्गल्याण्डको टिमलाई चोटले सताएको छ । जारी विश्व कपका सबैभन्दा बढी गोल गर्ने खेलाडी ह्यारी केन सहित ३ खेलाडी चोटग्रस्ट छन् । कप्तान केनको पिडुलाको चोट ठिक भई खेलसक्ने भने पनि भार्डी र एस्ले योङ्गले खेल्द सक्नेमा शंका छ । उता स्वीडेनका डिफेन्डर लस्टिग दोहोरो कार्डका कारण खेल्ने छैनन् भने लार्सनमाथि लागेको एक खेलको रोक फुक्का भएको छ । खेलाडीको उपलब्धताको हिसाबले स्वीडेनको पल्ला ईङ्गल्याण्डमाथि केही भारी देखिन्छ ।

 

 

 

जारी विश्व कपमा सबैभन्दा बढी गोल गर्ने खेलाडी ईङ्गल्याण्डका ह्यारी केन हुन । केनले अहिलेसम्म ६ गोल गरिसकेका छन् । ईङ्गल्याण्डले हालसम्म ९ गोल गरेको छ, जुन बेल्जियम भन्दा मात्र पछि हो । ईङ्गल्याण्डले गरेको ९ गोल मध्ये ३ गोल पेनाल्टीबाट प्राप्त गरेको हो । स्वीडेन क्वाटरफाईनल खेल्ने मध्य कम गोल गर्ने टिम हो । जसले केवल ५ गोल गरेको छ । उसको पाँच गोलमध्य २ गोल पेनाल्टीबाट प्राप्त भएको हो । ईङ्गल्याण्डले जारी विश्व कपका ४ खेलमा ५८ पटक गोलका लागि प्रहार गर्दा १७ प्रहार लक्ष्यमा परेको छ भने १५ पटक बल विपक्षी रक्षकले छेकेका छन् ।

 

 

 

स्वीडेनले पनि ४ खेल नै खेलेको छ र ४८ वटा प्रहार गोलका लागि हानेको छ । तर स्वीडेनको १८ प्रहार लक्ष्यमा छ तथा ११ प्रहार विपक्षी रक्षकले छेकेका छन् । स्वीडेनले विपक्षीबाट २ गोल खाएको छ भने ईङ्गल्याण्डले ४ गोल । गोल प्रहारलाई गोलमा परिणत गर्न ईङ्गल्याण्ड बढी सफल देखिन्छ भने ईङ्गल्याण्डको भन्दा चुस्त रक्षा स्वीडेनको रहेको देखिन्छ । आक्रमणको आधारमा ईङ्गल्याण्डको पल्लाभारी देखिएपनि रक्षाको आधारमा विश्व कपको पूर्व विजयता ईङ्गल्याण्डको घर फर्किने सम्भावनालाई नकार्न मिल्दैन । चोट कारण केही खेलाडीको प्रदर्शन प्रभावित भएको अवस्थामा एक खेलाडी ह्यारी केनमा बढी निर्भर भएको ईङ्गल्याण्डको पत्ता साफ हुने सम्भावना बढी देखिन्छ ।

 

 

 

आयोजक रसिया शोकमा पर्न सक्ने सम्भावना 

 

 

अनपेक्षित नजिता निकाल्दै पेनाल्टी सुट आउटमा विश्व कपको पूर्व विजयतालाई पाखा लगाउँदै क्वाटरफाईनल पुगेको रसियालाई क्रोएसियाले ९० मिनेटभित्र हराउँने युकेबाट सञ्चालित हुने बिबिसी तथा द गार्डियनले जनाएको छ । क्रोएसिया स्पेन भन्दा बढी आक्रमक टिम भएकोले स्पेनसँगको खेलको जस्तै रणनीति रसियाका प्रशिक्षक चेर्चेसेभले बनाउँने छन् । तर यो खेलमा रणनीतिलाई मैदानमा कसरी प्रदर्शन गर्छन् ? भन्ने कुरा अहम छ । स्पेनसँग रणनीति र गोलकिपरको उत्कृष्ट प्रदर्शनले खेलको परिणाम आफ्नो पक्षमा पारेको आयोजक रसियालाई क्रोएसियाका प्रशिक्षक ज्लाट्को डलिकले सहजै परिणाम सुम्पिने पक्षमा छैनन् । अर्जुनदृष्टिले खेलेको टिम भनौं वा लक्ष्यमा कछुवाको गतिले बढेको टिम भनौं क्रोएसियाले उत्कृष्ट लयमा खेल खेलिरहेको छ ।

 

 

रसियाले समुह चरणका दुईमा राम्रो नतिजा निकालेपनि अन्तिम खेलमा उरुग्वेसँग ठूलो अन्तरको हार व्यहोरेको थियो भने नकआउट चरणको खेलमा स्पेनलाई सडेन डेथमा स्तब्ध बनाएको थियो । क्रोएसियाले समुह चरणको सबै खेल जीतेको र प्रिक्वाटरमा डेनमार्कलाई गोलकिपर सुभासिकको रेकर्ड बराबर प्रदर्शनले सडेन डेथमा जीत निकालेको थियो । सम्भावनाले क्रोएसिया विजयी हुने भने पनि ईतिहास र जारी विश्व कपकै तथ्यको आधारमा यी दुई टिम मध्य अब्बल टिम कुन हो ? भनि विश्लेषण गरिएको छ ।

 

 

फुटबल ईतिहासमा क्रोएसिया र रसियाले अहिले सम्म एकआपसमा विश्व कपको कुनै पनि संस्करणको खेलमा आमनेसामने भएका छैनन् । यी दुई टोलीको हालसम्म तीन पटक एक अर्काले प्रतिस्पर्धा गरेका छन् । यी खेलमा क्रोएसियाले एक खेल जित्दा बाँकी दुई खेल बराबरी भएको छ । सबैभन्दा पछिल्लो २०१५ मा भएको मैत्रीपूर्ण खेल क्रोएसियाले ३–१ ले जितेको थियो । क्रोएसियाले युगोस्लाभियाबाट छुट्टिै पहिचान सहित पहिलो पटक विश्व कपमा सन् १९९८ मा खेल्दा नै तेश्रो स्थान भएको थियो । त्यसपछि विश्व कप २००२, २००६, २०१४ समुह चरणबाटै बाहिरिएको क्रोएसियाले सन् २०१० को विश्व कप खेल्न छनौट नै भएन् । रसियाको विश्व कप यात्रा युएसएसआर हुँदा सन् १९६६ मा सेमीफाईनल खेलेका सबैभन्दा राम्रो नतिजा छ । रसिया भएपछि तीन विश्व कपमा सहभागिता १९९४, २००२ र २०१४ गर्दा समुह चरण पार्न सकेको छैन । ईतिहासले क्रोएसियाको पल्लाभारी देखाउँछ ।

 

 

 

जारी विश्व कपमा रसियाले ९ गोल गर्दा क्रोएसियाले ८ गोल गरेको छन् । यी दुवैका गोलहरुमा एक एक गोल आत्माघाति गोल हुन भने एक एक गोल पेनाल्टीबाट प्राप्त गरेका थिए । आक्रमणका हिसाबमा क्रोएसिया अब्बल देखिन्छ । उसले ६१ प्रहार गोलका लागि गर्दा १६ वटा लक्ष्यमा छ । १६ लक्ष्यमा प्रहार गरेको मध्य ७ वटा गोल गरेको छ भने विपक्षी रक्षकले क्रोएसियाका १६ वटा प्रहार छेकेका छन् । उता रसियाले ४ खेलमा ३३ प्रहार गोलका लागि हान्दा १२ वटा लक्ष्यमा रहेका थिए । १२ लक्ष्यमा हानेका प्रहार मध्ये ८ वटा गोल भएका छन् । उसका थप ९ वटा प्रहार विपक्षी रक्षकले रोकेका थिए । उता विपक्षीले रसियालाई पाँच गोल हानेका छन् भने क्रोएसियाले केवल २ गोल मात्र खाएको छ । यस हिसाबले क्रोएसियाको आक्रमण मात्र होईन रक्षा पनि चुस्त देखिन्छ । त्यसैले आयोजक रसियालाई उसैको भुमि सोचीमा क्रोएसियाले हराउँदै आँसुको बर्षा गराउँने सम्भावना उच्च छ । र, खेलको नतिजा ९० मिनेटमै आउँने सम्भावना छ ।

 

कजानमा अर्को दुर्घटना दक्षिणी अमेरिकी फुटबलको नासो मेटियो

 

रहस्यभूमि कजानमा ब्राजिललाई बेल्जियमलाई सफाया गर्दा फ्रान्सले उरुग्वेको चुनौति निझ्नी रंगशालामा समाप्त पारेको छ । फ्रान्सले दक्षिण अमेरिकी फुटबलको बाँकी रहेको दुई मध्य एक उरुग्वेलाई २–० गोल सहित घर फर्कायो । यो जीतसँगै फ्रान्सले विश्व कप अभियानलाई सेमीफाईनलमा पु¥याएको छ । उता पराजित पूर्व विश्व कप विजयी उरुग्वेले विश्व कपको खडेरीलाई लम्बाएको छ । त्यस्तै स्टारडमले भरिएको ब्राजिललाई हराउँदै बेल्जियमले सेमीफाईनलमा स्थान बनाएको छन् । क्वाटरफाईनलमा पुगेका ८ टिम मध्ये ६ वटा युरोपियन थिए ।

 

 

सेमीफाईनलमा सबै युरोपियन मुलुकहरु मात्र रहेका छन् । यो परिणामसँग सन् २००२ पछि ल्याटिन अमेरिकी टिमले विश्व कपमा फाईनलमा एक पटक अर्जेन्टिनाले २०१४ मा मात्र खेलेको छ । त्यस यताको सबै उपाधीसँगै युरोपियन टोली दुई पटक उपविजयता पनि बनेका छन् । दक्षिण अमेरिकाको फुटबल ईतिहास नराम्रो मोडमा आएको देखाउँछ । दक्षिण अमेरिकी फुटबल देशभित्रको चरम आर्थिक संकट, भ्रष्टचार तथा खेलाडीहरु फुटबल भन्दा बढी पैसाले बढी पे्ररित भएकोले दक्षिण अमेरिकी फुटबलको पुर्नस्थापना जरुरी देखिन्छ ।

 

 

 

 

कजान जारी रसियाको सबैभन्दा रहस्यमही तथा विश्व कप विजयीहरुका लागि सबैभन्दा दुर्भाग्यपूर्ण खेल स्थल बनेको छ । कजानमा तीन विश्व कप विजयीको विश्व कप अभियान टुंगिएको छ । कजानको दुर्घटनामा एक युरोपियन टिम जर्मनी परेको थियो, भने बाँकी दुई अर्जेन्टिना र ब्राजिल दक्षिण अमेरिकी राष्ट्र हुन । रहस्यको फुटबल भूमि कजानमा आएको परिणामलाई यो विश्व कपले नव फुटबल शक्ति राष्ट्र जन्माउँने प्रसव पिडाको संकेतको रुपमा हेर्न सकिन्छ । चाहे जेसुकै होस् । हिजो कजानमा अर्को दुर्घटना भयो र पूर्व विश्व विजयी ब्राजिल निसानाभुत भयो ।

 

 

फ्रान्सको विश्व कप विजयको अभियान

 

 

एक विश्व विजयीको यात्रा समाप्त हुने खेलको पहिलो हाफमा फ्रान्सले एक गोलको अग्रता बनाएको थियो । सो अग्रतालाई दोश्रो हाफमा दोब्बर बनाउँदै उरुग्वे विरुद्ध २–० ले परिणाम आफ्नो पक्षमा बनायो । यो जितसँगै सन् १९९८ को विश्व कप विजयी फ्रान्सले जारी विश्व कप विजयको अभियानको महत्वपूर्ण पडाव पार गरेको छ । क्वाटरफाईनलको पहिलो खेलमा फ्रान्सका भरानले दिलाएको ४० औं मिनेटको अग्रतालाई ग्रिजम्यानले ६१ औं मिनेटमा दोब्बर बनाउँदै फ्रान्सलाई सहज जित दिलाए । जारी विश्व कपमा फ्रान्स सेमीफाईनल पुग्ने पहिलो टोली बनेको छ । म्यान अफ द म्याच ग्रिजम्यानले गोल गर्दा उरुग्वेको सम्भावनामात्र समाप्त बनाएनन् मनोबल पनि गिराए । उरुग्वेका काभानीको अनुपस्थितिमा उत्कृष्ट लयका गोलकिपरले पनि लय विगारे । उरुग्वेले जित वा दह्रो प्रतिस्पर्धा गर्ने अपेक्षा विपरित फ्रान्ससँग खासै चुनौति नै पस्किन सकेन । खेलमा धेरै कोणबाट उरुग्वे भन्दा फ्रान्सले उत्कृष्ट फुटबल खेल्यो ।

 

 

 

खेलमा दुवै टोलीले समान एघार एघार वटा प्रहार गरे । उरुग्वेले ४ प्रहार लक्ष्यमा राख्दा फ्रान्सले २ वटा मात्र लक्ष्यमा राखेको थियो । फ्रान्सका २ प्रहार उरुग्वेले छेकेको थियो । उता फ्रान्सले उरुग्वेको १ प्रहार छेकेको थियो । उरुग्वे र फ्रान्सको विचमा भिन्नता नै लक्ष्यमा राखेको प्रहार कति सशक्त थियो भन्नेले निर्धारण ग¥यो । फ्रान्सका २ वटा प्रहारमा दुवै गोल भए । फ्रान्सका प्रहार सशक्त बनाउँन उसको रणनीतिले काम गरेको देखिन्छ । फ्रान्सले ४–२–३–१ मा बललाई बढी नियन्त्रण गर्ने रणनीतिमा थियो । जसलाई ५८ प्रतिशत समय बलमाथि नियन्त्रण गर्न ८१ प्रतिशत सटिक पास फ्रान्सले खेलको थियो । उता उरुग्वेले ४–४–२ को आक्रमक रणनीतिमा उत्रिए पनि सटिक पासको अभाव तथा एमबाप्पे, ग्रिजम्यान र गिरौडको भयले बढी रक्षात्मक देखियो । उसको सफल पास प्रतिशत ६७ प्रतिशत मात्र थियो भने बलमाथि नियन्त्रण राम्रो थिएन । १०० भन्दा बढी खेल देशका लागि खेलेका गोलकिपरले पनि गल्ती गरे । पहिलो गल्ती गोलमा परिणत नभए पनि उनले गरेको दोश्रो गल्तीमा ग्रिजम्यानले गोल गरे ।

 

 

 

 

उरुग्वेको हारमा तीन वटा कारण देखियो । पहिलो उरुग्वेको खेलमा काभानीको अभाव देखिनु । काभानीको अभावमा फ्रान्सको टिममाथि दबाब बनाउँन उरुग्वेले सकेन । दोश्रो कारण हो विपक्षी खेलाडीको भय तथा मनोबलमा कमी । जसका कारण उरुग्वेले लड्ने दम नै देखाउँन सकेन । खेलको अन्त्य तिर उरुग्वेका खेलाडी आतिएका वा रुँदै बल खेलिरहेका थिए । तेश्रो गोलकिपरको गल्ती । गोलकिपर मुस्लेराले दुई ठुला गल्ती गर्दा एकमा गोल खानु प¥यो । जब गोलकिपरको कारण दोश्रो गोल उरुग्वेले खायो उसको मनोविज्ञान नै कमजोर भयो ।

 

 

 

पहिलो हाफका ३५ औं मिनेटसम्म दुवै टोलीले केही मुभ बनाए पनि राम्रो प्रहार भएका थिएनन् । दुवै टोलीको क्रस तथा विपक्षीको डिबक्समा बल पुगेपछि पास सटिक हुन सकेको थिएन । रक्षकले विपक्षीलाई कुनै मौका नै दिएका थिएनन् । खेलको ३५ औं मिनेटमा उरुग्वेले राम्रो मुभ बनायो र स्वारेजले क्रस गरे । फ्रान्सका खेलाडीले राम्रो क्लियर गर्न नसक्दा भेसिनोले गरेको प्रहार फ्रान्सका गोलकिपर लरिसले बचाए । खेलको ४० औं मिनेटमा उरुग्वेको डिबक्स केही बाहिर फ्रिकिकमा ग्रिजम्यानले प्रहार गरेर डिफेन्डर भरानले हेडरबाट गोल गरे । खेलको ४४ औं मिनेटमा उरुग्वेका कासारेसले गरेको उत्कृष्ट हेडर फ्रान्सका गोलकिपर लरिसल मुस्किलले बचाए । पहिलो हाफमा फ्रान्सले १–० ले अग्रता बनायो ।

 

 

 

दोश्रो हाफमा उरुग्वे दबाबमा देखिन्थ्यो र अग्रभागमा पुगेपछि पास सटिक हुन सकेको थिए । फ्रान्सले भने उरुग्वेमाथि दबाब बनाउँन बलमाथि नियन्त्रण गर्दै अघि बढाई रहेको थियो । खेलको ६१ औं मिनेटमा फ्रान्सले खाली प्रहारको मौका पायो । डिबक्सबाट केही टाढा खाली भएको अवस्थामा फ्रान्सका ग्रिजम्यानले गोलकिपरको सिधा प्रहार गरे । बल गोलपोष्टको केही अघि पुगेपछि बल थोरै दाँया दिशामा परिवर्तन हुँदा गोलकिपरले गल्ती गरे । फ्रान्सले अग्रता दोब्बर बनायो । सो गोल पछि उरुग्वेले बढी नै दबाब महशुस ग¥यो र खेलको स्तर झनै प्रभावित भयो । खेलको ७३ औं मिनेटमा फ्रान्सका तोलिस्सोले गरेको शक्तिशाली प्रहार उरुग्वेको पोष्टमाथिबाट बाहिरियो । त्यसपछि उरुग्वेले केही मुभ बनाउँन खोजे पनि फ्रान्सका रक्षकले कुनै मौका दिएनन् । यो खेल पछि ल्याटिन अमेरिकाका क्वाटरफाईनल खेलिरहेका दुई टिम मध्य एकको जारी विश्व कपको अगाडिको यात्रा समाप्त भएको छ ।

 

 

 

कमजोर नेईमारले चलाएको ब्राजिलको डुंगा कजानमा दुर्घटनाग्रस्त

 

 

 

 

बेकामको स्टारडम, खेल भन्दा स्टाईल, घमण्ड, आधारहिन फूर्ति र नाटकका प्रतिमूर्ति नेईमारको नेतृत्वमा रसियाको विश्व कप भ्रमण गएको ब्राजिलको नैया कजानमा दुर्घटनाग्रस्त भएको छ । यो विश्व कपका सबैभन्दा असफल स्ट्राईकरको नाममा अग्रपंतिमा नाम लेखाउँदै नेईमारले विश्व कप यात्रा समाप्त गरेका छन् । अर्को विश्व कपका ब्राजिल जस्तो फुटबलरहरुको देशबाट खेल्न उनलाई निक्कै गह्रो हुने छ । नेईमार यो विश्व कपको कमजोर स्ट्राईकर हुने भन्ने कुरा तथ्यले बोल्छ । नेईमारले पाँच खेलमा २७ वटा प्रहार गर्दा १३ वटा लक्ष्यमा राखे भने उनका ९ प्रहार विपक्षी खेलाडीले छेके ।

 

 

नेईमारले यी प्रहारबाट २ गोल गरे तर हिजोको महत्वपूर्ण खेलमा फिक्का भए । ब्राजिलको सामथ्र्य भनिएको आक्रमण मै ब्राजिलको कमजोरी बन्यो । ब्राजिलले गोलको अवसर नबनाएको होईन तर गोल गर्ने खेलाडीको अभाव देखिन्छ । बढी प्रहार गरेर लक्ष्यमा कम राख्ने तथा विपक्षी रक्षकलाई छल्न नसक्नेमा ब्राजिलका कौटिन्हो दोश्रो नम्बरमा छन् । उनले २२ प्रहार गर्दा ९ प्रहार विपक्षी रक्षकले छेकेका, ७ वटा लक्ष्यमा रहेका र दुई गोल गरेका छन् । नेईमारले आफुले गोल त गर्न सकेनन् । साथीलाई गोलको अवसर बनाउँने पनि सकेनन् । उनले पाँच खेलमा केवल १ अवसर गोलका लागि सिर्जना गरे । यी पाँच खेलमा छोटो मिँया कौटिन्होले २ अवसर सिर्जना गरेका थिए ।

 

 

 

हिजोको खेलमा ब्राजिलले गोल गर्ने बाहेक हरेक सुचकमा बेल्जियमलाई पछि छोड्यो । ब्राजिलले एकै खेलमा २६ वटा गोलका लागि प्रयास ग¥यो । उसको ९ वटा प्रहार मात्र लक्ष्यमा थियो भने १ प्रहार बारमा लाग्यो । बेल्जियमले उत्कृष्ट रक्षात्मक खेल खेल्दै ब्राजिलका १० वटा प्रहार रक्षकले र ९ वटा प्रहार गोलकिपर कुर्टोईसले बचाए । पहिलो हाफमा ब्राजिलले ३ लक्ष्यमा सहित १० प्रहार गर्दा एक गोल पनि गर्न सकेन । बेल्जियमले भने पहिलो हाफमै खेलको नतिजा आफ्नो पक्षमा पा¥यो । उसले ७ प्रहार गरेर ३ लक्ष्यमा राख्दा २ गोलमा रुपान्तिरित भए । दोश्रो हाफमा १६ प्रहार मध्य ६ प्रहार लक्ष्यमा राखे पनि बेल्जियमको रक्षा चिर्न एक गोलमात्र सफल भयो । खेलमा ५७ प्रतिशत बलमाथि नियन्त्रण र ८९ प्रतिशत सफल पास ब्राजिलले खेलेपनि बेल्जियमलाई बराबरीसम्म ल्याउँन ब्राजिल असफल भयो । ब्राजिलको कमजोरी नै लक्ष्यमा प्रहार तथा गोल गर्न क्षमता नभएका खेलाडी हुन पुगे । जसले जारी विश्व कपमा सबैभन्दा बढी गोल गरिरहेको टिमसँग सामना गर्नु परेको थियो ।

 

 

 

खेलको दोश्रो मिनेटमै बेल्जियमका डि ब्रुनोले डिबक्स बाहिरबाट हानेको प्रहार पोष्टको दायाँबाट बाहिरियो । ब्राजिलले लगतै काउन्टर एट्याकमा गरेको क्रस बेल्जियमका गोलकिपरले नियन्त्रण लिए । खेलको आठौं मिनेटमा ब्राजिलका थिएगो सिल्वाले कर्नरबाट आएको बललाई हानेको प्रहार दायाँ पोष्टमा लाग्यो । सोही मिनेट बेल्जियमले खतरनाक मुभ बनायो । तर डी बु्रनोको प्रहार ब्राजिलका रक्षकले रोके, भने अन्त्यमा बेल्जियमका खेलाडीको प्रहार बाहिरियो । खेलको १० औं मिनेटमा ब्राजिलले राम्रो मुभ बनायो तर प्रहार सशक्त हुन सकेन । त्यसपछि कर्नर प्रहारमा पनि गोलको अवसरलाई सही दिशा दिन ब्राजिलका खेलाडी चुके । खेलको १२ औं मिनेटमा बेल्जियमका फेलैनीको प्रहार सशक्त तथा सही दिशामा हुन सकेन । बेल्जियमले कर्नर पायो । कर्नरमा फर्नानन्डिन्होको पाखुरामा लाग्दैन आफ्नै पोष्टमा बल छिर्दा खेलमा बेल्जियमले १ गोलको अग्रता बनायो ।

 

 

 

 

खेलको १५ औं मिनेटमा ब्राजिलले राम्रो मुभ बनायो । तर फिनिसिङ्ग गर्न ब्राजिलका खेलाडी चुके । गोल खाएपछि ब्राजिलले बल नियन्त्रणसँगै गोलका लागि प्रयासलाई बढायो । खेलको १९ औं मिनेटमा कौटिन्होले डिबक्स केही टाढाबाट कडा प्रहार गरे । उनको प्रहार बेल्जियमका गोलकिपरको हातमा प¥यो । खेलको २१ औं मिनेटमा बेल्जियमले खतरनाक मुभ ग¥यो । तर ब्राजिलका रक्षकले प्रहारलाई छेके । खेलको २४ औं मिनेटमा लुकाकुले बनाएको खतरनाक मुभ सिल्भाले सानो डिबक्स नजिकबाट क्लियर गरे । मार्सेलोले २६ औं मिनेटमा गरेको प्रहार पनि गोलमा परिणत भएन । उनको प्रहार गोलकिपरले असफल बनाए । खेलको २९ औं मिनेटमा कर्नर नजिकबाट ब्राजिलले फ्रिकिक पायो र फर्नान्नडिन्हो र नेईमारले क्रमशः प्रहार गरे तर रक्षकले छेके । त्यसपछि बेल्जियमले काउन्टर एट्याकको जालो बुन्यो ।

 

 

 

खेलको ३१ औं मिनेटमा लुकाकुले मध्य भाग भन्दा पनि पछाडिबाट अघि बढाएर बल डि ब्रुनोलाई पास दिए । ब्रुनोले डिबक्स भित्रबाट कुनै गल्ति गरेनन् र बेल्जिियमका लागि गोल गरे । खेलको ३५ औं मिनेटमा क्रसबाट आएको बललाई जेससले हेडर गरे । तर बल गोलपोष्ट केही परबाट बाहिरियो । ३७ औं मिनेटमा मार्सेलोको प्रहार बेल्जियमका खेलाडीले क्लियर गर्दा कर्नर भयो । छिटो कर्नर प्रहार गरी कौटिन्होले कडा प्रहार गरे । तर गोलकिपरलाई मात दिन सकेनन् । खेलको ४० औं मिनेटमा डिबक्स नजिकै बेल्जियमले फ्रिकिकको मौका पायो । डि ब्रुनो सही दिशा र उचाईमा गरेको प्रहार ब्राजिलका गोलकिपरले पञ्च गरि बचाए । कर्नरमा बेल्जियमका सेन्टर डिफेन्डरले पछाडि खुट्टाले प्रहार गरे तर गोलकिपरले बचाए । पहिलो हाफको अतिरिक्त समयमा नेईमारले एक्लै बल डिबक्स भित्र पु¥याएर प्रहार गरे पनि बेल्जियमका खेलाडीले उनको प्रहार छेके ।

 

 

 

दोश्रो हाफको ४९ औं मिनेटमा ब्राजिलले राम्रो मुभ बनायो तर अन्त्यमा नेईमारले बलमाथिको नियन्त्रण गुमाए । काउन्टर एट्याकमा लुकाकुले ब्राजिलको डिबक्सभित्र सन्तुलन राम्रो राख्न नसक्दा प्रहार गर्न पाएनन् । खेलको ५१ औं मिनेटमा मार्सेलोले दाँयाबाट उत्कृष्ट क्रस गरेपनि कुनैपनि ब्राजिलियन खेलाडी गोलपोष्टको क्षेत्रमा बललाई दिशा दिन थिएनन् । खेलको ५२ औं मिनेटमा नेईमारले राम्रो मुभ बनाए पनि उनले डाईभ गरे तर रेफ्रीले पेनाल्टी पनि दिएनन् तथा नेईमारलाई कार्ड पनि दिएनन् । खेलको ५४ औं मिनेटमा ब्राजिलले निक्कै खतरनाक मुभ तथा प्रहार गरेपनि बेल्जियमका रक्षक तथा गोल किपरले गोल हुन दिएनन् । खेलको ५५ औं मिनेटमा भिन्सेट कम्पनीले जेससलाई ट्याकल गरेपनि रिभ्यु गर्न रेफ्रीलाई टेक्निकल टिमले सुझाएनन् । काउन्टर एट्याकमा बेल्जियमले ६२ औं मिनेटमा राम्रो अवसर बनायो तर हजार्डको प्रहार गोलपोष्टको दिशामा भएन । ब्राजिलले सो मिनेटमा राम्रो अवसर बनाए । थिएगो सिल्वाले डिबक्सभित्रबाट हानेको प्रहार बेल्जियमका गोलकिपरले बचाए ।

 

 

 

 

खेलको ७१ औं मिनेटमा डिबक्स बाहिरबाट डगलस कोष्टाले हानेको प्रहार गोलकिपरले डाईभ गरि नियन्त्रण लिए । खेलको ७५ औं मिनेटमा डि. कोष्टाले नै हानेको प्रहार गोलकिपरले फर्काए । फर्किएर आएको बललाई नेईमारले प्रहार गरे तर बेल्जियमका रक्षकले रोके । खेलको ७६ औं मिनेटमा परिवर्तित खेलाडी अगुस्तोले हेडरबाट ब्राजिललाई गोल दिलाए । त्यसपछि ७८ औं मिनेटमा फरमिन्होले गरेका कडा प्रहार धेरै नै आकासियो । ८१ औं मिनेटमा अगुस्टोले डिबक्स ठिक बाहिरबाट हानेको प्रहार गोलपोष्ट नजिकैबाट बाहिरियो । खेलको अतिरिक्त समयको पहिलो मिनेटमा नेईमार हेड गर्न चुके । अतिरिक्त समयको दोश्रो मिनेटमा कौटिन्होले डिबक्सबाहिरबाट गरेको प्रहारलाई बेल्जियमका रक्षकले छेकेका थिए । खेलको अतिरिक्त समयको चौथो मिनेटमा नेईमारले गरेको प्रहार गोलकिपरले पञ्च गरि कर्नरका लागि पठाई दिए । खेलमा जति धेरै प्रयास गरेपनि ब्राजिलले दोश्रो गोल गर्न सकेन र परिणाम बेल्जियमलाई सुम्पियो । कजान फेरी चर्चामा रह्यो । यो साँचै रहस्यको खेलमैदान बनेको छ ।