जक्सन पिपलबोट : गुर्जुको भट्टीमा हरिभक्त कटुवाल

हरिभक्त कटुवालसँग रक्सी खानेमध्ये कणाद महर्षि र सन्तोष भट्टराई पनि हुन् । उनीहरु प्रायः महाबौद्धबाट भोटाहिटीतिर निस्कने गल्लीको पसलमा रक्सी खान्थे । सो गल्लीको देब्रेतिर पहिलो घरमा भट्टी थियो । त्यसलाई ‘गुर्जुको पसल’ भन्थे । पसल ठूलो थिएन । पसलभन्दा पनि भट्टी थियो । नयाँ सडकमा भेला हुने अधिकांश साहित्यकारको अखडा यो पनि थियो । त्यहाँ धेरैजसो कणाद, सन्तोष भट्टराई र हरिभक्त कटुवाल बस्थे । कहिलेकाही इश्वर बल्लभ पनि हुन्थे ।
नयाँ सडक न्यू रोड भइसकेकै थिएन । नयाँ सडकको पहिचान बनेको थियो भूगोल पार्क । पार्कमा अहिलेजस्तो बार पनि थिएन । पार्कछेउमा पिपलबोट थियो । पिपललाई बीचमा पारेर चौतारो बनाइएको थियो । त्यो चौतारो नै त्यतिबेलाका नाम चलेका साहित्यकारको भेला हुने ‘जक्सन’ थियो । त्यसलाई पिपलबोट भनिन्थ्यो।

पिपलबोटअगाडि भूगोलपार्कको खाली ठाउँमा उबेला पनि पुस्तक बेचिन्थ्यो । नयाँ सडकमा खासै भीडभाड नभएपनि त्यहाँ जाने साहित्यकार, लेखक र पत्रकार पुस्तकका ग्राहक थिए । उनीहरुलाई भेट्न आउनेहरुले पनि पुस्तक किन्थे ।
पिपलबोटमा मोहन कोइराला, हरिभक्त कटुवाल, भवानी घिमिरेलगायत चर्चित साहित्यकार पनि जम्मा हुन्थे । कणाद महर्षि, शैलेन्द्र साकार, विमल निभा, विमल कोइराला, सन्तोष भट्टराई, श्यामल, विनोद अश्रुमाली, नारायण ढकाल, कविताराम श्रेष्ठ, अशेष मल्ल, ज्ञानुवाकर पौडेललगायत पनि त्यहाँ पुग्थे । अहिले आफ्नो नाम स्थापित गरिसकेका तर, त्यतिबेलाका युवा साहित्यकारको पनि ‘जक्सन’ थियो, पिपलबोट । पछि दार्जिलिङबाट आएका इश्वर बल्लभ पनि पिपलबोट आउन थाले । महोत्तरीबाट बेला बेला काठमाडौं आउने मनु ब्राजाकी पनि पिपलबोटमा देखिन्थे । पिपलबोट नधाउने साहित्यकार एक्लोजस्तो हुन्थ्यो ।
०२८ सालतिर देखि साहित्यकारहरु पिपलबोट धाउन थालेका हुन् । यही पिपलबोटले धेरै साहित्यकारलाई चर्चित बनायो । धेरैलाई कहिल्यै नटुट्ने मित्रतामा गाँसिदियो । यसरी मित्रतामा गाँसिएका नारायण ढकाल, राजव, विमल निभा र पुरुषोत्तम सुवेदी अझै नजिक छन् । कणाद महर्षि पनि उनीहरुका मित्र मण्डली सदस्य हुन्।
०३४ सालमा कणाद महर्षि राष्ट्रिय वाणिज्य बैंकमा स्थायी जागिरे भए । बैंकको केन्द्रिय कार्यालय थियो टंगाल, अहिले अख्तियार बसेकै ठाउँमा । साँझ कार्यालयको बसले कर्मचारीलाई ठाउँ ठाउँमा छाडिदिने व्यवस्था थियो । उनी बस चढेर चाबहिल घर जाँदैन थिए । बसन्तपुरको दमकलछेउमा उत्रिन्थे । अनि पुग्थे पिपलबोट । कार्यालयको बस नभएको दिन हिँड्दै पनि घर नगइ पिपलबोटतिरै पुगिहाल्थे ।
यता राजव मरुटोलमै बस्थे । साँझ पिपलबोट पुगिहाल्थे । विमल निभा पनि नरदेवीबाट हिँड्दै आइपुगिहाल्थे । नारायण ढकाल भने सहरबाहिर बस्थे, मूलपानी । तर, उनी पनि पिपलबोटका नियमित सदस्य भइसकेका थिए । पछि श्यामल पनि आउन थाले ।
यता राजव मरुटोलमै बस्थे । साँझ पिपलबोट पुगिहाल्थे । उनी ०३४ सालदेखि नियमित पिपलबोट धाउन थालेको बताउँछन् । विमल निभा पनि नरदेवीबाट हिँड्दै आइपुगिहाल्थे । नारायण ढकाल भने सहरबाहिर बस्थे, मूलपानी । तर, उनी पनि पिपलबोटका नियमित सदस्य भइसकेका थिए । पछि श्यामल पनि आउन थाले ।

विमल निभा व्यंग्य लेखक भएको देन पिपलबोटलाई नै दिन्छन् । ३० को दशकको अन्त्यतिर विमल निभाले एकदिन अचानक व्यंग्य लेखेर आए । पिपलबोटमा नारायण ढकाल र राजवलाई सुनाए । उनीहरुले निभालाई खुब उडाए । तर, तिनै निभा अहिले बेजोड व्यंग्य लेखक भएका छन् । उनको व्यंग्यको ‘फ्यान’ भएका छन् ढकाल र राजव ।
तर, पिपलबोटको संगतले केही साहित्यकार रक्सीको कुलतमा पनि फसे । केहीको त लेखन नै ध्वस्त भयो । राम्रो कथा लेख्ने सन्तोष भट्टराई रक्सीकै कारण हराएर गए ।
कणाद महर्षिको सम्झनामा सबैभन्दा धेरै रक्सी हरिभक्त कटुवालले खान्थे । अनि सन्तोष भट्टराई । कहिलेकाहीँ आइपुग्ने मनु ब्राजाकी पनि मस्तले पिउँथे । इश्वर बल्लभ बढीजसो पाकोको मोति महलमा पिउन रुचाउँथे । तर, मोहन कोइरालाले रक्सी पिएको कणादले कहिल्यै देखेनन् । ‘अरुहरुले मोहन कोइराला पनि रक्सी खान्छन् भनेको मात्र सुनेको हुँ, खाएको देखिनँ,’ कणाद भन्छन् ।
कणादलाई सन्तोष भट्टराईको चरित्र सम्झँदा अहिलेपनि अनौठो लाग्छ । सन्तोष यतिबेला अमेरिका छन् । उनी पहिल्यैदेखि शारिरीक रुपमा अशक्त थिए । एउटा खुट्टा कमजोर थियो । रक्सी खाएपछि भने अति बोल्नुपर्ने । पिएपछिपछि सबैभन्दा सशक्त हुन्थे । अरुलाई बोल्ने पालो नै दिँदैन थिए । कोही बीचैमा बोलिदियो भने रिसाएर कराउँथे ।
सन्तोष पनि सडक कविता क्रान्तिमा सहभागी थिए । तर, कविता भनिसकेपछि च्यातिहाल्थे । कसैलाई दिँदैनथिए । न त छपाउँथे, न आफू राख्थे । उनको एउटा कथाको पुस्तक प्रकाशित छ । कणादको मूल्यांकनमा उनी राम्रा कथाकार हुन् ।
हरिभक्त कटुवालसँग रक्सी खानेमध्ये कणाद महर्षि र सन्तोष भट्टराई पनि हुन् । उनीहरु प्रायः महाबौद्धबाट भोटाहिटीतिर निस्कने गल्लीको पसलमा रक्सी खान्थे । सो गल्लीको देब्रेतिर पहिलो घरमा भट्टी थियो । त्यसलाई ‘गुर्जुको पसल’ भन्थे । पसल ठूलो थिएन । पसलभन्दा पनि भट्टी थियो । नयाँ सडकमा भेला हुने अधिकांश साहित्यकारको अखडा यो पनि थियो । त्यहाँ धेरैजसो कणाद, सन्तोष भट्टराई र हरिभक्त कटुवाल बस्थे । कहिलेकाही इश्वर बल्लभ पनि हुन्थे ।
यता राजव मरुटोलमै बस्थे । साँझ पिपलबोट पुगिहाल्थे । उनी ०३४ सालदेखि नियमित पिपलबोट धाउन थालेको बताउँछन् । विमल निभा पनि नरदेवीबाट हिँड्दै आइपुगिहाल्थे । नारायण ढकाल भने सहरबाहिर बस्थे, मूलपानी । तर, उनी पनि पिपलबोटका नियमित सदस्य भइसकेका थिए । पछि श्यामल पनि आउन थाले ।
खाइसकेपछि जोसँग पैसा छ उसैले तिथ्र्यो । तर, हरिभक्तले पैसा तिरेको कणादलाई सम्झना छैन । उनी समस्यामा फँसिसकेका थिए । उनीसँग पैसा हुँदैन थियो । उता गुर्जु पनि समस्या बुझ्थ्यो । कडाइ गर्दैनथियो, बाँकी नै खुवाउँथ्यो ।
हरिभक्तको रक्सी खाने सीमा नै थिएन । कहिलेकाहीँ धेरै लागेर खाएकै ठाउँमा ढल्थे । लुगामा पिसाबै पनि गरिदिन्थे । हरिभक्तलाई पिपलबोटपछाडि भूगोल पार्कको कुनाको शौचालयबाट समेत उठाएर लग्नुपरेको कणादलाई याद छ ।
त्यसो त सडक कविता क्रान्ति पिपलबोटनजिकको भट्टीमै जन्मिएको हो । पिपलबोटबाट पाको जाने सडकको बायाँतिर थियो मोति महल रेष्टुरेन्ट । सो रेष्टुरेन्ट प्रत्येक आइतबार साहित्यकार र लेखकका लागि ‘बुक’ हुन्थ्यो । ‘आइत’bout भेला’मा जानेहरु आफूले खाएको आफैँले तिर्थे । नियमित पिपलबोट नआउने पनि आइतबार भने आउँथे ।
त्यतिबेला पञ्चायत सरकारले कवितामा पनि सेन्सर लगाइरहेको थियो । कडा सेन्सरकै कारण मोहन कोइराला, इश्वर बल्लभलगायत कविले नबुझिने क्लिष्ट कविता लखेको कणाद महर्षिको ठम्याइ छ ।
०३६ सालमा जनमत संग्रह घोषणा भयो । प्रजातन्त्रको समर्थन र पञ्चायतको विरोधमा कविहरुले पनि कार्यक्रम गर्ने निर्णय गरे । मोति महलको आइत’bout भेलामा रक्सी खाँदा खाँदै सडक कविता क्रान्ति गर्ने टुंगो लाग्यो ।
सडक कविता क्रान्तिको प्रस्तावक भवानी घिमिरे थिए । त्यतिबेला फोन थिएन । मुखमुखै प्रचार भयो । भोलिपल्ट उही पिपलको बोटबाट सडक कविता क्रान्ति सुरु भयो । भवानी घिमिरेले सञ्चालन गरे । मोहन कोइराला, हरिभक्त कटुवाल, दिनेश अधिकारी, विष्णुविभु घिमिरे, ओममणि शर्मा, गगन विरही, किशोर पहाडी, शैलेन्द्र साकार, अशेष मल्ल, विमल कोइरालालगायतले कविता भने । तर, इश्वर बल्लभ भने आएनन् । उनले सडक कविता क्रान्तिको विरोध गरे । उनले भनेका थिए, ‘कवितालाई इज्जत दिने सडकमा हो र ? ठूलो बैठक, ठूलो मञ्चमा पो हो, सडकमा कविता ओराल्नु ठीक होइन ।’
पिपलबोट नियमित धाउने हरिभक्त कटुवाल, भवानी घिमिरे, मोहन कोइराला, इश्वर बल्लभलगायतले धर्ती छाडिसके । मनु ब्राजाकीको पनि केही महिनाअघि मृत्यु भयो । सन्तोष भट्टराई अमेरिका बस्न थालेको धेरै भयो । उनीसँग पिपलबोटवाला कोही पनि साहित्यकारको सम्पर्क छैन । विमल निभा, अशेष मल्ल, श्यामल, राजब, नारायण ढकाल भने अहिले पनि नजिक छन् । तर, राजनीतिक कारणले उनीहरुमध्ये कतिलाई छुट्याएको छ ।

