जस्तो उद्दार उस्तै छानबिन

पर्यटन व्यवशायका एक अध्येताले भने, उद्धारविरुद्ध यो त्यस्तो जालसाँजीपूर्ण षडयन्त्र हो, जसरी पचास रुपैयाँ ज्याला दिएर अबैध सामान भएको बोरा बोकाएको भरियालाई फसाएर लागुपदार्थ र स्मगलिंगको दोष थोपरिन्छ, त्यस्तै तानाबाना बुनिएको छ । यसो गर्दा निर्दोष कालकोठरीमा जाकिन्छ र अपराधी समाजमा थप अपराध गरिरहन्छ ।

 

 

नेपाली पर्यटन बजार यतिबेला निकै तातेको छ । यो तातो यसपालीको घनघोर वर्षापछि शरद ऋतुको व्यवशाय शुरु हुन लागिरहेको माहौलले होइन, कृत्रिम रुपमा पर्यटक÷पदयात्रीलाई नक्कली बिरामी बनाएर गरिएको योजनाबद्ध ठगीको नग्न भण्डाफोरले देखिएको हो ।

 

 

रेस्क्यु अर्थात उद्धार भन्ने शब्दलाई नै बदनाम गराउने गरी ‘फेक रेस्क्यु’का घटनाले पर्यटन व्यवशाय नै बदनाम र व्यवशायीहरु मर्माहत भैरहेका छन् । हेलिकोप्टरमाथि दोष थुपारेर पानीको माथिको ओभानो बन्ने चाल चालिदै छ । उद्धारको नाउमा एकपछि अर्को फेक रेस्क्युका नक्कली ठगीले पर्यटन ब्यवशायको पेशागत मर्यादालाई बदनाम मात्र होइन, घाइते नै बनाइदिएको छ ।

 

 

बसन्त ऋतु सकिनेबित्तिकै उच्च हिमाली भेगमा हुने मानबीय रेस्क्युले फेक रेस्क्युको उपमा पायो । यसले पर्यटन बजारमा भाँडभैलो मच्चाएको छ । यो षडयन्त्रको जालो यस्तो योजनावद्ध रुपमा बिछ्याइएको छ कि उद्धारमा संलग्न हेलिकप्टर कम्पनीहरु नै ‘फेक रेस्क्यु’ गर्छन् भन्ने हल्लाले पहिल्यै बजार पिटाइयो । अन्तर्राष्ट्रिय बजारमा राम्रो व्यापार गरिरहेको नेपाली गलैंचा र पस्मिनालाई जेजस्ता षडयन्त्र बुनेर नारायणहरि बनाइयो, पर्यटन क्षेत्रमा लागिरहेका हेलिकोप्टर व्यवशायीहरु त्यस्तै जालोमा पारिएकोले तिनको आवाज उठेको त होइन ? हो भने त्यसका कारण केके हुन् र होइन भने त्यसको पछाडि को रहेको छ ?

 

 

पर्यटन व्यवशायका एक अध्येताले भने, मेरो बिचारमा यो त त्यस्तो जालसाँजीपूर्ण षडयन्त्र हो, जसरी पचास रुपैयाँ ज्याला दिएर अबैध सामान भएको बोरा बोकाएको भरियालाई फसाएर साह्रा लागुपदार्थ र स्मगलिंगको दोष थोपरिन्छ, त्यस्तै तानाबाना बुनिएको प्रतीत हुँदैछ । यसो गर्दा निर्दोष कालकोठरीमा जाकिन्छ र अपराधी समाजमा थप अपराध गरिरहन्छ ।

 

 

हेलिकोप्टर व्यवशायीहरुलाई औंल्याएर पर्यटन व्यवशायका महारोगहरुलाई छोपियो भने त्यसपछि नेपालको पर्यटन व्यवशाय पवित्र पेशा रहिरहन सक्दैन । पर्यटन क्षेत्रको रोग सफा नगरिउन्जेल हाम्रो पर्यटन क्षेत्रको बदनामी कुनै हालतमा रोकिनेवाला छैन । जसरी ज्यालादारी भरियालाई थुनेर अवैध कारोवारीलाई खुला छोडुन्जेल अपराध रोकिन्न, त्यसैगरी हेली उद्धारलाई सबै दोषको भागी बनाएर फसाइदैमा पर्यटन क्षेत्रको महारोगबाट मुक्ति पाउन सकिदैन ।

 

 

हेलिकोप्टर संचालकमाथि दोष थुपारेर पर्यटन क्षेत्र महारोगबाट कसरी मुक्त हुन सक्छ ? समस्या पर्यटक, होटल, ट्राभल एजेन्सी र बीमा कम्पनीहरुसंग जोडिएको छ तर दोष थुपारिएको छ, हेलिकोप्टर संचालकहरुमाथि !

 

 

पदयात्रा÷पर्बतारोहणमा आउने बिदेशी पर्यटक जोखिममा परेपछि गरिने उद्धार कसरी फेक रेस्क्यु बन्न पुग्छ ? उच्च हिमाली भेगमा गरिने मानबीय उद्धार कार्य वास्तवमा नित्तान्त सेवामुलक कार्य हो, नाफामुलक होइन । तर, यसैलाई केहीले कमाउ धन्दा बनाउदै आएको रहस्य दिनपरदिन खुल्न थालेको छ ।

 

 

केही टे«किङ एजेन्सी, ट्राभल्स र पछिल्लो समय खुलेका केही रेस्क्यु कम्पनीहरुले उच्च हिमाली भेगको रेस्क्युमा झेली गरिरहेका घाम जत्तिकै छर्लंग छ । फेक रेस्क्युमा बिदेशी बिमा एजेन्टहरु र पर्यटकहरुको पनि जवर्जस्त संलग्नता छ ।

 

 

प्रतिस्पर्धी बजार भाउ भन्दा कम मूल्यमा सगरमाथा लगायतका गन्तब्यमा पदयात्रा गर्न जाने र लेक लागेर बिरामी भइ ‘हेली रेस्क्यु’ भएको प्रमाण लिएर बिमा दाबी गर्ने प्रबृत्ति विदेशीहरुकै सहमतिबाट भएको पक्का हो । त्यसमा हाम्रा कम्पनीहरु पनि कमिशनको लोभमा भुलेका हुन् । यसैका पछि संगठित भएर केही ब्यबसायीहरु संलग्न भएकै हुन् ।

 

 

बास्तवमै लेक लागेर र हिमालमा फसेकाहरु रेस्क्यु गर्नु पर्ने हुन्छ । त्यसरी फसेकाहरुको ज्यान कालको मुखबाट फर्काएर ल्याउदा उसले हेली रेस्क्युको बिमा रकम तिर्न कुनै हिचकिचाहट गर्दैन । जीवन अमूल्य हुन्छ । घण्टौं लगाएर गरिएको रेस्क्यु मूल्य वा पैसास“ग तुलना हुने काम होइन ।

 

तर षडयन्त्र पर्दाफास भएपछि ‘फेक रेस्क्यु’मा हेलिकप्टर कम्पनीहरुलाई दोषी बनाएर आफू मुक्त हुने काम युद्धस्तरमा भयो । हेलिकप्टर कम्पनीलाई कुनै पनि टे«किङ र ट्राभल्स् कम्पनीहरुले पर्यटक बिरामी परेका छन्, उद्धारका लागि जहाज पठाइदिनु नभनी उड्नै मिल्दैन, हेलिकप्टर व्यासायीहरु भन्छन् ।

 

 

बिदेशी सञ्चार माध्यमहरुको एकतर्फी र सतही समाचारलाई आधार बनाएर राज्यले हेलिकप्टर कम्पनीहरुमाथि दोष थोपरेर लाञ्छना लगाउदै दोषीलाई लुकाउन खोजे जस्तो देखिन्छ अहिले ।

 

 

पर्यटन मन्त्रालयले गठन गरेको छानबिन समितिले दुई बर्ष यता भएका हेलिकप्टर उडानको बिबरण माग्यो, हामीले उपलब्ध गरायौं । छानबिन समितिले कुन रेस्क्यु र कुन रेगुलर उडान भनेर कुरै नबुझी हावादारी ढंगले कार्बाहीको सिफारीश गरेको भन्दै हेकिप्टर ब्यबसायीहरुले बिरोध जनाए । छानबिन समितिले कोठाभित्र बसेर उच्च हिमाली भेगमा हुने फेक रेस्क्युलाई ७ सय पृष्ठ लामो रिपोर्ट तयार पार्यो । ब्यबसायीहरु भने त्यसलाई यस्तो गम्भीर बिषयमाथिको फितलो र हल्का छानबिन भएको बताउदै आएका छन् ।

 

 

यो त सरासर ‘धान खाने मूसो र चोट पाउने भ्यागुतो’ भने जस्तै भयो, छानबिनमा परेका एक ब्यबसायीले भने । समितिमा भएका दुई जना सदस्यहरु बैठकमा कहिल्यै पनि बोलाइएन र उनीहरुलाई प्रतिबेदनमा हस्ताक्षर गर्न मात्र लगाइयो । त्यसले सरकारले गठन गरेको छानबिन समितिको बिश्वसनीयतामा शंका पैदा भएको छ ।

 

 

यस्तो राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वको बिषयमा स्थलगत भ्रमण गरी गोप्य रुपमा छानबीन गर्नुको साटो कोठामा बसेर हल्ला फैलाएर डंका पिटाउने काम राज्यले गरेको ब्यबसायीहरुको गुनासो छ । राज्यले कुरै नबुझी अर्बौ लगानी गरेका हेलिकप्टर ब्यबसायीहरुको हुर्मत लियो ।

 

 

हो, गएको एक दशकदेखि नेपाली पर्यटन उद्योगमा रेस्क्युका नाममा गडबढी हु“दै आएको थियो । त्यस्तो हर्कतको सूचना राज्यलाई नहुने कुरै भएन । सस्तो प्याकेज पर्यटकहरुलाई बेच्ने र खानामा बेकन सोडा मिसाएर बिरामी पारेपछि पर्यटक वा पर्वतारोहीलाई रेस्क्यु गर्ने चलन करीब दश बर्ष अघिदेखि नै शुरु भएको थियो ।

 

 

 

पर्यटन उद्योगले फेक रेस्क्युका नामले बिकराल रुप लिनुमा छिट्टो धनी हुने सपना बोकेर ब्यबसायमा आएकोहरुको होड प्रमुख कारण हो । उनीहरु कुनै न कुनै रुपमा शक्ति केन्द्रको दौराको फेर समातेर कुकर्म गर्न सफल भइरहे । तर त्यसको दण्ड भने सिंगो पर्यटनक्षेत्रले भोग्नु पर्दैछ ।

 

 

अहिले कार्बाहीको सिफारीशमा परेकाहरु अपबाद बाहेक सत्ता नजीकका छन् । दोषीले उन्मुक्ति पाउनु हुदैन र निर्दोषले सजाय पनि कदाचित् पाउनु हुन्न ।

 

 

हो, नेपाली पाहुना उद्योगमा केही बदमासीहरु निश्चित रुपमा भएका छन् । सिंगो उद्योग नै बदनाम भए पनि मैंले गलत बाटोबाट पैसा कमाउनु पर्छ भन्ने प्रबृत्ति बढेको पक्कै हो । त्यसकै परिणाम हो, पछिल्लो फेक रेस्क्यु प्रकरण ।

 

 

वास्तबिक दोषीलाई राज्यले कार्बाही गर्नै पर्छ । फेक रेस्क्यु प्रकरणमा बिदेशी बीमा कम्पनी र बिदेशी पर्यटन ब्यापारीहरुको स्वार्थ पनि हाबी भएको शंकाले गहिरो जरा गाडेको छ । पर्यटन क्षेत्रमा ‘भ्याकुम क्रिएट’ गरेर हाम्रा सेता हिमालबाट हरिया नोट जम्मा गर्न पल्केका विदेशीहरुसँग सबै नेपाली चनाखो हुनुपर्छ ।

 

 

यतिखेर गंभीर प्रश्न खडा भएको छ, राष्ट्रिय महत्वको बिषयलाई हल्का ढंगले लिएर बिदेशी कम्पनी र बिमा कम्पनीहरुको इशारामा सरकार कुदेको त होइन ? नेपाली हिमालका प्याकेजको डिजाइन युरोप र अमेरिकामा हुन्छ । सगरमाथा आरोहणमा एक जनाबाट १ करोड ४० लाख रुपैंयासम्म लिन्छन् बिदेशी कम्पनीहरु । र, नेपालमा ३० देखि ५० लाखसम्म मात्र खर्च गर्छन् र अरु रकम उतै बस्छ ।

 

 

नेपाल सरकारले त्यसबाट कुनै कर र राजश्व प्राप्त गर्दैन । बिदेशीहरुको बोलवाला रहिरहँदासम्म नेपाली पर्यटन बजारलाई कमजोर बनाइरहने र उनीहरुको स्वार्थ हाबी हुनु भनेको राज्यले कर र जनताले रोजगारी गुमाउनु हो ।

 

 

यतिखेर पर्यटन मन्त्रालय सिंगो पर्यटन उद्योगमा परेको नकारात्मक छबिलाई सुधार गर्न लाग्नु भन्दा हल्का ढंगले प्रस्तुत भइरहेको गुनासो पर्यटन व्यवसायीहरुको छ । नेपाली पर्यटन उद्योगभित्र हुने स्वार्थी राजनीतिले पवित्र पाहुना उद्योग थिलथिलो बनिरहेको छ र यो घाम जत्तिकै छर्लङ पनि छ ।

 

 

हिमालमा अझ भनौं सगरमाथाको ब्यापारमा बिदेशीहरु बिना लगानीका मालिक बनिरहेका छन् । नाम, दाम र सम्मान कमाएर ठालु बनेर बसिरहेका छन् । तर, हाम्रो राज्य यस्ता बिषयमा गम्भिर भएर कहिल्यै सोचि रहेको छैन । मात्र जहिलेसुकै सतही रुपमा प्रस्तुत भएर बिदेशीहरुकै पक्षपोषण गर्दै आइरहेको छ ।

 

 

पर्यटकहरुलाई खानामा मिसावट गर्नेलाई प्रमाण भेटिएसम्म कार्बाही गर्नुपर्छ । हिमाली कन्दराहरुमा फसेकाहरुलाई त्यो जोखिमबाट उद्धार गर्ने हेलिकप्टर कम्पनीहरुलाई हावादारी आरोपको भरमा कार्बाही गर्न मिल्छ ? कदापी मिल्दैन । पर्यटन बजारमा एकतर्फी हौवा पिटेर हिड्न मिल्छ ? कुनै हालतमा मिल्दैन !

 

 

पदयात्री र पर्बतारोहीहरुलाई उद्धार गर्दा सहमतिमा रकम लिने हो र त्यसको कर चुक्ता भएको छ कि छैन भनेर राज्यले हेर्ने हो । तर, तालुकदार मन्त्रालयले सिंगो उद्योगलाई दण्डित गर्ने काम गरिरहेको छ । गैरजिम्मेवारीपनको यो पराकाष्टा हो ।

 

 

 

राज्यमा बस्नेहरुमा जानकारीको कमी छ र उनीहरु सस्तो लोकप्रियताका लागि मात्र होइन, अन्य नदेखिने कारणले पनि पर्यटन व्यवसायिहरुलाई बलीको बोका बनाउन उद्यत छन् । यसमा उनीहरु सफल भए भनेदेखि राज्यलाई कर तिर्ने पर्यटन उद्योग दण्डित हुने छन् । यो पर्यटन उद्योगलाई सिध्याउने काम हो ।

 

 

दश बर्ष अघि सगरमाथा आधार शिबिरबाट काठमाडौंसम्म उद्धार गर्दा ६ हजार ५ सय अमेरिकी डलर लिइन्थ्यो । आज आएर ३ हजार ५ सय देखि ४ हजारमा राजधानी ल्याइन्छ । विण्ड एप्रोचले रेस्क्यु गर्दा उच्च हिमाली भेगमा उद्धार गर्नलाई ६-७ पटकको प्रयासमा उडान भर्नुपर्छ । सगरमाथादेखि क्याम्प २ सम्म यसरी रेस्क्यु गर्नुको विकल्प नै छैन ।

 

 

उच्च हिमाली भेगको रेस्क्यु फिक्स विङ (हवाई जहाज) होइन् । त्यसैले उचाइ र अबस्थाका आधारमा रेस्क्यु रकम डिल गरिन्छ । अप्ठेरोमा परेको मानिसले जीवनलाई पैसास“ग हिसाब गर्दैनन्, तर बदमासी गर्ने टे«किङ एजेन्सी र ट्राभल्स, पछिल्लो समयमा च्याउसरी खुलेका रेस्क्यु कम्पनीहरु छिटो पैसा कमाउनकालागि बदमासी गर्ने सरासर दोषि हुन् ।

 

 

जिभ्रो नचपाइ भन्ने हो भने, नेपाली पर्यटन उद्योगमा बिदेशीहरुको बिचौलीया हाबी छ । दोषीले उन्मुक्ति पाउने र जेन्युइनले दण्डित हुने अबस्था कायम राखिरहनु भनेको पर्यटन उद्योगलाई सरासर धराशायी बनाउनु हो । यसो हुन कदापि दिनुहुँदैन ।

 

 

पछिल्लो समय नेपाली पर्यटन ब्यापारमा राजनीति गर्नेहरु पनि प्रबेश गरेका छन् । उनीहरुले जे जानेका थिए, पर्यटन व्यवशायमा पनि त्यसैलाई हावी गराउन खोजे । उनीहरुले के विर्सिए भने पर्यटन व्यवशायमा आम्दानी छ तर यो क्षेत्रमा राजनीतिमा जस्तो छलछाम, ढाँट, अनैतिक कार्यले बढावा पाउनै सक्दैन । ती कुरा यहाँ बर्जीत हुन्छ । तर राजनीतिको रोग सार्न खोजीएकोले पर्यटन व्यवशायमा थप अराजकता निम्तिएको होे ।

 

 

उनले भने, उच्च हिमाली क्षेत्रको उद्धारमा हाल पर्यटन क्षेत्रमा तीन तहका बिचौलीया छन् ।

 

 

बिदेशी सञ्चार माध्यमहरु विदेशी एजेन्टहरुको स्वार्थमा चलेका छन् । केही विदेशी सञ्चार संस्थाहरुले नेपाली पर्यटनलाई बदनियतपूर्ण ढंगले तथ्य बगांएर प्रचार गरिरहेका छन् । उसले बिदेशी बिमा एजेन्ट र उनीहरुकै स्वार्थलाई बोकेको छ, एक पर्यटन ब्यबसायीले भने ।

 

 

सन् २०२० मा २० लाख पर्यटक ल्याउने नेपाल सरकारले घोषणा गरेको छ । त्यसैले महत्वाकाक्षी योजनालाई सफल बनाउन पनि फेक रेस्क्युको सही निराकरण गर्नु टड्कारो आबश्यकता भएको छ ।

 

 

नेपाली पर्यटनको कालो धब्बा फेक रेस्क्यु ’bout उठेका गम्भीर प्रश्नहरुको जवाफ तालुकदार मन्त्रालयले यथाशीघ्र दिनुपर्छ । सिंगो नेपाली पर्यटन उद्योगले बिश्वबजारमा बिश्वास गुमाउने अबस्था आउदा पनि पर्यटन मन्त्रालयमा आयाराम गयाराम अवस्था नै छ । मन्त्रालयले पर्यटन उद्योगका ’boutमा उठेका हरेक प्रश्नको जवाफ दिन सक्नुपर्छ । ओठे जवाफ दिएर मात्र पनि पुग्दैन, सरकारले गरेको घोषणालाई व्यवहारमा कार्यान्वयन गर्न रात दिन नभनी काममा लागिरहनु पर्छ र काम गरिरहेको छु भनेर पनि पुग्दैन काम गरेको देखिनु पनि पर्छ ।

 

 

के कुरा दिउसोको घाम जत्तिकै छर्लंग छ भने, हाम्रो आन्तरिक अस्वस्थ प्रतिस्पर्धाले नेपाली पर्यटन बजार नराम्ररी खस्केको छ । अनि अस्थिर नेतृत्वले यो क्षेत्र शिथिल भएको छ । पाँच वर्षसम्मको लागि स्थिर भनिएको सरकारले यसको रणनीतिक मात्र होइन, कार्यनीतिक रुपमा पनि स्पष्ट जवाफ दिइरहनु पर्छ । नेपाल आउने प्रत्येक पर्यटक र नेपाललाई माया गर्नेहरुलाई सधैं आश्वस्त, विश्वस्त पारिरहन सक्नुपर्छ । यसका लागि सरकारले कसैप्रति आग्रह र पूर्बाग्रह राखेर होइन नीति, नियम र पद्धति बसाउदै, त्यसको पालना गर्दै, विश्व पर्यटनको ट्रेण्डलाई समेत मध्यनजरमा राखेर अगाडि बढ्नु पर्छ । यसको विकल्प छैन ।

 

 

 

तस्विर सौजन्य : एरिक रिडिङ्ग्टोन