भाईटिका, भ्यू टावर, चियापान र समृद्ध नेपाल !

भर्खरै समाप्त भएको तिहारमा भारतबाट मात्रै आठ करोड रुपैयाँ बराबरको ५२ लाख बुक तास आयात भएको समाचार आयो । यसले के देखाउँछ भने सरदर प्रत्येक नेपाली परिवारमा एक जोर तास आयात भएको छ ।

रेमिटान्सको पैसामा भड्किलो चाडपर्व
शुक्रबारको भाईटिकापछि तिहार पनि सकियो । संयोगले शनिवार विदा प¥यो । बषौंदेखि भाईटिकाको भोली पल्ट पनि सार्वजनिक विदा दिने प्रचलन होस् भनियो । महः पुजा गर्ने साथीको सधैं गुनासो हुन्थ्यो । तिहारको भोलिपल्ट विदा लिनु नपरोस् । यो सालको पात्रोले आफै जुराई दियो । राम्रै भयो । आईतबार र सोमबार बाँकी मंगलबार छठ पूजा आईहाल्यो । यो चाडबाडको मौसममा राम्रै खर्चबर्च हुन्छ ।
खर्चको जोहो गर्न आम्दानीको श्रोत पनि राम्रै हुनु प¥यो । तर, त्यसमा कसले ध्यान दिएको छ ? नीति निर्मातालाई पनि चाडबाडको चटारो त्यतिकै छ । चालिस लाखको हाराहारीमा देश बाहिर हिडेका युवा युवतीले पठाएको रेमिटान्सले चाडबाड फष्टाएको छ । खर्चालु बढेका छन् । तामझाम बढेको छ । एक अर्काको देखासिखी बढेकै छ ।
यसलाई साँस्कृतिक पर्वको रुपमा प्राकृतिक सम्बन्धको स्मरणको निमित्त भन्ने विषयलाई प्रबद्धन गर्ने जमर्को शुरु हुनु जरुरी छ । यो पुस्ताले । बर्तमान पुस्ताले नसोच्ने हो भने भावी पुस्ताले नयाँ थिति बसाल्ला भनेर आशा गर्न सकिन्न ।
गणतन्त्रको संस्थागत विकासको क्रममा साँस्कृतिक पर्ब’bout व्यापक छलफल सम्वाद हुनुपर्नेमा त्यसलाई नयाँ पुस्तालाई मौलिकता’bout धारणा बनाउन मद्धत गर्नु पर्नेमा समाजका अगुवा नै चुकि रहेका छन् । यो बर्षको साँस्कृतिक पर्वहरुको प्रभाव र युवा पुस्ताको गतिविधि हेर्दा भन्न सकिने कुरा यहि हो ।
अनुत्पादक भ्यू टावर
गएको दशैंको सेरोफेरोमा देशका विभिन्न स्थानहरुमा भ्यू टावर शिलान्यासको समाचार सञ्चार माध्यममा छाएका छन् । पछिल्लो समय विराटनगरमा बन्ने भनिएको भ्यू टावरले चर्चा पाएको छ । स्थानीय निकायले खर्च गरेर बनाउँन लागेको भ्यू टावर निर्माण कार्य व्यापक आलोचनाको विषय बनेको छ । समाज विकासको गतिसँगै आउने यस्ता टावर निर्माण कार्य समाज विकासको आधुनिकिकरणको औद्योगिकिकरणको एक अभिन्न भागको रुपमा पर्ने हो ।
तर, हाम्रो जस्तो आर्थिक एव सामाजिक अबस्थामा राज्य, स्थानीय र व्यक्तिगत रुपमा गरिने खर्चसमेत उत्पादमुलक क्षेत्रले प्राथमिकता पाउनु पर्नेमा यो असाध्यै असान्दर्भिक खर्चको रुपमा देखिएका छन् । स्थानीय तहमा भ्यू टावरमा गरिने खर्चलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु पर्नेमा गैरउत्पादनमुलक क्षेत्रमा खर्च गर्ने होडवाजी चल्नु भनेको आफैंमा एक आर्थिक विकासको मर्म र आफ्नो देशको सहि बस्तुगत अबस्थाप्रतिको बेवास्था हो ।
टोल टोलमा भद्धा गेट
अर्को अनुत्पादक खर्च भनेको टोल टोलमा बनाईने गेट हुन् । गेट बनाउने काममा अप्रत्यक्ष रुपमा प्रतिस्पर्धा देखिएको छ । सानो सानो टोलसमेतमा फलानो टोलमा यहाँलाई स्वागत छ भन्दै लाखौं रुपयाँ खर्चेर बनाईने गेट हुन् ।
कतिपय यस्ता गेटमा गरिने खर्चले स्थानीय तहमा एक विद्यालयको भवन निर्माण गर्न सकिन्छ । खानेपानीको लागि ट्यांकी निर्माण गर्न सकिन्छ । सानो साईनवोर्ड राखेर गाउँ, नगर, टोल, स्थान विशेषको पहिचान दिन सकिनेमा कुन नगरले, कुन गाउँले, कुन टोलले, कुन समाजले ठूलो गेट बनाएको छ ।
जुन स्थानमा श्रृजनशिल मानिसको अभाव हुन्छ त्यस्तो स्थानमा यस्तै भद्धा खर्च गर्ने होड चल्छ । आफ्नो स्थानको परिचय दिन स्थानीय स्थानको पहिचान दिन सक्ने खालका श्रृजनशिल उद्ययमहरु निर्माण गरी स्थान विशेषको परिचय दिने परम्पराको शुरुवात गर्नु पर्दछ । कतिपय स्थानमा बनेका गेट महाभुकप्पको समयमा ढलेर भग्नावशेषको रुपमा परिणत भएका छन् ।
त्यसैले यस्ता गेट निर्माणका कार्यलाई परिवर्तनगरी बढिभन्दा बढि उत्पादनमुलक क्षेत्रमा खर्च गर्ने परिपाटि बसाल्नु गणतन्त्र नेपालको पहिलो आवश्यकता हो । सरकारी ढुकुटिबाट गरिने यस्ता खर्चहरु नियन्त्रण गरि सुशासन कायम गर्न सकेमा मात्रै गणतन्त्र नेपालका टोल, गाउँ, पालिका शहरहरु सुन्दर र सभ्य देखिने छन् ।
चाडवाडको नाममा मदिराको बढ्दो प्रयोग
चाडपर्वको नाममा मदिरा जन्य उत्पादनको बढ्दो प्रयोग पनि त्यतिकै विग्रदो संस्कृति बन्दै छ । घर घरमा मदिरा, टोलटोलमा मदिरा, बस्ति बस्तिमा मदिरा, यो मदिरा नभएमा जमघट खल्लो हुने । मदिरा नभएमा पाहुनाको सत्कार नहुने । चाडवाड भनेको मदिरा पिउने अबसर हो । यो अबसरमा देशी विदेशी मदिरा प्रयोग गर्ने सँस्कृति बढ्दो छ । कसले कुन ब्राण्डको रक्सि पिउँछ, त्यसमा उसको हैसियत नापिने गरिन्छ ।
पितृको श्राद्ध सकिएपछि पनि पाहुनालाई श्राद्ध सकियो । घाम अस्तायो, अब पिउन हुन्छ भन्ने संस्कृति बढ्दो रुपमा देखिएको छ । छिमेकी मुलुक भारतको विहार राज्यमा मदिराको बिक्रि वितरणमा रोक लगाए पश्चात नेपालको तराईका जिल्लामा मदिराको व्यापार फष्टाउँदो छ ।
राष्ट्रिय सुचना आयोगका प्रमुख कृष्णहरि बाँस्कोटाको तर्क मदिरा मुक्त देश बनाएर समृद्ध नेपाल बनाउँने अभियानलाई प्रोत्साहन गर्ने को संख्या न्युन रहेको छ । उनको यो अभियानले विगतमा महिला÷आमा समुहले गाउँ गाउँमा गरेको मदिरा मुक्त गाउँ टोल, बजार र जिल्ला अभियानलाई पुनः जागृत गर्न सकेमा मात्रै मदिराको उपयोग घट्न सक्छ ।
मदिरामा युवा पुस्ताको सहभागिता डरलाग्दो किसिमले बढेको छ । समाजका अगुवाले नै युवा तथा महिलालाई मदिरा प्रयोगमा उत्प्रेरणा जगाउने प्रवृति समाज विकासमा घातक बन्ने निश्चित छ ।
चाडबाडमा जुवातासको विगविगि
हाँडी बस्यो कौडा खस्यो । पहिले पहिले गाउँ घरमा जुवा तास खेल्ने अबसरको रुपमा लिईन्थ्यो । चाडवाडमा खेलिने जुवातासले यति धेरै विकृति ल्यायो कि कतिपयको घर खेत गयो । धरैलाई तास जुवाको लत लाग्यो । गाउँमा जुवाडे’bout अनगिन्ति किस्सा छन् । त्यसमध्ये एउटा किस्सा पाठकसमक्ष राख्छु ।
एक जना अधबैंसे पहाडको फेदिमा रहेका आफ्नो खेतमा पानी लगाउन हिंडेका रहेछन् । उनी खेत नजिकै एउटा पसलको तासको खालमा बसेछन् । तीन दिनदेखि तासमा बसेका ति जुवाडेका बाबु बितेको खबर आयो । अब पहाडको टाकुरोमा रहेको उनको घर जानु पर्ने भयो । तर, उनले अरु आफ्नो खेल छोडेनछन् भनेछन् “एक दूई राउण्ड खेलौन आखिर बालाई घाटमा लैजान यहि बाटो ल्याउँने हुन् । यही लास आएपछि छोडौला ।” उनको यो भनाई अहिले पनि जुवाडेलाई भन्ने उक्ति जस्तै भएको छ, यो भनाई ।
गएको तिहारमा भारतबाट मात्रै आठ करोड रुपैयाँ बराबरको ५२ लाख बुक तास आयात गरियो भन्ने समाचार पढियो । यसले के देखाउँछ भने सरदर नेपालको प्रत्येक परिवारमा एक जोर तास पर्न आउँछ । भाईटिकासँगै तिहारको जुवातास सकिनु पर्ने हो । यो सकिएको छैन । अझै कति दिन जुवा तास चल्ने हो । लाखौंको हार जित हुने ।
वेरोजगार र उच्च आए भएका रोजगारको अतिरिक्त समय बर्बाद गरि रहेको छ, जुवा तासले । युवा पुस्ताको आकर्षण बढेको देख्दा ज्येष्ठ नागरिकको चिन्ता र चासो बढेको छ । पैसा भएका काम नभएकाले तास जुवा मात्रै होइन रेडलाईट एरिया पनि खोल्न दिनुपर्छ गरिवका छोरीलाई पैसा दिएर स्वदेशमै वेश्याबृति गराउँन उद्धत छ, यो वर्ग भोलि आफ्नै छोरी नातिनी वेश्याबृतिमा लागेपछि मात्रै पुर्पुरोमा हात राख्नेछन् । यीनीको कुतर्कमा नबहकिउँन नीति निर्माता ।
आफ्नो फोहर आफैं बढारौं
दशैं तिहारको समयमा शहर बजारका टोलटोलमा डंगुर फोहोरको थुप्रो देखियो । केहि टोलबासी भने आफ्नो आगन टोल आफैं सफा गर्न जुटेका थिए । फोहोरको थुप्रो भएका टोलबासीलाई सोधें किन तपाई मास्क लगाएर बस्नुहुन्छ, तर आफ्नो आँगनको फोहर सफा गर्न तत्पर हुनुहुन्न ? जवाफमा उनले भने, यो महानगरको काम हो ।
टोल सफा गर्न जुटेकालाई सोहि प्रश्न सोधियो उनले भने “यो टोलकाबासी सबै जना गाउँ पहाडबाट नयाँ बसोबास गरेका हुन् । यहाँ पहिलो पुस्ताका मानिसको पनि बसोबास छ । चाडवाडमा कटुवाल कराएर आफ्नो गाउँघर सफा गर्ने संस्कृतिमा सामुदायिकतामा अभ्यस्तको बाहुल्य छ त्यसैले शहरमा बस्दा पनि त्यहि संस्कृति आयो भनौं न ।”
यस्तो समुदायले आफ्नो आँगन आफैं बढार्ने संस्कृति लोप हुँदै गएको छ । यसलाई पुनःस्थापित गर्ने चुनौतिको सामना गर्नु अनिवार्य छ ।
नसुहाउँदा चियापान समारोह
चाडपर्वको समय पारेर चियापान समारोह आयोजना गर्ने लहर चलेको छ । उपराष्ट्रपतिदेखि वडा सदस्यसम्मले दशैं, तिहार, नेपाल सम्वत, छठ, ल्होसार जस्ता चाडपर्वको निहु पारेर जमघट गर्ने । फजुल खर्च गर्ने परम्परा नराम्रो किसिमले मौलाउँदो छ । राजनीतिक पार्टि पिच्छे ।
सांसद मेयर जो सुकैले गर्ने चियापानले कुनै उत्पादनमुलक काम गरेको देखिँदैन । यो संस्कृतिलाई परिस्कृतगरी जनताको कुरा सुन्ने समयको रुपमा रुपान्तरण नगर्ने हो भने समृद्ध नेपाल बनाउँने सपना नारामा मात्रै सिमित हुन्छ । राज्यको पैसो यस्ता फजुल खर्चमा नसकौं । श्रृजनशिल र उत्पादनसँग जोडिने कार्यहरुमा मात्रै खर्च गर्ने बानी बसालौं ।
समृद्ध नेपाल सुखी नेपाली नारामात्रै
नयाँ युगमा नयाँ सरकारले समृद्ध नेपाल सुखी नेपाली महाअभियान ल्याएको छ । यो अभियानमा के भयो भने नेपाल समृद्ध हुन्छ । कस्तो अबस्थामा नेपालीलाई सुखी मान्ने भन्ने मापदण्ड छैनन् । ती विषय बहसका विषय हुन् । के चाहिँ नगरौं भन्ने विषय आजको आलेखमा उठाउँन खोजिएको हो । यस्तै विषय आगामी संस्करणमा उठाउँदै जाने छु । सबैमा नजिकिंदै आएको छठ पर्वको शुभकामना ।
