निर्वाचनमा नागरिक समाज र मिडिया

कृष्णमुरारी भण्डारी/अश्विन पुडासैनी
स्थानीय निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र धाधलीरहित बनाउन समाजका विभिन्न पक्षहरुको भूमिकाको ’boutमा बहस, छलफल, गोष्ठि, अन्तरक्रियाहरुले व्यापकता पाइरहेका छन् । तर के हो निर्वाचन ? के हो मिडिया र नागरिक समाजको भूमिका ?
निर्वाचन
निर्वाचन लोकतन्त्रको चाड हो । लोकतन्त्रमा मतदानद्वारा सार्वजनिक अधिकारीहरुको चयन हुन्छ । जनताद्वारा निर्वाचन मार्फत सरकार परिवर्तन गर्दा समाजको परिवर्तन शान्तिपूर्ण तरीकाले हुन्छ ।
—एफइएस (फ्रेडरिक इबर्ट स्टिफटुंग)
नागरिक समाज
नागरिक समाज परिवार, राज्य र बजार बाहिरको त्यो क्षेत्र हो जहाँ मानिसहरु साझा चाहनाको परिपूर्तिका लागि संगठित हुन्छन् ।
—सिबीकस (नागरिक सहभागीताका लागि विश्व ऐक्यवद्धता)
आमसंचार (मिडिया)
आम जनतामा कुनै पनि सूचना वा जानकारी प्रभावकारी रुपले संप्रेषण गर्ने माध्यम नै आमसंचार ( मिडिया) हो । संचार माध्यमबाट कुनै खवर वा जानकारी वा बिचार तथ्य तथ्यांक वा सूचना नागरिक सामु पु¥याइन्छ भने त्यो आमसंचार हुन्छ ।
पत्रपत्रिका, रेडियो, टेलीभिजन, सामाजिक संजालहरुले आमसंचार माध्यमको काम गरिरहेका हुन्छन् । यसलाई ब्यवस्थापिका , कार्यपालिका र न्यायापालिकापछि जनउत्तरदायी हुने चौथो अंगको रुपमा सर्वत्र स्वीकारिएको छ ।
आमसंचारका विद्वानहरु भन्छन्, नागरिकले सबै घटना देख्न र सुन्न सक्दैनन् त्यसैले उनीहरुलाई मिडियाको माध्यमबाट देखाउने, सुनाउने र पढाउने काम हुने भएकोले मिडिया नागरिकको आँखा, कान र मस्तिष्क हो ।
लोकतन्त्रमा मिडिया
नागरिक समाज र मिडियाले राज्यको असिमित अधिकार र शक्तिलाई दूरुपयोग हुन नदिन प्रयत्न गर्छन् । निर्वाचन लोकतन्त्रको ऐतिहासिक चाड, पर्व र उत्सव भएकोले मिडियाले सरकार र दलका बिधि–ब्यवहार, नियम र कानूनसम्मत छन् कि छैनन् ? प्रस्तुत गर्छन् । निर्वाचनका सत्य–तथ्य मतदाता समक्ष मसिनो गरी पु¥याइरहन्छ ।
स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन मिडियाको सहयोग र सक्रिय सहभागीता बीना संभव छैन । मिडियाको जिम्मेवारी निर्वाचन पूर्व, निर्वाचन भैरहेका बेला र निर्वाचन सम्पन्न भैसकेपछि पनि उत्तिकै रहेको हुन्छ । मिडियालाई त्यसैले राज्यको चौथो अंग भनिएको हो ।
सूचना प्रविधिले फड्को मारिरहेको समयमा मिडिया जति प्रभावकारी मानिन्छ, त्यत्तिकै खतरनाक पनि हुनसक्छ ’cause राज्यका कानून, नीति नियम र निर्देशिकाका जटिल कुरालाई आमजनसमुदायले बुझ्न सक्ने गरी सर बनाउने मात्र होइन, निर्वाचनको मर्म र भावना अनुरुप नै स्थानीय भाषामा प्रस्तुत गर्ने जिम्मेवारी समेत हुन्छ ।
यो जिम्मेवारी निर्वाह गर्ने क्रममा मिडियाबाट तलमाथि भयो भने त्यसबाट अनर्थ पनि हुनसक्छ । त्यसैले निर्वाचनमा राज्य, राजनीतिक दल र नागरिक समाज झैं मिडिया पनि त्यत्तीकै जिम्मेवार र जवाफदेही हुनुपर्छ । संचार माध्यममाथि लोकतान्त्रिक निर्वाचनमा अति नै ठूलो अबिभारा हुन्छ ।
निर्वाचनको वातावरण निर्माण निम्ति सबै सरोकारवालाको समान धारणा निर्माण गर्न, निर्वाचनमा के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने कुराको जानकारी जनसाधारणलाई दिन, निर्वाचनमा भैरहेका अनधिकृत एबम् अख्तियारीको दूरुपयोग र आचार संहिताको उलंघनप्रति खवरदारी मिडियाले गर्नुपर्छ ।
स्वच्छ, निर्भय, धाधलीरहित, मर्यादित र शान्तिपूर्ण चुनाव सम्पन्न गर्न संचारमाध्यमको भूमिका अतुलनीय हुन्छ । स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्ने काम निर्वाचन आयोगको हो भनिए पनि खासमा आयोगले निर्वाचन ब्यवस्थापनको काम मात्र गर्ने हो । त्यसैले सबै पक्षको भूमिका त्यत्तिकै जिम्मेवार र महत्वपूर्ण हुन्छ ।
निर्वाचनको समयमा सुक्ष्म रुपमा सरकार, राजनीतिक दल, सचेत नागरिक समाज मात्र होइन, अन्तर्राष्ट्रिय र क्षेत्रीय रुपमा पनि मिडिया मोनिटरिंग भैरहेको हुन्छ ।
खास गरेर समाचार बहिष्कार गर्ने, निर्वाचन मत सर्वेक्षणका परिणामहरु प्रकाशन प्रशारण, घृणायुक्त भाषण र अभिब्यक्तिलाई मिडियाले स्थान त दिइरहेको छैन ? यसमा अन्तर्राष्ट्रिय प्रचलन र मान्यता के के छन्, त्यसको जानकारी प्रत्येक मतदाताले खोजीरहेको हुन्छ । पत्रकारले कस्तो भूमिका निर्वाह गरिरहेका छन् ? कतै उनीहरु पक्षपात गर्दै पत्रकार र निर्वाचन आचार संहिताको खुलेआम उलंघन त गरिरहेका त छैनन् ? सबैले अत्यन्त चनाखोसाथ हेरिरहेका हुन्छन् ।
के निर्वाचनका सर्वस्वीकार्य कुराको पालनामा हामी ढुक्क बन्न सक्छौं ? यसवारे ठूला सवाल देशभित्रै उठिरहेका छन् । देश वाहिरको जनमत पनि यसभन्दा प्रतिकूल छैन ।
नागरिक समाजको नाउमा अगाडि आएका संघसंस्था र ब्यक्तिहरु राजनीतिक दलका भातृ संगठन झै सक्रिय रहेका छन् । त्यसैगरी पत्रकारहरु पेशागत संगठन भन्दा पनि राजनीतिक पार्टीका कार्यकर्ता झै चलायमान भैरहेका देखिन्छन् ।
यसो भनिरहँदा कतिपयलाई च्वास्स बिझ्न सक्छ तर नाँगो आँखाले हेर्ने र खह्रो भाषामा भन्ने हो भने हाम्रो वस्तुगत यथार्थ यही हो ।
इन्टरनेटमा आधारित अनलाइन संचारमाध्यम, ब्लग, युट्युव, फेसबुक, ट्वीटर, इन्स्टाग्राम, स्न्यापच्याट लगायत सामाजिक संजालहरुमा अतिसयोक्तियुक्त बिचार, गाली गलौज ( हेट स्पिच) यत्रतत्र छरपस्ट रुपमा आइरहेका हुन्छन् ।
यो बढो चुनौतिको विषय बनेको छ ।
सामाजिक संजाल यतिछिटो भाइरल बनेर निस्कन्छ कि आधिकारिक माध्यमबाट त्यसको खण्डन एबम् पुनरपुष्टि हुन नपाउदै यसले सूचना आतंक सिर्जना गरिसकेको हुन्छ र परिणाम परिवर्तन भैसकेको हुन्छ ।
सामाजिक संजालको संस्कृति धान्नै नसक्ने गरी मौलाएको छ । यो गाडी हाँक्न नजान्नेलाई स्टेयरिंगमा बसाए जत्तिकै छ । यो अत्यन्त प्रभावकारी र हरेकको दैनन्दिनीसंग जोडिएको छ ।
यसले निर्वाचनमा सकारात्मक र नकारात्मक दुबै भूमिका खेल्न सक्छ ।
बढ्दो सामाजिक संजालको प्रयोग र प्रभावकारितालाई सकारात्मक संदेश सिघ्र प्रवाह गर्ने संस्कृतिको रुपमा रुपान्तरित गर्न सकियो भने हाम्रो सभ्यतालाई नै यसले अगाडि लैजान्छ ।
निर्वाचनका तीन प्रमुख आयाम
पहिलो, राजनीतिक आयाम—नागरिकहरुले निर्वाचनमा स्थानीय निकायमा आफैं उम्मेदवार हुन पाउने र आफ्ना प्रतिनिधि प्रत्यक्ष रुपमा आफैंले छनौट गर्न पाउने छन् । जसले राजनीतिक सचेतना र राजनीतिक जिम्मेवारीको अवसर प्रदान गर्नेछ ।
राजनीतिक दल, ब्यवस्था र यसको आयामहरुवारे नागरिक सचेतना र जागरण निर्वाचनले सिर्जना गर्नेछ ।
दोस्रो, आर्थिक आयाम—राज्यले विभिन्न निकाय मार्फत निर्वाचन व्यवस्थापनको लागि सिधै अरबौं रुपैयाँ खर्च गरिरहेको हुन्छ । सुरक्षा निकायको लागि गरिने खर्च, कर्मचारी, यातायात, लजिस्टिक प्रयोजनका लागि गरिने खर्चमा पनि अरबौं रुपैयाँ परिचालन हुन्छ । त्यस्तै उम्मेदवारले गर्ने खर्चको लेखाजोखा नै छैन ।
निर्वाचन आयोगले प्रतिउम्मेदवार मेयरका लागि अधिकतम ७ लाख, वडाध्यक्षको लागि अधिकतम ५० हजारको सिमा तोकेता पनि यसको खर्चले सिमा नाघ्ने स्पष्ट छ र यो लेखाजोखा गरिसाध्य छैन । स्मरणीय छ, स्थानीय निर्वाचनमा ६ हजार ६सय ८० वडामा निर्वाचन हुँदैछ ।
पैसा परिचालन हुँदा समाजमा आर्थिक गतिविधि र रोजगारीका अवसरहरु पनि त्यत्तीकै भैरहेको हुन्छ । समाजमा उत्पादित बस्तु र सेवाहरुको खपत तथा बजारीकरण समेत पर्याप्त हुने हुँदा समाज जीवन्त र भाइब्रेन्ट हुन्छ ।
तेस्रो, सामाजिक आयाम—निर्वाचनको अर्को महत्वपूर्ण आयाम सामाजिक रुपमा विचारको आदान प्रदान, राजनीतिक दल, पद्धति र प्रतिनिधिको वारेमा प्रचार प्रसार, अन्तरक्रिया सभा, छलफल र ककस समेत आयोजना हुने हुँदा सामाजिक सांस्कृतिक पक्षहरुसमेत सचेतनापूर्वक उठाइएका हुन्छन् ।
समाजको अन्तरसंवन्ध र प्रतिनिधित्वको विषयमा घनीभूत छलफल र छनौट कार्यमा नागरिक स्वयम सहभागी हुनेहुँदा यसले सामाजिक पूँजी निर्माण गरिरहेको र समाज चलायमान बनिरहेको हुन्छ ।
निर्वाचनको अर्को सुन्दर पक्ष भनेकै यहि हो । यो आयामको सुक्ष्म अध्ययन गरी समाज विकास र समाज उन्नतिका लागि थुप्रै अध्ययन अनुसन्धान र अन्वेषण गर्न सकिने प्रयोगशाला हुनेछ निर्वाचन ।
निर्वाचनमा नागरिक समाज
निर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय बनाउन नागरिक समाजले खेल्नुपर्ने भूमिका ः
१) निर्वाचन सम्बन्धी जानकारी प्राप्त गर्ने । गर्न हुने के र गर्न नहुने के के हो ? त्यस’bout मतदाताहरुलाई अभिमूखीकरण गर्ने ।
२) मतदान र निर्वाचन प्रकृया संबन्धमा सहभागी हुन नागरिक समाज र मतदाताहरुलाई प्रोत्साहन गर्ने, महिला, अपांग, अशक्त र जेष्ठ नागरिकलाई मतदानमा अग्राधिकार प्रदान गर्ने ।
३) निर्वाचनसंग संबन्धित आचार संहिताको पालना गर्ने र पालना गर्न सहयोग गर्ने, उम्मेदवार र संबद्ध पक्षबाट आचारको पालना भए नभएको अनुगमन गर्न युवा परिचालन गर्ने । अपारदर्शी ढंगबाट कहीकतै कोहीबाट त्यस्ता कार्य भैरहेको छ भने तत्काल त्यसलाई सार्वजनिकरण गर्ने । मतदान पूर्व, मतदानको बेला र मतदानपछि गर्नुपर्ने आचार संहितावारे सचेत गराउने ।
४) सामाजिक अन्तर्कि्रया तथा छलफलहरु गरी उपयुक्त उम्मेदवार (समाजलाई फुटाउने होइन, एकतावद्ध गर्ने, विकास र समृद्धिका कार्यक्रम बोक्ने, इमान्दार, प्रतिवद्ध, पारदर्शी र सामाजिक सद्भाव मजबुत गर्नसक्ने) छनौट गर्न होसियारी गराउने ।
स्थानीय चुनाव किन (स्थानीय स्वशासनको महत्व र यसको आवश्यकता र जनप्रतिनिधिको अभावमा सर्भिस डेलिभरिमा आइपर्ने समस्या र चुनौतिहरु) नागरिकलाई बुझाउने र पार्टीहरुलाई त्यसवारे सचेत गराउने,
५) संविधानले नागरिकलाई दिएका अधिकार मुफ्तमा प्राप्त भएको होइन, यसको मूल्य बलिदान, त्याग, लामो संघर्ष र निरन्तर निष्ठाबाट प्राप्त भएको हो । जिम्मेवारीकासाथ यो अधिकारको प्रयोग गर्न दल, नेता, उम्मेदवार र नागरिकहरुलाई सचेत गराउने,
६) निर्वाचनमा खडा भएका उपयुक्त उम्मेदवार (सदाचार, अनुशासित, मर्यादित, ट्राक रेकर्ड खराव नभएको, सामाजिक सद्भाव र आर्थिक आचरण मितब्ययी र पारदर्शी भएको, उदाहरणीय ब्यक्तित्व) छनौट गर्न नागरिकहरुलाई मद्धत गर्ने, ’cause नागरिकको एक भोट कुपात्रमा प¥यो भने समाज विखण्डित र अधोगतितिर जान्छ र सुपात्रमा प¥यो भने समाजले अग्रगति लिन्छ र हामी समृद्धितर्फ उन्मुख हुन्छौं भन्ने जानकारी गराउने,
७) संविधानले तोके बमोजिम महिला, दलित र अल्पसंख्यकहरुलाई उम्मेदवार हुन र छनौट गर्न प्रोत्साहन गर्ने नकि दलका नेता÷नेतृका परिवार, नातागोता र आसेपासेलाई नभइ योग्य सक्षम र काविल ब्यक्तिलाई छनौट गर्न घचघच्याउने ।
८) स्वतन्त्र, मर्यादित र विश्वसनीय निर्वाचन प्रकृया बनाउन सबैपक्षलाई सहमत गराउने । निर्वाचनमा हुने क्रममा भोजभतेर गर्ने, पैसा बाँढ्ने, पेट्टी ठेकेदार खडा गर्ने, बिचौलीया भर्ती गर्ने, सामाजिक कुरुति बोक्ने, हुलहुज्जत गर्ने, आतंक सिर्जना गर्नेलाई पर्दाफास गर्ने ।
९) निर्वाचन प्रचार प्रसारको क्रममा उम्मेदवार र अन्य कसैबाट पनि ‘हेट स्पिच’ (गाली गलोज तथा अपशब्द) हुन नदिने र भएमा यो अभिब्यक्ति स्वतन्त्रता होइन, अक्षम्य अपराध हो भनी त्यस्ता अभिब्यक्तिहरुलाई निषेध गर्ने ।
१०) मतदाताको काम उम्मेदवार हेर्ने, छनौट गर्ने र मतदान गर्ने मात्र होइन, मत परिणामलाई स्वीकार गर्ने र विजयी उम्मेदवारमार्फत निर्वाचनमा गरिएका प्रतिवद्धताहरु पूरा गर्न दवाव दिने ।
निर्वाचनमा मिडियाको भूमिका
निर्वाचन गर्ने काम निर्वाचन आयोगको मात्र होइन । यो संपन्न गर्न सरकार, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, प्रबुद्ध समूह, पत्रकार र संचार जगत सबैको महत्वपूर्ण सहभागीतामूलक जिम्मेवारी हुन्छ ।
चुनाव निर्वाचन आयोग, दल र तिनका उम्मेदवारहरुको लागि गरिने होइन । यो त नागरिक र राष्ट्रको लागि विधिको शासन र आवधिक निर्वाचन मार्फत आफ्नो प्रतिनिधि आफैं छान्ने लोकतन्त्रको मेरुदण्ड हो ।
यो सार्वभौमसत्ता सम्पन्न जनताको मताधिकारबाट प्रतिनिधि छनौट गरी विकास निर्माण र न्यायिक समाज सिर्जना गर्ने विश्वव्यापी मान्यता हो ।
यो एउटा सर्वमान्य प्रकृया र पद्धति हो ।
निर्वाचनको वातावरण निर्माण गर्न, सवै सरोकारवालाहरुको समान धारणा बनाउन, निर्वाचन प्रकृया (प्रि, ड्युरिंग र पोष्ट)मा के गर्ने, के नगर्ने भन्ने कुराको निक्र्यौल गरी प्रकाशन—प्रशारण गरी सवैले पालना गर्न खवरदारी गर्ने काम पत्रकार र संचार जगतको हो ।
स्वच्छ, मर्यादित र शान्तिपूर्वक निर्वाचन संपन्न गर्न र निर्वाचनबाट सही र योग्य जनप्रतिनिधि छनौट गर्न सहजीकरण गर्ने काम मिडियाको हो ।
मिडियाले आफ्ना संचार माध्यम मार्फत जनतालाई सुसुचित गर्दै प्रकृया, पद्धति र उम्मेदवार’bout जनतालाई छ्याँग पारिदिनुपर्छ । जसले गर्दा मतदाताहरुले निर्भिकतापूर्वक गौरवका साथ भएका मध्ये उपयुक्त पात्र छनौट गरी आफ्नो प्रतिनिधि छनौट गर्न सकुन् ।
मिडियाकर्मी र मिडियाले जिम्मेवार, संवेदनशील र जनउत्तरदायी भै निष्पक्ष, स्वतन्त्र र तथ्यपरक सूचना तथा सामाग्रीहरु संप्रेषण गर्नुपर्छ ।
निर्वाचनमा मिडियाका दश कर्म
१) मिडिया निर्वाचन अभियानको सशक्त मञ्च (प्लेटफर्म) हो ।
आमसंचार, संचार माध्यम र संचारकर्मीले निर्वाचनको क्रममा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र निर्भयका साथ सम्पन्न गर्न बाहक (क्याटालिष्ट)को भूमिका निर्वाह गर्ने ।
२) निर्वाचन प्रकृया र निर्वाचनसंबन्धी समाचार सूचना सामाग्री तथ्य तथ्यांकहरुलाई मिडियाको मूल विषय बनाइ नागरिक जीवनका आर्थिक, सामाजिक, राजनीतिक, विकास र प्राविधिक विषयहरुलाई खोज तथा अनुसन्धानमूलक प्रकृयाबाट सबै आयामहरु लेख रचना विश्लेषण अन्तर्वार्ता राउण्ड टेवल, अन्तरक्रिया मार्फत पटाक्षेप गर्ने ।
३) निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय बनाउन मतदाता, नागरिक समाज, राजनीतिक दल र तिनका उम्मेदवारहरुसंग नियमीत संपर्क÷संवाद गरी तिनको अवस्था धारणा र तथ्याङ्कहरु अध्यावधिक गरी संप्रेषण गर्ने ।
४) निर्वाचन व्यवस्थापनमा संलग्न अधिकारी र सूचना प्रदायकहरु, राजनीतिक दल, उम्मेदवार नागरिक समाज, सुरक्षाकर्मी र पर्यवेक्षकहरुसंग समेत जानकारी लिइ पाठक, दर्शक र स्रोताहरुलाई सुसूचित गर्ने ।
५) निर्वाचन आचार संहिता प्रकाशन÷प्रशारण र संबद्ध पक्षहरुबाट पालना भए नभएको वारे अद्याबधिक गर्ने । आवधिक निर्वाचनबाट जनताको सशक्तिकरण गर्न, महिला र सिमान्तकृत समुदायको सहभागीता सुनिश्चित गर्न, संघीय व्यवस्थालाई संस्थागत गर्न, जनतासंग प्रत्यक्ष संपर्कमा रहने सरकार निर्माण गर्न, स्थानीय नेतृत्व विकास गर्न, सहभागीतात्मक उत्तरदायी सरकार एवम् लोकतन्त्रको प्रवद्र्धन गर्न निर्वाचनको महत्व दर्शाउने ।
६) निर्वाचनको क्रममा राजनीतिक दल वा उम्मेदवारको घोषणापत्र, प्रतिवद्धता, योजना तथा कार्यक्रमहरु’bout सत्यतथ्य सार्वजनिक गर्ने । बहस, छलफल आयोजना गर्ने ।
७) निर्वाचनको क्रममा आर्थिक रुपमा हुने र हुनसक्ने कुनै पनि अनियमितता, अपब्यय, भ्रष्टाचार, पैसाको वितरण र समाजमा अस्वीकार्य गतिविधिलाई सार्वजनिक गर्ने । साथै निर्वाचन प्रकृयामा सहभागी हुन नचाहनेहरुलाई संचार संवाद मार्फत सहभागी बनाउन पहल गर्ने ।
८) नागरिक समाज, अध्ययन अनुसन्धान गर्ने संस्था, विशेषज्ञ, विज्ञ, निर्वाचन बीटमा काम गर्ने संचारकर्मी र निर्वाचन संबन्धी ज्ञाताहरुका विशलेषण, खोज, अनुसन्धान, निर्वाचन प्रक्षेपण र निर्वाचन सर्वेका नतिजाहरु संकलन गरी आचार संहिताको कसीमा राखी विश्लेषण प्रस्तुति बिचार बहसलाई प्रकाशन प्रशारण गरेर सबैलाई जागृत गरी निर्वाचनलाई राष्ट्रिय महाअभियान बनाउन प्रयत्न गर्ने ।
निर्वाचन शिक्षालाई निर्वाचन पूर्व, अबधिभर र निर्वाचन पश्चात समेत निरन्तरता दिने ।
९) संचार माध्यम, संचार संस्था र संचारकर्मी कुनै पनि अमूक राजनीतिक दल, उम्मेदवार वा पक्षको प्रभावमा नपरी, पूर्वाग्रही नभइ पत्रकारिताको मूलधर्म अनुरुप वाचडगको रुपमा संबद्ध सबैपक्षलाई निगरानी गर्ने ताकि सत्ता , शक्ति, अधिकार र स्रोत साधनको कुप्रभावबाट निर्वाचन प्रकृया र मतदाताको निर्भिक स्वतन्त्र र निष्पक्ष रुपमा आफ्ना प्रतिनिधि छान्ने काममा अनुचित प्रभाव नपरोस, बंचित हुन नपरोस् ।
१०) निर्वाचनका क्रममा राजनीतिक दलका उम्मेदवार वा वक्ताले कार्यक्रमहरुमा सामाजिक, सांस्कृतिक सद्भाव जातीय, क्षेत्रीय, धार्मिक, वर्गीय, लिंगीय, असक्तता, अपांगता भएका वा अन्य कोहीप्रति पनि घृणा फैलाउने खालका अभिब्यक्ति (हेट स्पिच) हरुलाई मिडियामा स्थान नदिने किनकि यस्ता हेट स्पिच अपराध हुन् ।
( पत्रकार कृष्णमुरारी भण्डारी र पूर्व परराष्ट्रमन्त्रीका सल्लाहकार अश्विन पुडासैनीले तयार गरेको पुस्तिकाको संपादित अंश ।)

