यो पटक ओलीका पक्षमा

अहिले सतहमा जे आएको छ जति विकृति देखिएको छ यतिमात्रै कारणबाट दुई तिहाईवाला सरकार बिस्थापित गर्ने, गलहत्याउने सपना केवल दिवा सपना हो त्यो जसले देखे पनि हितकारी छैन । संसदले अर्थात नेकपाको संसदीय दलले, ओली फेर्न सक्ला त्यो बैधानिकबाटो र पाटो फरक कुरा हो यद्दपि त्यहाँ भित्र त्यो बिषय अर्थात ओली बहिर्गमनको सबाल सुसुप्त छ त्यसैले भर्खरै नेकपा भित्रको यहि शक्ति सन्तुलनमा असम्भव छ कुनै तिलस्मी मोहले प्रचण्ड जागृत भएमा भन्दा बाहेक जसलाई केवल अपवाद मात्र भनेर बुझ्न सकिन्छ अन्यथा ओलीलाई हल्लाउन कसैको बुताले भ्याउदैन र त्यो जनमतको अपेक्षा बिपरित हुन्छ किनकी बलियो स्थिर सरकारको नारामा जनताले नेकपालाई मतदान गरेका हुन।

नकारात्मक नहुदैमा सकारात्मक भैहालिन्छ त्यो होइन तर सकारात्मक हुने बिन्दु र चरण चै हो नकरात्मक नुहनु भनेको, समर्थनको बातावरण बन्नु हो । वर्तमान प्रधानमन्त्री ओली र सरकारको आलोचना नभएको क्षेत्र र ठाउँ दुर्लभ बन्दैछ यसैबीच सरकारको लोकप्रियताको ग्राफ घटने क्रममा छ । ओली आकर्षण र लोकप्रियता उच्चतम शिखरबाट न्यूनताको ओरालो झर्नु पक्कै पनि शुभसंकेत होइन । ओलीको असफलता भित्र देसको असफलता र निराशाको अग्लो पहाड खडा हुदैछ जसले अन्ततः देशलाई नै दुर्घटित बनाउने स्थितिमा पुर्याउछ । राजनीतिक दुर्घटनाका एक हैन अनेक कारण र परिणाम हुन्छन, एक माध्यम हैन थुप्रै माध्यम र बाटोबाट दुर्घटना निम्तने खतरा हुन्छ, कारणहरु अल्पकालीन र दिर्घकालिन मध्यकालीन सबै हुनसक्छ ।
बाहिर देखिने कारण संग मुकाबिला गर्न सजिलो हुन्छ तर अध्यारो कोठाभित्र पाकेका सेलपुरिको षड्यन्त्रसंग कुस्ती खेल्न अनि आफ्नै कोखका भाइ बन्धुको संलग्नता र अग्रसरमा हुने षड्यन्त्रको तानाबान बाट बच्न दुरदर्शिता आवश्यक हुन्छ जुन आजका राजनीतिक दल र तिनका नेतामा पाइने अत्यन्त दुर्लभ गुण हो । निराशाको थुप्रो बढ्नु भनेको खतराको घन्टी चर्को हुनु हो । राजनीतिक दुर्घटनाको बातावरण बन्न यथेस्ट कारण र प्रमाणहरु छन जसको सम्भावावित परिणाम र घोषणा पुराना राजनीतिक खेलाडी जसको गणतन्त्र ल्याउन भूमिका छ उनीहरु नै पुर्व शक्ति अर्थात् राजा आउने बातावरणको रुपमा चर्चा गर्छन र वर्तमान सरकार प्रति कटु आलोचना गर्छन । के अब ओलीको विकल्प खोज्ने बेला भयो त ? ओलीको विकल्प नेकपा भित्र बाट हुन्छ या अरु पार्टीले लिन्छ ? हाम्रो संबिधानत संबैधानिक द्वार यही हो तर सडकमा ओलीको विकल्प संबिधान परिवर्तनको नारा लाग्न थालेको छ । राजनीतिक प्रणाली बदल्ने मनसुवा प्रकट भएको छ । राजा ज्ञानेन्द्रको देस दौडाह, पुजाआजा, धर्मकर्मलाई व्यवस्था परिवर्तनको शक्ति आर्जनको अभ्यास भनेर सबै ब्याख्या गर्छन । सरकारका प्रधानमन्त्री, मंत्री र सत्तासिन नेता राजाको भ्रमणप्रति तीव्र असन्तुस्टी पोख्छन र प्रतिबन्धको आशय राख्छन । सरकार आफै आफ्नो क्षमता संग डराएको छ, आफ्नै छायाँसंग तर्सेको छ ।
आफु लोकप्रिय भए अरुसग किन डराउनु पर्यो ? देसको प्रगति, समृद्दी र बिकासको मार्ग पक्कै ज्ञानेन्द्रको भ्रमणले बिथोलिएको छैन । जनताको आलोचना सरकारले राम्रो काम गरोस भनेर हो, पार्टी बिपक्षीहरुको आलोचना सरकार संविधानको ट्रयाकमा हिडोस भन्ने नै हो । कम्युनिस्ट जिन नै निरङ्कुश हुने हुदाँ सरकारको यदाकदा विचलन, प्रेष प्रतिको बक्र दृष्टि, निषेधको राजनीति, बदलाको भाव लगायत कुरामा सरकारी रवैया सार्वजनिक रुचीचासो र बिरोधको बिषय बन्छ, बनेकै छ । सरकार आलोचनालाई आफ्नो तागत र आफु सच्चिने अवसरको रुपमा भन्दा विपक्षीको धर्म भनेर टसको मस छैन, आफुलाई सुधार्ने बाटोमा सरकार नदेखिनु दुर्घटना पूर्वको आभास हो । पूर्वाभासलाई सचेतता भनेर लिन सकियो आफ्नो कल पुर्जा दुरुस्त राख्न सकियो चेक जाच गर्न थालियो, केहि फेर्नुप्रने पाटपुर्जा फेरियो भने दुर्घटना न्यूनीकरण तर्फ जान्छ हैन जे छ इनर्जी अर्थात् फ्युल जति पनि छ भन्ने अर्थमा मात्र बुझियो भने सवारी दुर्घटना फ्युल भएका कारण मात्र रोक्न र कम गर्न सकिन्न औचित्यहीन पाटपुर्जा लामो सवारको लागि बदल्नु आवश्यक छ । ओली सरकारको अनाकर्षक र खिया परेका पाटपुर्जा अदली बदली जरुरि छ अन्यथा मेरो गोरुको बार्है टक्काले निम्त्याउने दुर्घटना सामना गर्नुको विकल्प छैन । देसमा फेरि अर्को राजनीतिक दुर्घटना आउनु भनेको नेपाल र नेपालीको भविष्य पूर्ण अन्धकार तिर धकेलिनु हो ।
बैधानिक वाटो बाट ओली सरकार गलहत्याउने तागत र सामर्थ्य कसैको बनिसकेको छैन तर स्थितिमा फेरबदल आएन भने, देसको परिस्थितिमा समीक्षात्मक बनेर सरकारले आफ्नो प्रगतिशील गतिमा तिब्रता थपेन भने असन्तोष अरु चुलिने छ, सरकारको बिपक्षमा सडक अरु भरिने छ, सडकमा बिभिन्न रुप र प्रकारमा असन्तोष पोख्ने समुह र संख्या बढ्दो छ जुन डढेको चैते पत्कर हो जसमा सानो आगोको काँटी पर्यो भने बल्न बेर मान्दैन । तर यतिबेला सडक बाट सरकार बिस्थापित गर्ने र सडकको शक्ति जनताको आक्रोश देखाउने बेला भै सकेको छैन, राजनीतिको भर पर्दो वैकल्पिक मार्गचित्र बिना अराजकता ठिक हुन्न । अहिले सतहमा जे आएको छ जति विकृति देखिएको छ यतिमात्रै कारणबाट दुई तिहाईवाला सरकार बिस्थापित गर्ने, गलहत्याउने सपना केवल दिवा सपना हो त्यो जसले देखे पनि हितकारी छैन । संसदले अर्थात नेकपाको संसदीय दलले, ओली फेर्न सक्ला त्यो बैधानिकबाटो र पाटो फरक कुरा हो यद्दपि त्यहाँ भित्र त्यो बिषय अर्थात ओली बहिर्गमनको सबाल सुसुप्त छ त्यसले भर्खरै नेकपा भित्रको यहि शक्ति सन्तुलनमा असम्भव छ कुनै तिलस्मी मोहले प्रचण्ड जागृत भएमा भन्दा बाहेक जसलाई केवल अपवाद मात्र भनेर बुझ्न सकिन्छ अन्यथा ओलीलाई हल्लाउन कसैको बुताले भ्याउदैन र त्यो जनमतको अपेक्षा बिपरित हुन्छ किनकी बलियो स्थिर सरकारको नारामा जनताले नेकपालाई मतदान गरेका हुन ।
अस्थिर सरकारले वाक्कदिक्क भएर स्थिर सरकार पांच बर्ष सम्म निर्धक्क सरकार संचालन जनताको अनुमति हो लाहाछाप हो । अहिलेको प्रासंगिकता सरकार परिवर्तन, नेतृत्व फेरबदल जनताको माग होइन जनताको माग सरकारको गतिमा तिब्रता, सरकारको दायित्वमा अभिवृद्दी, बेथितिमा रोक, थितिमा दौड र खिया लागेका, दांत झरेका कामयावी बन्न नसक्ने हर पाट पुर्जा जसलाई बदल्न सकिन्छ तिनको बदली, बदली गर्न नमिल्ने निर्वाचित पदाधिकारीको निर्ममतापूर्वक समिक्षा गरी गियर परिवर्तन, लय परिवर्तन हो । पद्दतिमा सुधार आचरणमा सुधार, शैली ढंगमा रुपान्तरण अहिलेको अपेक्षा हो । अलमल, दोधार, ढुलमुल र नानाथरी कुरा, नानाभाती तर्क भन्दा काममा जोड, कमजोरी आत्मसाथ गरेर त्रुटीकम गर्ने मानशिकतामा बढोत्तरी सरकारले गर्नुपर्ने परिवर्तन हुन् । टनका टन सिद्दान्तका गफ र हावादारी कुरा भन्दा एकग्राम काम नै महत्वपूर्ण र वजनदार हुन्छ भन्ने तत्वबोध प्रधानमन्त्री र मन्त्रीले गर्नु जरुरि छ । हिजो बोलेका कुरा कति पुरा भए कति हुन बाकि छन् अनि किन बारम्बार सपना देखाउने नाममा, उत्साह जगाउने बहानामा घोसणा गरिन्छन, कार्यन्वयनमा जादैंनन, घोषणा गर्नुमै बिना कार्ययोजना हतार भयो कि त्यस’bout प्रधानमन्त्रीले आफैलाई जाच्नु र पारख गर्नु अनि आफ्नो टिमको कार्यसम्पादन मुल्यांकन गर्न गम्भीर हुनुपर्छ । बोली र घोषणामा सिमित किन बने उदाहरणहरु मिहिन ढंगले खोतल्नु, पर्गेल्नु र छिमोल्नु समयको आदेस हो ।
सस्ता प्रचारबाजी र भड्किलो ब्यबहार प्रदर्शनले जनता मात्रै होइन नेकपा कै नेताकार्यकर्ता अप्ठ्यारोमा परेको, असन्तुस्ट बनेका, सरकारको प्रतिरक्षा गर्ने हतियार कम्जोर भएको तर्फ प्रधानमंत्री गम्भीर बन्नुपर्छ । आफ्ना नेता कार्यकर्ताको असन्तुस्टी बढ्दै गयो भने आफुले गरेका सकारात्मक कामको पनि प्रचार हुन् सक्तैन प्रतिरक्षाको हतियार भुत्ते हुन्छ अनि आफैले भन्नुपर्ने हुन्छ अरिंगाल बनेर जाइलाग्नुस । समर्थन त्यसमाथि पनि आफ्नो पार्टीमा स्वतस्फुर्त हुनुपर्ने हो तर लौन मेरो पक्षमा बोल सरकारको पक्षमा लेख । राम्रो कामको लागि समय लाग्ला प्रचार आवश्यक नै हुन्छ भन्ने छैन काम देखिदै जाँदा प्रचार आफसे आफ हुन्छ काम गर्न नसक्ने तर प्रचारको भोक लाग्ने र प्रचारको आत्मरतिमा बहने बानी निश्चय नै राम्रो होइन । धाप खोज्ने सरकारले स्याबासी खोज्ने सरकारले आफ्नो कम गर्ने, शैली, भएको प्रगति आदिको मुल्यांकन गर्नुपर्छ ।
पुर्व सचिव भीम उपाध्यायको facebook stataus ले बोलेको सत्य र निर्दिस्ट गरेको मार्ग हेरौ । आफ्नो वालमा उनी लेख्छन ‘ कस्तो सरकार बन्न पुगेछ ? कुन कुसाइत परेछ ? जति काम गरे पनि,जति मत पाएको भए पनि कसैबाट स्याबासी पाउदैन, कसैबाट सहानुभूति पाउदैन, कसैले आफ्नो ठान्दैनन् ,कुनै बर्ग खुशी देखिएका छैनन्,कोही सन्तुस्ट हुदैनन्, कसैले आश गर्न सक्तैनन् ? बोल्यो कि पोल्यो, छोयो कि जल्यो ? सरकारका पाइलटहरु केही दिन गुफा पसेर यी कुरामा गम्भीर तपस्या, ध्यान गरुन, मन र मस्तिस्क पवित्र पारेर खुला बनाएर फर्केर आउन, त्यसपछि नयाँ सोचले काम गर्न थालुन, केही झारपात, डकार र गन्हाउने मंत्री गोडमेल गरुन अनि कसैले दयामाया गर्न थाल्लान कि ? केही निकास पाइएला कि ? सरकारलाई मेरो बिना पैसाको निशुल्क कन्सल्टेन्सी सल्लहा ।’ यस्तै सल्लहा सुझाव हरेक सार्वजनिक बौद्दिक व्यक्तिले दिने छन् दिएका छन् सरकार सडक बाट बिस्थापित बौद्दिक चिन्तन र कर्म अहिलेको लागि हैन पांच वर्ष ढुक्कले काम यहि सरकारले गरोस मात्र नकाम नगरोस सबैको भनाइ र बुझाइ यहि हो यत्ति हो ।
कानुनि बैधानिकता भन्दा पर अर्को विकल्प सरकार या ब्यबस्था परिवर्तनको लागि यति मात्रै कारण र असक्षमता काफि छैन सरकारले आफुलाई परिवर्तन गर्न सकेन र कार्यसम्पादनमा तदारुकताका साथ लागि परेन भने त्यो घाटा त्यो ह्रास सरकार आफ्नै लागि गरुङ्गो हुनेछ । सरकार प्रमुखको नाताले प्रधानमन्त्रीले देखाउनु भएको सपना प्रति मेरो बिमति छैन, प्रधानमन्त्रीले देखाएको सपना प्रति कोही तिल्मिलौनु र अचेत हुनु पनि ठिक छैन । सपना र योजना तिलस्मी पनि छैनन्, देसको कार्यकारी अधिकारीले सपना नदेखाए कसले देखाउने ? सपना देख्नु र देखाउनुको पनि अर्थ र कारण हुन्छ । अकारण सपना देखिदैन, निदाए पछि सपना देख्नु प्राकृतिक कुरा हो । अप्राकृतिक कुरा त सपना नदेख्नु हो सपनाको फरक यति हो सपना बेलामा देखियो कि कुबेलामा ? सपना समयको हो कि असमयको ? सपना निन्द्रामा हो कि कल्पना र उत्तेजनामा ? सम्भवत कतिपयलाई प्रधानमन्त्रीको सपना असमयको निन्द्राको र अशुभ फल दिने भनेर पनि ब्याख्या विश्लेषण गरेका छन् तर प्रधानमन्त्रीले चन्द्रमा बस्तीकुरा गर्नु भएको छैन, इन्द्रको आसनमा आफु रहेको र घाम पानी झरी बादल, आफू अधिनस्त मान्नु भएको छैन त्यसैले पनि जे सपना देखाउनु भएको छ त्यो सर्वविदितै छ ।
बिजुली ननिभ्ने देश, तुइन विस्थापन, घर घरमै ग्यासको पाइपलाइन, हावा बाट बिजुली, चुच्चे थुतुनो भएको रेल, समुन्द्रमा आफ्नै पानी जहाज, कोहि भोकै मर्न नपर्ने, सबैको आफ्नै ब्यांक खाता, आदि इत्यादी सबैकुरा लेख्ने हो भने घोषणापत्र भन्दा पनि लामो बन्छ । उल्लेखित कुरा र सपनाहरु त्यति दुरुह, तिलाष्मी, जादुगरी र टाढाको सपना होइन मात्रै के हो भने महत्वाकांक्षी योजना हुन । सपना नदेख्ने नदेखाउने हरुका लागि स्वैरकल्पना मात्रै पनि हुनसक्छन । कुरा यती हो प्रधानमन्त्रीले आफुले देखेको सपना, भने, सुनाए कतिले सपना देखे भन्न सुनाउन र प्रचार गर्न आँट गरेनन के पीले सपना देखे सुनाउने हिम्मत गरे, प्रसस्त आलोचना खेपे, खप्की खाए, तर सधै भने यो उनको हिम्मत पनि हो मैले यसो भन्दा समाजमा उत्पन्न हुने तरंग उनले अनुमान गरेकै हुनुपर्छ । भन्न त सपना पुरा गर्न सपनाको फल प्राप्त गर्न सपना सार्वजनिक गर्नुहुन् भन्ने परम्परागत मान्यता छ तर यो व्यक्ति बिशेसको लागि सपना नभएकोले भनेर जानुपर्ने यसको बाध्यता हो । देखीएका सबै सपनाले फल दिदैनन, हुबहु फल प्राप्तहुने आशा राख्नु पनि हुदैन । सपनाको फल प्राप्तीको लागि कठोर साधना र मेहनतको आवश्यकता हुन्छ, धेरै पसिना बगाउनु पर्छ ।
प्रधानमन्त्रीको असंगत पक्ष र लय के भैदियो भने यिनले देखाएका महत्वाकांक्षी सपना आफ्ना बगैचामा लटरम्म फलेका काँचा फलफुल हुन् जसलाई पाकेपछि सबैलाई सजिलै बाड्न सकियोस । प्रधानमन्त्रीका सपना सबै अगतिला र उडन्ते छैनन् केवल प्रस्तुति, अतिरंजनापूर्ण,हल्काफुल्का र जोकरको प्रस्तुति झैँ मात्रै बन्यो जग हसाउने कुरा र सार्वजनिक खपतको बिषय मात्रै देखियो । हुनुपर्थ्यो हरेक सपना र कार्यक्रम योजना आयोग मार्फत निश्चित उदेश्य भिजन र टायमको फ्रेमवर्क भित्र पारेर विषय विज्ञको राय र परामर्शमा राखिनु पर्थ्यो तर यहाँ जतिबेला मन लाग्यो त्यतिबेला जहाँ पायो त्यहि हल्काफुल्का ढंगले बोलियो योजना आयोग बोल्नु पर्नेमा प्रधानमन्त्रीको उत्तेजना भावावेस र रहर बोलियो जसलाई सिस्टमेटिक ढंगले लैजानु पर्थ्यो । आज पनि के पीको सपना र उदेश्य पुरा गर्न सकिन्छ तर त्यसको लागि दीर्घकालीन, अल्पकालीन र मध्यकालीन योजना त् तत्काल चाहिएको के हो प्राथमिकता कुन कुरालाई दिनुपर्ने हो ? समन्वय सरकारले कसरी गर्ने हो त्यतातिर ध्यान दिने सके के पी ओलीले पाउने समर्थन तत्काल गुमाउनु पर्ने स्थिति छैन ।
चुनाब जितेर आएको पार्टी अर्को चुनाव फेरी लड्नुपर्छ भन्ने तयारीबाट भाग्दैन । विपक्षीले पनि सरकार परिवर्तन अर्को चुनाब बाटगर्ने हो अहिले सडक बाट होइन । सरकारलाई निरन्तर पल पल खबरदारी चाहिन्छ बलियो सरकार भएकोले पेलपाल गर्ने मनोविज्ञान पनि हुन्छ त्यो प्रवृतिका बिरुद्द सडकका सबै आवाज एकठाउँमा उभिएर सरकारलाई दबाब दिनु चै उत्तम लोकतान्त्रिक संस्कार हुनेछ अहिलेलाई केपी प्रति समर्थन, खबरदारी र आलोचना संगसगै लानु बान्छनीय यथार्थ हो मेरो समर्थन ओलीलाई । कतिपय सन्दर्भ र पक्षमा ओलीका बिबसता र अप्ठ्यारो पनि बुझिदिनु पर्ने हुन्छ पार्टी नै ब्यबस्थित गर्न सकेका छैनन्, पार्टी कमिटीहरु एक बर्ष देखि नेतृत्व बिहिन छन् तसर्थ एक वर्ष उनको समय त्यतिकै व्यतित भएको छ तर अबका दिनमा भने उनलाई कुनै पनि सदासयता र छूट मिल्ने छैन । कुनै बहानाबाजी र अवसर उपलब्ध हुदैन ताकी जनताले विचार गर्न सकुन अब पनि ओली सुध्रेनन आफ्नो टिम सुधारेनन् र आफुलाई देशकै अभिभावकको दर्जामा उभ्याएनन भने राजनीति थुप्रै सम्भावनाको खेल हो कल्पित, अकल्पित सम्भावनाको अभ्यास यहाभित्र सदैव चल्छ त्यो हेक्का सम्माननीय प्रधानमन्त्रीले राखून देसको भलो हुनेछ ।

