डा. सन्दुक रुइतलाई डेंगु संक्रमण भएपछि अस्पताल भर्ना

वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई डेंगुको संक्रमण भएको छ। उनलाई हाल थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको उनी निकट स्रोतबात थाहा भएको छ।
उनी ३ दिनदेखि अस्पतालमा छन्। उनका परिवारका अन्य ३ जनालाई पनि डेंगु संक्रमण भएको छ।
तिलगंगा आँखा केन्द्रका निर्देशक डा. रुइत सरल र कम लागतमा मोतिबिन्दुको चिकित्सापद्धति ‘रुइतेक्टोमी’का सुरुवातकर्ता हुन्। सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाएका उनले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरिसकेका छन्।
अस्पताल भर्ना भए पनि रुइतको स्वास्थ्य अवस्था’bout विस्तृत जानकारी नभइसकेको स्रोतले बताएको छ।
पछिल्लो समय देशभरमा डेंगु संक्रमण हुने दर बढेको छ। वैशाखदेखि फैलिएको डेंगुबाट ४८ भन्दा बढी जिल्लामा ५ हजारभन्दा धेरै संक्रमित भइसकेका छन्।
अघिल्लो हप्ता कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल पनि डेंगुको संक्रमणमा परेपछि ग्रान्डी इन्टरनेसनल हस्पिटलमा भर्ना भएका थिए।
