गगनले प्रधानमन्त्रीलाई किन भने ‘बा आराम गर्नुस’

गगन थापाले अस्ति संसदमा जे बोले त्यो ओली कमरेडको हकमा मात्र सिमित र प्रहार थिएन होइन त्यो त प्रतीकात्मक प्रहार पनि हो आफ्नो पार्टीका नेता प्रतिको व्यंग र समस्त बुढा असक्त र कमजोर नेतृत्व क्षमता भएका तर सक्रिय राजनीतिमा आजीवन बसिरहन चाहने नेताहरुप्रतिको आक्रोश र वितृष्णा पनि मुखरित भएको हो । आफै भित्रको कुण्ठा आक्रोश र पीडा पोखिएको हो । आफुले पनि गर्न नसकेको आफना पार्टीका बाहरुलाई विश्राम गराउन नसकेको सग्लो अभिव्यक्ति पनि हो ।

अक्सर गगन थापा बोल्दा संसद ठाडो कान लगाएर सतर्कतापूर्वक सुन्ने गर्छ । संसदमा सुन्न लायक भाषण गर्ने पात्रहरु थोरै मध्येका दुई पात्र हुन् विपक्षी पार्टीका तर्फबाट प्रदिप गिरी र गगन थापा । यदि गगन र प्रदिप कांग्रेसको तर्फबाट संसदमा प्रतिनिधित्व नगर्दा हुन त कांग्रेसको वाक्य पुरै बसेको स्थिति हुन्थ्यो, बाणी विहिन कांग्रेस उसै त दुब्लो उपस्थिति त्यसमाथि वक्य बसेको कांग्रेस कल्पना गर्दा पनि कांग्रेसजन झसङ्ग झस्कदा हुन । आफ्नो उपस्थिति हाजिर गर्न मात्र, भत्ता थाप्न मात्र भएको अनुमान र कल्पना हुदो हो संसदमा  । कम्तिमा यी दुई पात्र सांसदले कांग्रेसको तर्फबाट पाएको छ र कांग्रेस पनि संसदमा छ है भन्ने भान हुन्छ । धन्न गगन र प्रदिप छन्  थोरै भए पनि कांग्रेसको नाक जोगिएको छ कहिलेकाहीँ ।

प्रसंसा संगसगै गगनलाई पनि आलोचना गरिएको धेरै सुनिन्छ । बाख्रा पालनको घोटाला, त्रि चन्द्रमा स्ववियुमा भ्रस्टाचार मासु पसलको कथा, कुमार घैटे काण्ड, हिन्दुधर्म बेचिखाएको जस्ता संगीन आरोप र लान्छनाहरु पनि छन्  त्यसको जबाफ र खण्डन बारम्बार आएको पनि पाइन्छ  लान्छना लाग्नु र प्रमाणित हुनु बेगल कुरा हुन् तथापि आशालाग्दा पात्रको रुपमा विपक्षी पनि यिनको खुविप्रति मोहित छन् । इर्स्या गरेको सुनेको छु धेरै पटक यिनको हाइटको । यस पटक पनि गगन संसदमा गर्जेनन मात्र ? एउटा संदेश समेत प्रवाहित गरे, देसलाई नै गम्भीर भएर सोच्न, मनन गर्न र विषयको गाम्भीर्यता बुझ्न आग्रह गरे, मानवीय संवेदना र मानवतावादी धर्मको कुरा गरे भलै उनको मानवतावाद भित्र कहिकतै राजनीतिको गन्ध नै किन नहोस ।

गगन बाणीलाई चुनौती दिएर लेख्ने बोल्ने र प्रतिवाद गर्ने थुप्रै थिए छन् तर त्यो प्रतिवाद केवल प्रतिवादको लागि थियो, छ । पार्टी धर्मको लागि थियो । नेकपाका कार्यकर्ता नेता हुनु र अनुशासनको दाम्लोले बाँधेको कारण थियो । भित्री हृदय देखिको समर्थन किमार्थ थिएन कारण यतिबेला प्रधानमन्त्रीको स्वास्थ्यस्थिति जटिल र गम्भीर नै हो भन्ने कुराबाट कोही अनविज्ञ छैन हाम्रो बा बिरामी भएको भए बा आराम गर्नुस, धपेडी नगर्नुस, पिडा कम गर्नुस कुन छोराछोरीको आग्रह र चिन्ता हुदैन थ्यो होला । बिरामी रोगी अशक्त बाबुको आरोग्यता नचाहने सन्तान कमै हुन्छन यसर्थ रोगी नेताहरु कारण देसको  बिकास रफ्तारमा व्यवधान आएको कुरा नस्वीकार्ने नेकपा नेता कार्यकर्ता सुभचिन्तक र बुद्दिजीवी को होलान र ? बुढा नेता र आउटडेटेड पर्सनालिटी भएका नेताहरुको कारण यूवा पुस्तामा नेतृत्व नआइपुगेको तथ्य कुन पार्टी र तिनका यूवा नेताहरुलाई चित्त बुझेको छ र ? बुढा पुस्ताको कारण आफ्नो उर्जाशील समय देशको कार्यकारी निकायहरुमा दिन नपाएको अवस्था धेरै तरुण नेताहरुको साझा समस्या हो ।

पाका र क्रान्ति, परिवर्तनका नेतृत्व गरेका नेताहरुको बिश्राम नचाहने नेताहरु सबै पार्टीमा कमै होलान । हालका पर्यटन मंत्री नेकपाका यूवा नेता योगेश भट्टराईले ओली कमरेडले विश्राम लिनुपर्छ भनेर दुई वर्ष अघि नै जोडदार रुपमा उठाएका हुन् । अध्यक्ष कमरेडको कम्जोर स्वाथ्यलाई इंगित गरेर नै त्यो बोलिएको थियो । गगन थापाले अस्ति संसदमा जे बोले त्यो ओली कमरेडको हकमा मात्र सिमित र प्रहार थिएन होइन त्यो त प्रतीकात्मक प्रहार पनि हो आफ्नो पार्टीका नेता प्रतिको व्यंग र समस्त बुढा असक्त र कमजोर नेतृत्व क्षमता भएका तर सक्रिय राजनीतिमा आजीवन बसिरहन चाहने नेताहरुप्रतिको आक्रोश र वितृष्णा पनि मुखरित भएको हो । आफै भित्रको कुण्ठा आक्रोश र पीडा पोखिएको हो । आफुले पनि गर्न नसकेको आफना पार्टीका बाहरुलाई विश्राम गराउन नसकेको सग्लो अभिव्यक्ति पनि हो ।

संसदमा प्रधानमन्त्रीलाई सम्बोधन गरेर विश्राम गर्नुस भन्नुको सिधा मतलव र अभिप्राय भनेर मात्रै बुझ्नु हुन्न तर नेकपाका अधिकांस नेताहरुले त्यो अर्थमा मात्र बुझेको देखियो । अरु पार्टीका नेता, कार्यकर्ताले पनि प्रधानमन्त्रीलाई क्या स्वादले भने है भनेर हल्काफुल्का टिप्पणी गरेको सुनियो तर गगनले प्रधानमन्त्री मार्फत सबै दलका अशक्त नेताहरुलाई बा को बिम्ब र प्रतिक बनाएर आराम गर्न सुझाएका हुन् । पद ओगटेर नबस्न बाटो छोडिदिन सबै रोगी पितृ र पदले आजन्म नअघाउने नेताहरुलाई स्मरण गराएका हुन् । ब्यक्ती के पी ओली र पार्टी नेकपाको आलोचना मात्र भनेर नबुझ्दा कसैलाई पनि अप्ठ्यारो पर्दैन । प्रधानमन्त्रीलाई मात्रै भनेको होइन यसको प्रतीकात्मक अर्थ खोज्नु र केलाएर बुझ्नु आवश्यक हुन्छ । प्रधानमन्त्री ओलीको विश्रामको अर्थ माधव, झलनाथ या प्रचण्डको सक्रियता कार्यकारी अभ्यासमा प्रश्रय हो भनेर किन्तु परन्तु भनेर बुझ्न र सुझ्न बेठिक हुनेछ । त्यता नेकपमा नयाँ पुस्ता यता कांग्रेस लगायत दलमा नयाँ पुस्ता समग्रमा देसका सबै पर्तिस्पर्धी पार्टीमा नयाँ पुस्ता देसको नेतृत्व नयाँ पुस्ताको काँधमा भनेर उनको अन्तर्य बोलेको हो, देशले खोजेको सत्य प्रकट भएको हो।

हुन त तत्कालिन एमालेको पार्टी अधिवेशनमा नै माधवकुमार नेपाल लगायतको समुहले बिरामी र रोगी अध्यक्षले देश र पार्टी चलाउन सक्नु हुन्न उहाँले अब आराम गर्ने हो, पार्टीको अभिभावक बन्ने हो कार्यकारी अभ्यासमा दिलचस्पी नराख्दा ठिक हुन्छ भनेर जेहाद नै छेडेका थिए तर त्यसको प्रतिवाद ओलीले आफू कुस्ती खेल्न, म्याराथन दौडन र बक्सिंग खेल्न रिंग भित्र छिर्न जान लागेको होइन पार्टी चलाउन वुद्दी र विवेकको तराजु जोख्न जान लागेको भनेर तीव्र रोष सहित आफ्ना आन्तरिक पार्टी भित्रका प्रतिस्पर्धीहरुलाई जबाफ फर्काउनु भएको थियो । त्यहि जबाफको तागत नै भन्नुपर्छ पार्टी अध्यक्षमा ओली कमरेडको पासा पल्टिएको थियो । फलत उहाँले पार्टीको बागडोर समाल्न पाउनु पनि भयो । विर्सन नहुने कुरा के हो भने आफ्नो आयू धेरै लामो नभएको र नाफाको जिन्दगी भएकोले आफुले छोटो समयमा धेरै कुरा गर्ने र असल काम गर्ने प्रतिवद्दता व्यक्त गर्नु भएको थियो, पार्टीको चुनाव जिते लगत्तै  ।

धेरैको सहानुभूति पनि पाउनु भएको थियो देश नै स्तब्ध बनाउन सफल हुनु भएको थियो । आफ्नो आयू कम भएको दिन घट्दै गएको भनेर धेरैतिरको मनमा संवेदना भरिएको थियो । तर अहिले समय बदलियो प्रधानमन्त्री अजम्बरी बुटी खाए झैँ बोल्नु हुन्छ त्यो उहाँको आत्मविश्वास हो यथार्थ होइन । मन र अतृप्त चाह प्रकट भएको हो शरीर बोलेको होइन । १२ वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको शरीरले आज अर्काको मृगौला नचिनेर समस्या हुदै गरेको, बारम्बार समस्या निम्तिन थालेको उहाको शरीरबाट अब धेरै कामको अपेक्षा गर्नु पनि हुन्न । उहाँ गल्नु भएको छ । रोगले भित्र भित्रै गालेको छ जसको उदाहरण हो उपचार गरेर आएको दस दिन भित्र पुन सिंगापुर जानु पर्यो र १६ दिन सम्म मुलुक बाहिर उपचार गरेर बस्नु पर्यो । पहिलेका प्रधानमन्त्री भन्दा पनि प्रधानमन्त्रीमा कार्यबोझ अरु थपिएको छ, अरुतिरका अधिकार पनि कटौती गरेर प्रधानमन्त्री पदलाई अरु थप अनावश्यक जिम्वेवारीको गाह्रौ भारी बोक्न उक्साइएको छ जसले गर्दा प्रधानमन्त्रीलाई थप व्यस्तता र धपेडी बढेको छ यस्तो बेला प्रधानमन्त्रीलाई जोताउनु पाप हुन जान्छ ।

अधिक कार्यभार  शरीर र दिमागको क्षमता भन्दा बढी बोझ भयो, बोकाइयो भने दुर्घटना निम्तिने खतरा सामान्य भन्दा धेरै रहन्छ । दुखद दुर्घटना देख्ने रहर नेपाल र नेपालिको आदत होइन । बिरामी, रोगी अशक्त वृद्द गोरु राँगा, पशु ,जोत्न, गधा र खच्चर लाई भारी बोकाउन त पाप धर्मको ख्याल गरेर हामी काममा लगाउदैनौ भने दीर्घरोगी प्रधानमन्त्रीलाई मानवियता भुलेर काममा जोताउदा पाप धर्मको हेक्का किन नराख्ने ? तसर्थ ससम्मान प्रधानमन्त्री ओलीलाई विश्राम दिने वातावरण सिर्जना गर्नुपर्छ । गगन थापाले भने झैँ प्रधानमन्त्री मान्छे भएको विर्सन हुदैन । प्रधानमन्त्री मेशिन र कलपुर्जा होइन । मेशिन पनि बिग्रेको भयो भने त्यसको कार्यक्षमतामा कमि आउछ झन् मान्छेको बिग्रेको शरीरलाई कति दुख र कस्ट दिने ? आराम गरेर स्वास्थ्य लाभ गर्ने बेलामा बारीमा घाँस काटन बुबा हिड्नु भयो भने असल छोराछोरीले हँसिया खोसेर, थर्काएर, घुर्क्याएर, फकाएर, फुर्क्याएर, जसरी हुन्छ बुबालाई कस्ट दिन बाट रोक्छन । सक्छु जस्तो लाग्नु र साच्चिकै काम गर्न सक्नु नितान्त फरक कुरा हुन् । असल र कर्तव्य निस्ठ छोराछोरी नेकपा भित्र छन् छैनन् यो पनि परीक्षा हो । त्रिसंकु संसद नभएकोले अस्थिरता र अंकगणितको जोड घटाउमा संसद रुमलिनु पर्ने स्थिति छैन । संसदमा आफ्नै हुती र बुतामा अविश्वासको प्रस्ताव समेत राख्न सक्ने हैसियत नभएको विपक्षी देखाएर अस्थिरता आउछ भन्ने ठाउ समेत छैन । किन र कोसँग डराउनु पर्छ र पार्टीको आन्तरिक शक्ति सन्तुलन मिलाए भै हाल्यो ।

केही नेताको स्वार्थ र उहाकै आफ्नो सत्ता मोहको लागि भन्दा बढी फाइदाजनक उहाको सत्ता यात्राले अरुलाई स्वयं नेकपालाई, देशलाई हितकारी नहुन सक्ने सम्भावना र यथेस्ट संकेतहरु आइसकेका छन् । बिपक्षीको आलोचना र बिरोधको के कुरा उहाकै पार्टीका नेताकार्यकर्ता पार्टीलाई चुनाव जिताउन बाहेक अरु उपलब्धि ओलीले हासिल गर्न नसकेको बताउछन । पार्टीलाई चुनाव जिताउनु भयो दुई तिहाईको एकदम सन्निकट पुर्याउनु भयो, दुई पार्टी एक गराउनु भयो तर नेताको नैतिकता जिताउन सक्नु भएन, सिद्दान्त हराएर पार्टी जिताएको धेरैको विश्लेषण छ । माओवादीको कुनै सिद्दान्त छैन भनेर सधै माओवादीको बर्खिलापमा उत्रने ओली सरलाई सैद्दान्तिक एकता र नीतिगत जीत भन्ने आधार र ग्राउनड पनि छैन । कार्यकर्तामा पलायन भएको जाँगरमा उत्साह भर्न सक्नु भएको छैन । नैतिक ह्रासबाट पार्टीलाई नैतिक उन्नतिको बाटोमा लान सक्नु भएको छैन ।

१४ वर्ष जेल बसेको त्यागको बदला दुई दुई पटक प्रधानमन्त्री आफु हुदा आफु संगै १४ वर्ष उही केसमा उस्तैगरी, उत्तिकै अबधी जेल बसेको पानविर विश्वकर्मा लगायत नेताकार्यकर्ताले के पाए उनका सन्तान दर सन्तानको हविगत कस्तो छ प्रधानमन्त्री ओली सामु ठडिने फराकिलो आयतन बोकेको प्रश्नको जबाफ दिपक मनांगे तर्फ फर्केर दिनु पर्दा आज पनि नेकपा कार्यकर्तालाई लाज भएको हुनुपर्छ । सबैभन्दा ठुलो कुरा देशलाई जिताउन सक्नु भएको छैन ।  सिद्दान्त हारेर देशले जितेको भए प्रतिवाद गर्ने नैतिक सामर्थ्य रहन्थ्यो, त्यो पनि छैन । यत्रो सामर्थ्य र शक्ति प्राप्त हुदा जितको औकात अनुसार व्यक्तिको औकात देसले चाहे जति लिन सकेन, पाएन ।

अनुभब हिनताको कारण पनि समय लागेको हो अब सरकारले गति र लय पक्रन सक्छ भन्ने ठाउँ पनि सरकारको लागि छैन, २०५१ सालमै गृहमन्त्रालय हाँकेको देखि बिभिन्न्न काल खण्डमा मंत्री, उपप्रधानमन्त्री हुदै एक पटक प्रधानमन्त्री भै सकेको अनुभव समेत छ । पार्टी सत्तामा नगएको र सत्ता चलाउने पाका मान्छेको टिम समेत भन्ने छूट अहिले ओली सरकार र नेकपालाई छैन । आफ्ना अर्का पार्टी अध्यक्ष संगको पांच बुंदे सम्झौताको बुँदा नम्बर चारमा पनि प्रधानमन्त्री ओलीले जे लेख्न लगाउनु भयो जुन सम्झौता गर्नु भयो त्यो आफ्नो अबधि छोटो भएको अन्तर मनको स्विकारुक्ती हो भलै भौतिक रुपमा त्यो क्षति कल्पना गर्न खोजेको होइन त्यस्तो नहोस पनि । यो परिस्थितिमा सुरक्षित र नैतिक अवतरण उपयुक्त अवसर हो । अति कस्ट साध्य गरेर तारन्तार विरामी भएर विदेश गएर शासकीय जिम्वेवारी पुरा नहुन सक्छ त्यसैले पनि प्रधानमन्त्रीलाई आरामको सख्त जरुरत छ ।

 गगन थापाले भने झैँ यत्रो त्याग र तपस्या गरेको देशको लागि अतुलनीय योगदान गरेको, चौध वर्ष त जेल नै बसेको प्रधानमन्त्री ओलीको अभिभावकत्व देसलाई अझै लामो समय चाहिन्छ त्यो प्रधानमन्त्रीको रुपमा, पार्टी अध्यक्षको रुपमा नभएर देसको राजनेताको रुपमा सधै लामोकाल खण्ड सम्म रहिरहोस । अहिलेको जनअपेक्षा त्यस्तोबाट बदलिएर यस्तो भन्ने स्थितिमा आइपुग्यो । ओलीले सक्छन र केही गर्छन भन्ने जनताको अपेक्षा अब ओली विश्रामको कामना गर्ने स्थितिमा पुग्यो । अब स्वास्थ्यले धोका दिएको कारण बनाएर ओलीको विश्राम र काम गर्न प्रधानमन्त्रीको कमजोर स्वास्थ्यले साथ नदिएको भनेर जनता समक्ष गर्नुपर्ने जति काम गर्न नसकेको बहाना बनाएर लाज छोप्ने अवसर नेकपाको लागि अझै सुरक्षित छ । ओलीको ससम्मान सत्ता बहिर्गमन त्यसको तयारी गरोस नेकपाले जुन देशको हितकै लागि र नेकपा हितको लागि पनि हुनेछ । के पी ओलीको स्वेच्छिक अवकासले उहाँलाई समेत फाइदा नै पुर्याउछ एउटा नैतिक मुल्यको मानक बन्छ देशमा नयाँ ट्रेन्ड बस्छ ।

व्यक्तिगतरुपमा गगन थापाका सबै विचार र क्रियाकलाप प्रति मेरो पनि असहमति छन् तर उनले आफू ५५ वर्ष सम्म मात्र सक्रिय राजनीतिमा रहने घोसणा गरेर राजनीतिको महासागरमा उमेर हदको पनि अर्थ र महत्त्व स्थापित गर्ने जुन मान्यता अघि सारेका छन् त्यो एंगलबाट हेर्दा बा आराम गर्नुस, बालाई दुख भयो, बा धेरै हलचल नगर्नुस । धपेडी तपाईको शरीरको लागि हानिकारक छ । हाम्रो अभिभाकत्व धेरै वर्षसम्म लिनुस भन्ने आग्रहमा थोरै भए पनि नैतिक दम छ । गगनको आग्रह ओलीले सुनेनन भने घाटा ओली र नेकपालाई हुनेछ तर यहि र यस्तै विश्राम लिनुस भन्ने आग्रह यिनका पार्टीका नेतात्रय शेरबहादुर, राम चन्द्र र कृष्ण सिटौलाले सुनेनन या सुन्न चाहेनन् सुनाउन सकेनन भने सबैभन्दा ठुलो घाटा गगनको भागमा जानेछ किनकी अब लगभग बार्है बर्ष मात्रै राजनीतिमा नैतिक भएर अड़ने पोजिसन गगनको लागि सुरक्षित छ । अबको बार्ह वर्ष पछि पनि गगन राजनीतिमै रहे, बसे भने उनको राजनीतिबाट सन्यासको घोषणा फगत नैतिकता सकिएको नकचरोपन बाहेक अरु केही हुन सक्दैन उनी राजनितिको जुनसुकै उचाई उक्लेका किन नहुन ?