मण्डले ब्यक्ति हो कि प्रवृत्ति

मलाई लाग्छ मण्डले भन्ने कुनै जमानाको भुत आज फेरि यसरी बिस्तारै गणतन्त्रकालमा अर्कैको शरिरमा सरिरहेछ । मण्डल भनेको समूह हो, अँग्रेजमिा ग्रुप । त्यतीबेला राजा वा राजतन्त्रवादीले आफू समर्थक युवा विद्यार्थी संगठनको नाम नेपाल स्वतन्त्र विद्यार्थी मण्डल राखेको रहेछ । जसरी अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनलाई अखिल भनिन्थ्यो, नेपाल विद्यार्थी संघलाई नेविसंघ भनेर छोटकरीमा भनिन्थ्यो त्यसैगरी मण्डललाई चाहिं मण्डले भनिने रहेछ । त्यतीबेलाका मण्डले भनेको बिचारमा लद्दु वा जित्न नसक्ने, भौतिक आक्रमणमा ओर्लने, उनीहरुमाथी प्रहरी र प्रशासनको धाप हुने गर्दो रहेछ ।

हिजो देखि देशमा दशैंको शुभारम्भ भयो । अस्ति मात्र ज्ञानेन्द्र शाही चितवनमा कुटिए त्यसको दुई दिन अगाडी रौतहटका बिरामी रुपलाल साह रात्री बसमा आमाको काखमै सदाको लागि निदाए । त्यसबाहेक देशैभरी झरी परिरहेको छ । ठाउँठाउँमा पहिरो गइरहेको छ, पहिरोमा पुरिएर धेरै सवारी साधनहरु र मानिसहरुले ज्यान गुमाईरहेका छन् । हत्या, आत्महत्या, बलात्कार, दुर्घटना जस्ता सबै कार्यहरू यो देशमा नियमित रुपमै भइरहेको छ । सरकार अक्रामक हुनु पर्नेमा रक्षात्मक छ ।

ज्ञानेन्द्र शाहीलाई केहि समय अगाडी सम्म अन्य धेरै महानुभाव जस्तै मलाई पनि केहि थाहा थिएन । जब राज्यको प्रहरीले पश्चिमतीर कुटेर खुट्टा भाँचिदियो त्यसपछि यीनी को रहेछन् भनेर ध्यान तान्यो । त्यसपछि नेपालगञ्जमा पर्यटनमन्त्री सँगको काण्ड पछाडी कुपण्डोलमा यीनलाई लखेटियो यीनको भाषण अलिकती भएपनि हेर्नु पर्यो भनेर हेरियो । त्यसपछि अस्ति चितवनमा जब यीनको रामधुलाई गरियो त्यसपछि यीनको ’boutमा अझै सर्च गर्न मन लाग्यो । यसरी हेर्दा हेर्दै राज्यले आफ्नो बिरोधीलाई हिरो बनाईदियो । सत्ताको मुर्खता हेर, अभिव्यक्ति स्वतन्त्रता भनेर ल्याएको गणतन्त्रमा भौतिक आक्रमणमा उत्रिरहेछ । के उसले ज्ञानेन्द्र शाहीलाई बैचारिक लँडाईको लागि भुमि छोडिदिनु पर्दैन ?

ज्ञानेन्द्र शाहीको खास नाम रहेछ ज्ञान वहादुर शाही । उनलाई उनका बिरोधीहरुले भ्रष्टाचार बिरोधीको रुपमा छद्म रुप धारण गरेका राजसंस्था पुनर्सथापनाको मोटिभेटर मान्दा रहेछन् । उनको गतिविधी, खर्चवर्च र अभिव्यक्तिलाई अध्ययन गर्ने हो भने अवश्य पनि उनको पछाडी कुनै शक्तिको हात भएको आभास पाउन सकिन्छ । भारतीय राजदुतावासमा खिचिएको फोटो पनि बाहिर आएको छ, यद्यपी त्यहाँ फोटो खिचाउनु कुनै नौलो कुरा होइन । ’cause कती कार्यक्रममा त्यहाँ सर्वसाधारणलाई खुला अमामन्त्रण गरिन्छ, जस्तैः स्वतन्त्रता दिवस, बिभिन्न संगितकारहरुको सांगितीक कार्यक्रम वा अन्य अवसर । त्यतीबेला तपाई हामी जो कोहि गएतापनि राजदुतलाई अनुरोध गरेर उनी सँग उभिएर फोटो खिचाउनु ठूलो कुरा होइन ।

यदि ज्ञानेन्द्र शाही ज्ञानेन्द्र शाहकै एजेण्ट हुन् वा विदेशी दलाल हुन् भने तापनि उनीमाथी सांघातिक हमला हुनु कदापी पनि सभ्य समाजमा सह्य विषय होइन । उनी त्यहाँ पिटिए जहाँ कुनै दिन चुनावमा जिताउन कसैले मतपत्रको हालत ज्ञानेन्द्र शाहीकै जस्तो बनाइदिएको थियो । त्यतीबेला स्वयं शेर वहादुर देउवाले काँध थामेका थिए । सायद उनले अहिले बुझेका होलान् नराम्रो को परिणाम नराम्रै हुन्छ भनेर ।

उता एउटी आमाले काखमा पैंतिस वर्षिय छोरोको लाशलाई बसको सिटमा ब्ल्यांकेटले ढाकेर बोकेको दृश्यले कुन चाहिं मनुवाको आँखा रसायन होला ? उनको छोरो बिरामी रहेछन्, मृत्यु हुनु ठूलो कुरा भएन । तर, मृत्यु कसरी भयो त्यो ठूलो कुरा भयो । हुनत घटना भइसकेपछि हामी यसो गरेको भए हुन्थ्यो, उसो गरेको भए हुन्थ्यो भन्छौं । त्यसपछि केहि पनि गर्दैनौंं । बिचार गरौं त मृतक रुपलाल जस्तो रोग लागेका बिरामी उपचार गर्ने अस्पताल देशै भरी किन बनेन, किन बन्न ढिलाई भइरहेको छ ? सायद यस्तै हृदयविदारक दृश्य देखेर डा. गोबिन्द केसिले आन्दोलन गरेका थिए । अझै पनि उनी यसै अभियानमा छन् । एकातिर बिरामीले यस्तो मरण व्यहोर्नु परिरहेको छ भने अर्कोतिर मेडिकल कलेजका साहुहरु साँचो सरकारलाई जिम्मा लगाउने, मन्त्रीनै खुस्काइदिने धम्की दिइरहेका छन् । सरकार तिमी कहाँ छौ ?

देशमा दशैंको शुभारम्भ भयो । मानेपनि नमानेपनि वा संविधानमा नलेखेपनि व्यवहारमा यो देश हिन्दु राज्य नै हो । धर्म मान्नेलाई आस्तिक भनिन्छ र नमान्नेलाई नास्तिक भनिन्छ । यहाँ सबैजना आस्तिक मात्रै छन् भन्ने छैन, करोडौं मानिस नास्तिक पनि छन् । धर्म नै नमान्नु उसको व्यक्तिगत अधिकारको कुरा भयो तर धर्म नमान्ने पनि अनि पुजा पाठ गर्ने पनि चाहिँ ढोंग वा अरुको आँखामा छारो हाल्नु बाहेक केहि पनि होइन ।

हिन्दु धर्मशास्त्र अनुसार सोह्रश्राद्ध भरी कुनै पनि शुभ कार्य गरिंदैन । प्रधानमन्त्री केपी ओलीले धमाधम सिंहदरबार भित्र संसद भवन र प्रधानमन्त्री परिसर भित्र अत्याधुनिक भवन निर्माणको शुभारम्भ हिन्दु ब्राम्हण बाट मन्त्रोचरण गराएर सम्पूर्ण पाठ पूजा गरेर सम्पन्न गरे । हिन्दु धर्ममा यसरी शुभ साईत गरेपछि शुभ फल प्राप्त हुन्छ भन्ने मान्यता छ । तर, गर्नै नहुने बेलामा कसरी शुभ साईत निस्कियो ? देशमा सरकारी संयन्त्र मार्फत चल्ने पञ्चांग निर्णायक समिति भन्ने पनि छ । यसले यस्ता कुरामा केहि सल्लाह सुझाव दिंदैन वा जमरा र टिकाको मात्र साईत हेर्छ ? बरु प्रधानमन्त्रीले रिबन काटेर वा पर्दा खोलेर शुभारम्भ गरेको भए कती राम्रो सन्देश जान्थ्यो ।

अब केहि दिनमा दशैंको टिका लगाउने दिन हुन्छ । राष्ट्रपतीले सदाझैं उपराष्ट्रपती देखि सर्वसाधारण सम्मलाई टिकालगाईदिनु हुनेछ । हामीलाई थाहा छ सिद्धान्ततः कम्युनिष्टले धर्म मान्दैन । तर, नेपालको कुरा अकै छ । ठीकै पनि छ माटो सुहाउँदो सिद्धान्त अपनाउँदा सानो भइँदैन । गणतन्त्र भन्दा अगाडी पनि राजाले टिका लगाइदिन्थे । पहिलेको कुरा अर्कै थियो, चाकडी प्रथा भनिन्थ्यो । अहिले हेर्दा त्यो एउटा साँस्कृतीक पक्ष पनि हो रहेछ नी त । विश्वको आँखाले हेर्दा यो देशको रितिरिवाज माथीको उच्च सम्मान नै भइरहेको छ ।

अब त हुँदा हुँदा यसको देखासिखि गरेर उपराष्ट्रपतीले पनि टिका लगाईदिने, प्रधानमन्त्रीले पनि लगाईदिने, उपप्रधानमन्त्री देखि मन्त्री सम्मले त्यस्तै गर्ने । भुतपुर्व प्रधानमन्त्री, बिभिन्न पार्टीका नेताहरूले पनि लाईन लगाएर टिका लगाएको दृष्य टेलिभिजन, युटुब, फेसबुक, छापा पत्रिका को माध्यममा कयौं दिन सम्म देख्नु पर्दा संस्कृतीको नाममा दम्भयुक्त संस्कृती वा चाकडीयुक्त संस्कृती पनि भित्रिरहेको छ की भन्ने भान पर्नु स्वाभाविक हो । आफूलाई सम्मान गर्न आउनेलाई टिका लगाइदिने कुरा ठूलो भएन तर त्यसलाई व्यक्तिगत रुपमा घर भित्रै सिमित गर्दा के बिग्रन्छ र ?

मलाई लाग्छ मण्डले भन्ने कुनै जमानाको भुत आज फेरि यसरी बिस्तारै गणतन्त्रकालमा अर्कैको शरिरमा सरिरहेछ । मण्डल भनेको समूह हो, अँग्रेजमिा ग्रुप । त्यतीबेला राजा वा राजतन्त्रवादीले आफू समर्थक युवा विद्यार्थी संगठनको नाम नेपाल स्वतन्त्र विद्यार्थी मण्डल राखेको रहेछ । जसरी अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनलाई अखिल भनिन्थ्यो, नेपाल विद्यार्थी संघलाई नेविसंघ भनेर छोटकरीमा भनिन्थ्यो त्यसैगरी मण्डललाई चाहिं मण्डले भनिने रहेछ । त्यतीबेलाका मण्डले भनेको बिचारमा लद्दु वा जित्न नसक्ने, भौतिक आक्रमणमा ओर्लने, उनीहरुमाथी प्रहरी र प्रशासनको धाप हुने गर्दो रहेछ ।

त्यसैले त्यो बेलाको त्यो अवस्था अहिले ट्रान्सफर्मेशन भइरहेको छ । अब नेपाली शब्दकोशमा मण्डले भनेको जसले राज गरिरहेको छ बिरोधीले उसको ’boutमा नकारात्मक तरिकाले सम्बोधन गर्ने शब्द भनेर ब्याख्या गर्ने हो की ? अब ज्ञानेन्द्र शाही को बदलामा उनलाई भकुर्न पुग्ने लाई पो त्यो नामले न्वारान गर्नु पर्ने हो कि ? रुपलालको मृत्युमा रमाउनेहरूलाई पो त्यो नामले बोलाउनु पर्ने हो कि ? सत्ताको आडमा ठेक्का पट्टा ओगटेर बस्नेहरू, राजशी ठाँटले टिकाटालो गर्नेहरू, सत्ताको रसमा टन्न अघाएर असनको साँढे हुनेहरूलाई भन्नु पर्ने हो कि ? बिस्तारै यो मण्डले भन्ने शब्द नाम बाचक भन्दा पनि प्रवृत्ती बाचक भएर गइरहेको छ ।