उपचुनावमा एक, एक स्वर्णपदक नै नेकपा र कांग्रेसको उपलब्धि
आशा र उत्सुकतापूर्वक हेरिएका नविन संस्कृति र राजनीतिमा नयाँ संस्कार भनेर आएका बिभिन्न पेशा र क्षेत्रमा अब्बल र युवाहरुको आकर्षण भनिएको दुई पार्टी विवेकशील नेपाली र साझा पार्टीप्रतिको आकर्षणहीन जनमतले पुराना पार्टीमा सुधारको गुन्जायास न्यून गराएको भान हुन्छ । कारण हामी दुई पार्टी निर्वकल्प विकल्प हौ भन्ने अहमता प्रदर्शन हुन्छ र यिनीहरुको चारित्रिक भिन्नता देखिन पाइदैन आलोपालो तर पुरानै प्रवृतिबाट शासन गरिरहन्छन । आफ्नो असुरक्षित भविष्य देखेर पनि आफैमा सुधारको लागि वैकल्पिक पार्टीको उदय र डर पुराना पार्टीको लागि नितान्त जरुरी हो त्यो यसपटकको निर्वाचनमा हुन सकेन । जसको प्रत्यक्ष र अप्रत्यक्ष मार र भार नेपाली जनताले आफै बहन गर्नुपर्ने छ ।

राजनीति सजिलो छैन राजनीति गर्न, बुझ्न र सफलता पाउन राजनीतिमै लगानी गर्नुपर्छ राजनीतिलाई नै आधार र धरातल बनाउनुपर्छ । राजनीति गर्ने ,बहुदलीय प्रतिस्पर्धालाई राजनीतिको सुन्दरता मानेर प्रतिस्पर्धात्मक श्रेष्ठताको आधारमा शासन सत्तामा पुग्नुपर्छ भलै पुग्नेहरु जुनसुकै पार्टीका हुन् जुनसुकै विचारधारा र सिद्दान्त बोक्ने हुन तर प्रणाली भित्र रहेर प्रतिस्पर्धा गर्ने पद्दतिको लागि व्यवस्था परिवर्तनको लागि जेलनेल सहने, सबै किसिमका दुख भोग्नेलाई आफू पराजित हुँदा पनि आफूले विश्वास गरेको पद्दतिले जित्दा हर्ष लाग्दो रहेछ । बिध्या भट्टराईका प्रतिस्पर्धी खेमराज पौडेलको ट्विट सान्दर्भिक र प्रेरक छ उच्च संस्कारयुक्त छ ।
“ सम्झिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियो मेरो जीवन । म इमान्दार रहनेछु, कास्कीको म प्रत्येक मत अनि देशविदेशका हरेकको मायाप्रति । राजनीति जिंते, मत जितिन तर मन जिते कि जस्तो लाग्छ । विजयी नानीलाई हृदयले बधाई ! राम्रो काम गर्नु ।” संजालमा यति मात्रै लेखेनेन विद्याको जीत सुनिश्चित भए पछि अन्तिम मतपरिणाम घोषणा अघि नै खादा ओढाएर बधाई दिए र हास्दै पराजयलाई आत्मसाथ गरेर हिडे । यी वृद्दको यो चौडा छाती राजनीतिको उच्च संस्कार र पद्दति प्रतिको अगाध विश्वास र लगानीको बिम्ब हो ।
आफ्नी सानी छोरी उमेरकी राजनीतिक प्रतिद्वन्दीलाई यो हदको सम्मान गरेर बधाई दिनुले चुनाब हारेर पनि राजनीतिमा मुल्य जिते, संस्कार स्थापित गरे र मान्छेको मनमा बस्न सफल भए खेमराज पौडेल । विजित बिध्या भट्टराईले पनि विजय भाव पहिलोपटक व्यक्त गर्दा खेमराजको उच्च राजनीतिक संस्कारको प्रसंसा गरिन । आफ्ना निकटतम प्रतिद्वन्द्वीको सहृदयता लाई धन्यवाद दिँदै भावुक बनिन् । विद्याको यो सुझबुझपूर्ण अभिव्यक्ति उनको प्राज्ञिक र वौद्धिक राजनीतिकर्मी हुनुको विशेषता हो । चुनाव अघिको तिक्तता परस्परको पार्टीगत लान्छना, मनमुटाव सबै यी भनाइ यो संस्कारले भुलाउन मदत गर्छ त्यसैले भनिन्छ नि जिब्रोको गरिमा मीठो बोलीमा ।
भर्खरै समाप्त भएर परिणाम समेत आइ सकेको चुनावी संदेसको अर्थ खोजौ । यो उपचुनाव स्थानीय, प्रदेश र संघीय संसद गरी तिनै तहको र देसको धेरै भूगोल अनि ग्रामीणक्षेत्र देखि, तराई हुँदै राजनीतिक सचेत सहर सम्म फैलिएकोले यसलाई मिनी जनमत भनेर दिएको संज्ञा नाजायज छैन । उप चुनावले सत्तापक्ष र प्रमुख विपक्ष अनि सम्भावित वैकल्पिक सबै प्रकारका राजनीति गर्नेहरुको लागि संदेश दिएको छ । आधारभूत नेपाली मतदाताको नफेरिने चरित्र यस पटक पनि प्रकट भयो । दुई दलीय सिन्डिकेट अर्थात कांग्रेस कम्युनिस्ट नै एक अर्काका विकल्प हुन अरुको लागि अहिल्यै स्पेस छैन भन्ने अभिमत देखियो ।
राजनीतिको बालि केहि हिउँद र केही बर्खाले मात्र भित्र्याउन पाइदैन, सकिदैन अनवरत जनताको विश्वासको लागि काम गर्नुपर्छ भन्ने सन्देश नयाँ र सम्भावित वैकल्पिक पार्टीको लागि रह्यो ’em नेकपा र कांग्रेस बाहेक अरु जो जो क्रियाशील छन ’em हुन । आशा र उत्सुकतापूर्वक हेरिएका नविन संस्कृति र राजनीतिमा नयाँ संस्कार भनेर आएका बिभिन्न पेशा र क्षेत्रमा अब्बल र युवाहरुको आकर्षण भनिएको दुई पार्टी विवेकशील नेपाली र साझा पार्टीप्रतिको आकर्षणहीन जनमतले पुराना पार्टीमा सुधारको गुन्जायास न्यून गराएको भान हुन्छ । कारण हामी दुई पार्टी निर्वकल्प विकल्प हौ भन्ने अहमता प्रदर्शन हुन्छ र यिनीहरुको चारित्रिक भिन्नता देखिन पाइदैन आलोपालो तर पुरानै प्रवृतिबाट शासन गरिरहन्छन । आफ्नो असुरक्षित भविष्य देखेर पनि आफैमा सुधारको लागि वैकल्पिक पार्टीको उदय र डर पुराना पार्टीको लागि नितान्त जरुरी हो त्यो यसपटकको निर्वाचनमा हुन सकेन । जसको प्रत्यक्ष र अप्रत्यक्ष मार र भार नेपाली जनताले आफै बहन गर्नुपर्ने छ ।
दुई पार्टीको आलोपालो राजमा तेश्रो विकल्पको सम्भावित उदयको भयले राजनीति केहीहद सम्म सफा बन्ने स्थिति बन्थ्यो जुन यो चुनावले नाजुक बनायो तर राजनीतिमा सम्भावनाको अन्त्य हुदैन र भाग्ने, थाक्ने, विचलित हुनेको राजनीति सुखद बन्दैन त्यसैले विकल्पको दावी गर्नेहरुले स्वाबलम्बी उद्धमी परिश्रमी कार्यकर्ता नेता र समर्थक बनाउन अथक मेहनत र पसिना बगाउनु आजको राजनीतिक संदेश हो । अरु भन्दा फरक अनुशासन र सामजिक दायित्व निर्वाह गर्दै नहतारिन सम्झाएको छ । यो उपचुनावमा सत्ता पक्षको आकांक्षा र प्रतिपक्षको सपना दुवै उत्शाह्जनक रहेन ।
सामान्य हेराफेरी र एक दुई अंकको जोड घटाउ भन्दा पर परिणाम पुगेको देखिएन यद्दपि जनाभिमतले भिन्न भिन्न ठाउँमा दिएको परिणाम दुवै पक्षले गम्भीर भएर सोच्नुमा विवेचना गरेमा त्यसको राजनतिक संदेश प्राप्त गर्न सकिन्छ । कास्कीमा चुनाव जित्नु, हार्नु चितवनमा चुनाव जित्नु, हार्नु भक्तपुरमा चुनाव जित्नु हार्नु , धरानमा चुनाव जित्नुहार्नु पक्कै एकै होइनन् र हुन् सक्तैनन् । चुनावी परिणाम के हो भन्ने संदेश दिन यिनै प्रतिनिधि स्थलहरु मुख्य छन अरु अंक गणितीय जोड घटाउ सामान्य हुन् । हुन त उप चुनावको समग्र परिणामले कुनै फेरबदल, समीकरण या सत्ता उलटपुलट पार्ने हैसियत राख्दैन रिक्त स्थानमा जनप्रतिनिधिको भर्ना मात्रै हो सत्तापक्ष थप बलियो या प्रतिपक्ष कमजोर यो परिणामले पार्ने मात्रात्मक भिन्नता हुदैन तर जित हारले दिने सन्देशमा पक्कै जनचाहाना अभिव्यक्त हुन्छ ।
पार्टीहरुले लिने शिक्षा र चेतना देखिन्छ । आन्तरिक एकता र तागत भयो भने विगतको मत र जितनै सबैथोक होइन भन्ने उदाहरण धरान र भक्तपुरमा प्रकट जनमतले देखाउछ । प्रधानमन्त्रीको बासस्थान भएको जिल्ला भक्तपुर, पांच नम्बर प्रदेश प्रमुखको गृह वडा दांग, लालबाबु पण्डितको प्रभाव क्षेत्र सुनसरी, प्रचण्डको क्षेत्र चितवन आदिमा कांग्रेसले जित हाँसिल गर्नु कांग्रेसीहरुका लागि उपलब्धि हुन तर उलेख्य उपलब्धि चै विगत २०१५ साल देखि नै पराजय सामना गरेको धरानमा आफ्ना लो प्रोफायलका कार्यकर्तालाई नगर पितामा बिजय हासिल गराउनु हो । विपक्ष कांग्रेसले पाएको राहत र थुतुनो जोगाउने मौका हो । सामान्य राहत हो तर उत्कृस्ट उपलब्धि होइन । कांग्रेसले उत्कृस्ट उपलब्धि भन्न कास्कीको संघीय संसद अनि दाङ्गको प्रदेश जित्ने सामर्थ्य राख्नु पर्थ्यो । त्यो राखेन त्यसैले यो पटकको स्वर्णपदक धरान र केहिहद सम्म भक्तपुरले दिलायो अन्यन्त्र कांग्रेसको उपलब्धि लोकप्रिय मत मन बुझाउने बाटो मात्रै हो कास्यपदक नै हो स्वर्णपदक होइन ।
सुद्रिढ आन्तरिक एकताको तागत कांग्रेसले चाल पायो तर आन्तरिक एकता चुनावी मेलो र व्यस्तता भन्दा पहिल्यै गर्ने र टिकेट वितरण पनि समयमै गर्न सकेको भए परिणाम अरु उपलब्धि मुलुक आउथ्यो । सत्ताले चरम निराशा दिएको बेला पनि आफु आफूमै लडेर अस्तब्य्त कांग्रेसको उपलब्धि आशाको ठुलो भाग संचार गर्ने नभए पनि निराश नै हुनुपर्ने छैन यद्दपि कांग्रेसले आफ्नो संगठन, भगनी संघ संगठन, मूल नेतृत्वमा आमुल परिवर्तन गरेन र नेकपाले गर्ने चरम सत्ताको दुरुपयोग रोक्न सकेन भने मुश्किलले प्रमुख विपक्षी बन्ने मात्रै क्षमता राख्छ ।
हिजो ठालुहरू भनेर कांग्रेसका नेताहरुलाई भनिन्थ्यो त्यसमा सत्यता थियो पनि आज नेकपाका धेरै नेताकार्यकर्ता ठालु जमिन्दार र सामन्ती शैलीमा छन भन्दा उनकै नेता कार्यकर्ताले स्वीकार गरेको कुरा मैले भन्दा झुठ हुदैन । सत्ताले अहम, दम्भ र जनताबाट अलग गराउने प्रवृति नेकपा भित्र फैलिएको छ । जनतासंगको सम्बन्ध टाढा गराएको छ, आफू आफन्त र नजिकका मान्छेभन्दा पर दृस्टी दिन नसक्ने अवसरको समान वितरण गर्न नसक्ने परिपाटीको कारण चितवन, दाङ भक्तपुर र धरानको हारको कारण र कारक तत्व हो । नेकपालाई विश्वास लाग्ला नलाग्ला यदि विद्या भट्टराईको सट्टा अर्को उमेद्वार कास्कीमा उठाउनु परेको भए आफाफ्नै आन्तरिक द्वन्दले हार निश्चित थियो ।
आज नेकपाले जहाँ र जति जित हाँसिल गरेको छ त्यो सत्ता आफ्नो हातमा हुनु बलियो सरकार हुनुको प्रभाव, दुरुपयोग, भय र आसाको कारण पनि भएको जनताको सत्तालाई हेर्ने मनोविज्ञान पनि बुझ्नु जरुरि छ । कास्कीमा स्वर्णपदक भए पनि अन्यत्र रजत र कास्य पदकले नेकपा पहिलो भएको हो । आन्तरिक खिचलो बेमेल हुदा कस्तो असर पर्छ त्यसको हेक्का र हिसाबकिताब नेकपाले राख्न जानेन भने तीन वर्ष पछिको चुनावमा धेरै बालीनाली पाकिसक्छ । अक्सर दुवाली थुन्दा एक हुनेहरु माछा भाग लगाउदा झगडा गर्छन ।
नेकपा भित्रको झगडा अवसरको समुचित ब्यबस्थापन र वितरणको अभावमा भएको हो । तेरो र मेरो भनेर काखी च्याप्ने परम्पराले पद्दतिलाई बिस्थापित गरेको कारण जनमत नेकपाले सोचे जस्तो पाएन तर पनि हत्तपत्त धार परिवर्तन गर्न नचाहने रजिस्टर्ड जनमतको कारण सत्ताले यतिबेला जे गुमाउनु पर्थ्यो त्यो नगुमाएको सत्य हो । व्यापक असन्तुस्टी र चरम निराशा बीच पनि असन्तुस्टी विश्वास बदल्ने, विकल्पमा जाने आधार नपाउनु नेपाली मतदाताको बाध्यता भयो त्यसैले चित्त नबुझे पनि, चित्त दुखे पनि अन्ततः मत परमपरागत रुपमा रहेका पार्टी कै पेवा भएको छ । कांग्रेस कार्यकर्ता समर्थक पनि असन्तुस्ट छन् नेकपा भित्र पनि त्यस्तै असन्तुस्टी र अनेकताको गहिरो खाडल छ तर जनता असन्तुस्ट बनेर हत्तपत्त आफ्नो विश्वासको धार परिवर्तन गर्न चाहदैनन् । पुरानाले नै काम चलाउने यथास्थितिको अनुमोदन नै उपचुनावको मुख्य संदेश छ । राजनीति सजिलो छैन नयाँलाइ झन् सजिलो देखिएन ।
