हाम्लाई हेप्नी ?

कार्यकारी अधिकार दिएर पनि हैसियत नदिएको भनेर ओलीबाट प्रचण्ड हेपिएका छन् । महिला भएको कारण म हेपाईमा परे भनेर शिबमाया तुम्बाहाम्फेले सरकार र दुई तिहाईलाई हेपेर उधुम छ । उपसभामुख छोड्न हेपाई कै कारण मानिरहेकी छैनन् । सभामुख तुम्बाहाम्फेलाई कुनैपनि हालतमा सभामुख हुन् नदिन सुवास  नेम्बाङ्गले पर्दाभित्र खेल्दैछन, हेप्दैछन । कांग्रेसमा देउवाले बिधान मिचेर नै रामचन्द्रलाई हेपेको बदला पार्टी सभापतिहरुको भेलाबाट पौडेलले देउवालाई हेपेर दिएका छन् ।

 

मान्छेले, मान्छेलाई  । मान्छेले अरु प्राणीलाई अरु प्राणीले आफू भन्दा कम्जोर र निर्धोलाई हेप्न थालेको आफूलाई बलियो र शक्तिशाली सम्झन थालेको बेलादेखि नै हो । शक्तीमा र शक्तिशाली हुने होड प्राणीमा विकास भएको चेतना पलाएको देखि नै हो । बलियोले कमजोरलाई हेप्ने, चेप्ने, दबाउने,  शोषण गर्ने आफ्नो काबु र प्रभावमा राख्ने चलन आज पनि उत्तिकै देखिन्छ । जति विगतमा थियो । नयाँ, नयाँ आयाम, फरक, फरक अबधारणामा शोषण दमन र उत्पीडनको चक्र चलेको चलेकै छ । हेप्ने हिपिने क्रम उपक्रम निरन्तर छ ।

अरु प्राणी चेतनशील नभएको हुनाले तिनलाई काबूमा राख्न खासै नियम त पाइन्न तर प्राणी अधिकारको नाममा अबोध पशुलाई पनि अत्याचार गर्न हुदैन, दुख दिनु हुदैन भन्ने मानवतावादी भाव पनि अस्तित्वमा छ ।यसको अर्थ हो अनाहकमा हेप्न कसैले कसैलाई पाइदैन । यद्दपि मान्छेले मान्छेलाई हेप्न आज पनि छाडेको छैन । बिभिन्न बहाना, नौला नौला निहुँमा मान्छे मान्छेलाई हेप्छ, देसले,देशलाई हेप्छ । भर्खरै इराकले अमेरिका र अमेरिकाले इराकलाई हेपेको र संसार  तेश्रो विश्वयुद्धको भय र आतंकले त्रशित छ । इराकले अमेरिकी दादागिरीलाई जबाफ दिएको र अमेरिकाको पनि इराक ध्वस्त पार्ने योजना एकले अर्कालाई हेप्ने प्रवृतिको घातक र बिनासक रुप हो । यसैबीच रुस चीन जस्ता शक्तिशाली रास्ट्रहरु कसको पक्ष लिने र कसको विपक्षमा बस्ने भन्ने निर्णय पनि कसै न कसैलाई हेप्ने नियतकै शैली हो । त्यसैले हेप्ने चलन संसार भर बिभिन्न रुप र ढंगमा चलेको छ । एक अर्धनग्न फकिर भनेर गान्धीलाई चर्चिलले हेपे अन्तत: गान्धीजीको सत्याग्रहले अंग्रेज सामराज्य शक्तिहीन बनेर भारतबाट लखेटिनु पर्यो । अत कसैले कसैलाई हेप्नु ठिक छैन आ आफ्नो सामर्थ्य र ल्याकतका हतियारले सबै सुसज्जित हुन्छन ।

 ठूलो माछाले सानो माछालाई खाने, जसको शक्ति उसैको भक्ति, जसको पाखुरी उसैको लाकुरी जस्ता उखान बनेका पनि हेप्ने ,दबाउने र आफूभन्दा तल राख्ने मानवीय ब्यबहारको कारण बनेको हो / छन । हेपाई शक्तिसंग जोडिएको शक्ति र  अहंकारको रुप हो । अत्याधुनिक समाजमा एकले अर्कोलाई तह लगाउन संबिधान ऐन र नियमको डोरी बाटिएको हुन्छ । सोहि डोरी र बन्धनको आधारमा मान्छेले नियम कानुनको घेरा भित्र रहनु, बस्नु पर्छ । यस्तै नियम कानुनको घेरामा नागरिक बसेनन्, देशका पार्टी रहेनन् भनेर हाम्रा सरकारका प्रबक्ता तथा संचार मन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलनमा हेप्नी भनेर प्रयोग गरेको शब्द आज हरकोहीको मुखमा झुण्डिएको छ ।

सरकारका प्रबक्ता गोकुल बास्कोटाको हेप्नी भन्ने शैलीलाई चर्चित हास्यब्यंग  कलाकार मनोज गजुरेलले आफ्नो कार्यकर्म सिस्नो पानीको देउसी कार्यक्रममा कलामा रुपान्तरण गरे तब हेप्निको मार्केट अच्चमैसँग फैलियो । यसको चर्चाको तरंग व्यापक बन्यो र सबैको मुखमा सबै सामाजिक संजालमा हेप्नीले भाउ पायो, बजार पिट्यो । अहिले सरकालाई सामाजिक संजाल मार्फत हेपे भनेर सूचना प्रबधि बिधेयक आएको छ जसले आम सार्वजनिक संचार माध्यम चलाउने सार्वजनिक संजालको भित्तो भर्नेहरू आतंकित छन कारण सार्वजनिक संजालमा लेखेको निहुँमा व्यक्ति बलात्कार गरेको भन्दा बढी सजाय र कानुनको फन्दामा कसिने नियम उक्त विधेयकमा भएको विज्ञको जिकिर छ अझ अधिबक्ता भीमार्जुन आचार्य यो विधेयकले व्यक्तिलाई आजीवन जेलमा राख्ने नियत बोकेको तर्क गर्छन ।

लोकतन्त्रमा निर्वाध वाक स्वतन्त्रताको कुरा सर्व स्वीकार्य मानिन्छ तर सरकार आफ्नो आलोचनालाई आफूलाई हेपेको सम्झेर निर्वाध रुपमा बोल्ने, लेख्ने  आलोचकको मुख थुनिदिने अलोकतान्त्रिक विधिको डण्डा र कानुनको भय तर्साएर देखाउदै छ । नागरिक पनि लोकतान्त्रिक हक र संबैधानिक अधिकार कुण्ठित गराउने गरि जनता जनार्दनलाई हेपेको भनेर तीव्र आक्रोशको ज्वाला सरकार बिरुद्द निकाली रहेछन ।

यसैक्रममा प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले माइतीघर मण्डलामा नेबिसंघद्वारा आयोजित बिरोध सभामा हामीलाई हेप्नी भनेर सरकारको बिरुद्द बुलन्द कटाक्ष गरे ।  हाम्लाई हेप्नी ? सूचना बिधेयक नपढी आयो, नबुझी बिरोध भयो भनेर सरकारका प्रबक्ताले भनेकोमा अत्यन्त रोष प्रकट गर्दै गगन गर्जिए सो विधेयकको दफा दफा अनुच्छेद र वाक्य सब्द सब्द केलाएका छौ हामीलाई के सोचेका छौ बहस कहाँ बसेर गर्ने भन्दै गर्जन  गरेको अहिले पुन् हाम्लाई हेप्नी शीर्षकमा प्राय संचार माध्यम र सामाजिक संजालमा भाइरल बनेको छ । कलाकार मनोज गजुरेलको कलामा संचारमन्त्री बास्तोलाको हाउभाउ र हेप्नी भाइरल बनेपछि अहिले गगनको हेप्नी उच्चारण सहितको बोलीले संजालमा आलोचना र समर्थनको लागि मजबूत स्थान पाएको छ ।

 एकले अर्कालाई हेपेकोमा हेप्नी भन्ने शब्दले भाइरल बन्ने अवसर प्राप्त गर्यो । हेप्न चाही नागरिकले सरकारलाई हेपेकै हुन् कारण सरकार हेप्न लायक भयो प्रसंसा गर्न लायक भएन । नागरिकले हेपेकोमा सरकार रिसायो र जनता र पत्रकारलाई संचार मन्त्रीले हेपे सोहि हेपाई कलाकार मनोज गजुरेलको व्यंग चेतमा पर्यो र उनले संचार मन्त्री अभिनय गरेर उनलाई र सरकारलाई हेपे । दमदार प्रस्तुति दिए ।

हेप्नीको शृंखला अहिले एकपछि अर्को गर्दै अविरल आइरहेछ । घुष मागेर दुर्गा पर्साईलाई चिकित्सा शिक्षा आयोगका अध्यक्ष श्रीकृष्ण गिरीले हेपे । गिरीले बदनाम गरे भनेर पर्साईले हेपेको भन्दैछन । धेरै अघि देखि प्रतिपक्षले भन्दा बढी भीम रावलले सरकारलाई हेपेको हुनाले बालुवाटारबाट मार्ने धम्की सहित रावललाई हेपेको खबर सार्वजनिक भएको छ । प्रकृतिको दोहन भयो भनेर वातावरण संरक्षणको पक्षमा बोल्दा टिपरले कुल्चेर दिलिप महतोलाई धनुषामा प्रकृतिका दोहनकर्ताले हेपे ।

कार्यकारी अधिकार दिएर पनि हैसियत नदिएको भनेर ओलीबाट प्रचण्ड हेपिएका छन् । महिला भएको कारण म हेपाईमा परे भनेर शिबमाया तुम्बाहाम्फेले सरकार र दुई तिहाईलाई हेपेर उधुम छ । उपसभामुख छोड्न हेपाई कै कारण मानिरहेकी छैनन् । सभामुख तुम्बाहाम्फेलाई कुनैपनि हालतमा सभामुख हुन् नदिन सुवास  नेम्बाङ्गले पर्दाभित्र खेल्दैछन, हेप्दैछन । कांग्रेसमा देउवाले बिधान मिचेर नै रामचन्द्रलाई हेपेको बदला पार्टी सभापतिहरुको भेलाबाट पौडेलले देउवालाई हेपेर दिएका छन् ।

अमेरिकाले ५६ अरब रुपियाँ शर्त सहित दियो, खुरुक्क दिनुपर्ने किन अनेकन शर्त ज्ञात र अज्ञात कारण देखाएर हामीलाई हेप्यो । एमसीसी बिबादमा पनि नेकपा विभाजित छ, सभामुख कसको भागमा राख्ने भनेर पनि अन्तरद्वन्द्वमा छ यो सब एकले अर्को पक्षलाई हेपेको कारण भएको हो । भारतीयहरुले हामीलाई हेपे भनेर हामी कहिलेकाही चित्त दुखाउछौ, मौसमी रास्ट्रवाद घन्काउँदै चर्का कुरा गर्छौ तर यो पटक हामीलाई चिनियाँ राजदूतले पनि पढाइन, सल्लाहा दिइन् तर खै किन हाम्रो रास्ट्रवाद उम्लेन । एमसीसीमा विवाद गर्नु पर्दैन लिए हुन्छ भनेर सम्झाइन राजनीतिक पार्टीलाई यो चित्त बुझ्यो कोही बेलेनेन तर मलाई यी भद्र छिमेकि रास्ट्र कि दूतले भने अब हेप्न थालिन जस्तो लाग्यो । चीनले हामीलाई खासै डाइरेक्ट पढाएको थाहा छैन तर यो पटक राजदूत यांछिले दलहरु अमेरिकन सहयोग लिने नलिने विवादमा परेकोबेला हस्तक्षेप नभनेर नै हस्तक्षेप बोलिन् । यो सब हाम्रा कारण हेप्न सम्भव भएको हो । उताकाले हेप्दा दिक्क भएकालाई यताकाले हेप्दा आनन्द पो भएको छ कि ? आम सर्वसाधारण नेपाली जसमा रास्ट्रवादी चेत छ जसले ( भारत चिन) हेपे पनि चित्त दुख्छ ।  जो पनि हाम्लाई हेप्नी ? हामी हाम्रो ठाउँमा बस्न नसकेकोले पनि हामीलाई सबैले हेप्न थाले । बिधि थिति स्वाभिमान र मर्यादामा बसे कसैले हेप्न सक्दैनन् ।

दुख, खेद र विष्मय यस मानेमा लाग्यो सत्ताधारी पार्टीका नेता प्रखर राष्ट्रवादी भीम रावललाई सत्ताधारी पार्टीका कार्यकर्ताले मुकुन्देको स्तरमा राखेर बालुवाटारमा बसेर हेप्न थाले अरुलाई बाँकी राख्लान र ? हेप्नको पनि हद हुन्छ नि यार ? कति हेप्ने ? जो पनि जसलाई पनि हेप्ने ? प्रदेस नम्बर तीनका संसदले जनताको भावनालाई हेपे तिनलाई तिनका मालिकले हेपे र नाकामा नथ्थी लगाएर ताने । संघीयता भनेको जनभावना र विकेन्द्रीकरण होइन नेता भावना र तिनका स्वार्थ हो भन्ने कुरा प्रदेस नम्बर तीनका तीन जना अडम्यान बाहेक सबैले मज्जाले बुझे । जनताको भावना र संघीयताको मर्म भुल्नेलाई जनताले एकदिन कसो नहेप्लान बदला नलेलान ? हाम्लाई हेप्नी ?