सुन कै पलङमा सुते पनि निँद हराएपछि चैन होला र ?

भ्रस्टाचारको बिकेन्दृकरण भनेको अनिन्द्रा र बेचैनीको समानुपातिक वितरण हो । अधिकारको समुचित बितरण कर्तव्यबोधको भाव होइन सिमित ब्यक्ति र बर्गले राज्यको साधन र श्रोतमा कब्जा जमाएर मुलुकलाई ननिदाउनेहरुको बस्तीमा परिणत गराउने सिलसिलेवार राजनिति चल्दैछ । जनता भोकभोकै गुन्द्री ओछ्याएर खाली भुइँमा ढुंगाको शिरानी राखेर मस्त निदाउन सक्छन् तर नेता सुनको पलङमा अनिँदो रात काटन विवस छन ।
जिन्दगीमा चैन र आरामको महत्त्व कति हुन्छ भन्ने कुरा निँद हराएका र चैन खोसिएका मान्छेहरुलाई सोध्दा थाहा हुन्छ । वषौ पहिलेको कुरा हो मेरा एक समकालीन आफन्त थिए जो हत्तपत्त निदाउदैन थिए , भनौ उनलाई निन्द्रा पर्दैनथ्यो । म मस्त निदाउथे उनी मेरो निन्द्राको मीठो ईष्र्या गर्थे । उनको निन्द्रा हराएको कुनै रोग विशेषको कारण थियो । आजकल उनी निदाउछ्न औसधिले काम गर्यो । त्यतिबेला उनको गुनासो थियो , एक दिन भए पनि मस्त निदाउन पाए कस्तो न हुन्थ्यो भन्ने कुरा सुन्दा म आफूलाई भाग्यमानी सम्झन्थे । र आज पनि सम्झन्छु किनकि असाध्यै अप्ठ्यारो , खाल्डाखुल्डी भएको सडकमा समेत गाडी चढदा मस्त निदाउने मेरो बानी छ । म निदाउने क्रममा अत्यन्तै भाग्यमानी मान्छे हुँ ।
त्यतीबेलैको कुरा हो मेरो निन्द्रा देखेर अर्का एक आफन्त मलाई धेरै सुत्छ भनेर जतिबेला पनि गाली गर्थे र मेरो सुतुवा बानीको आलोचना गर्थे । म उनलाई मेरा ती निन्द्रा नपर्ने अर्का आफन्त देखाएर भन्थे उनलाई निदाउन भन्नुस , निन्द्रा आउनु मेरो प्राकृतिक कुरा हो तर निन्द्रा गायब हुनु उनको अप्राकृतिक कुरा हो । म निन्द्रा परुन्जेल निदाउछु मलाई गाली नगर्नुस मेरो यो वरदान हो । आज म मेरा ती आफन्त सम्झेर निन्द्रा नआउने मान्छेहरुको सम्झना गर्दैछु । दुर्भाग्यपूर्ण रोगको कारण निन्द्रा नलाग्नु र अमन चैन आफ्ना कारण , गतिविधि र क्रियाकलापले निन्द्रा भाग्नु नितान्त फरक कुरा हुन ।
रोगको कारण निन्द्रा नपर्नेहरुप्रति मेरो सहानुभूति र शिघ्र स्वास्थ्य लाभको कामना छ । तर आफ्ना अवाञ्छित गतिविधि र अगस्तीपनको कारण निन्द्रा नपर्नेहरूलाई सच्चिन र सुध्रन खबरदारी छ ।
दुनियाँलाई भोको राखेर आफ्नो र आफ्नाको अनि सात पुस्ताको लागि अबैध धनको जोहो गर्नेहरू निदाउदैनन तिनलाई निन्द्रा पर्दैन यो मेरो ठाेकुवा हो । प्राकृतिक तवरले निदाउन नसकेर जसले स्लिपिङ टयाबलेटकाे सहारा लिनुपर्छ अपवाद वास्तविक रोगी बाहेक आफ्नो कारणले रोगी बनेका ,बन्दै गरेका ,बनिसकेकाहरुले एकबारको जुनीमा नसुती जीवन व्यतीत गर्ने कुरा कष्टकर छ तसर्थ स्लिपिङ टयाबलेट बिना नै निन्द्राको खोजी गर्न सर्वप्रथम भर्खरै देखि अनिन्द्राको सिकार हुनु भएका नि वर्तमान सुचना , सन्चार र प्रबिधि मन्त्री माननीय गोकुल बांस्कोटालाई अपिल गर्न चाहन्छु ।
भ्रस्टाचार र कमिसनरुपी कोरोना भाइरसले नेपालको अर्थतन्त्र , राजनीति र समाज आक्रान्त छ झन कोरोना नै महामारी बनेर पस्यो भने हाम्रो समग्र अस्तित्व के होला ? हामी खतराजोनमा छौं भन्ने कुरा विश्व स्वास्थ्य संगठनले घोषणा गरे पछि मात्रै थाहा पाउछौ । नत्र भने सुरक्षीत जोन कोरोना मुक्त देश भनेर हाम्रो प्रचारप्रसार ब्यापक थियो झन चिनिया पर्यटक भित्र्याउन पर्यटनमन्त्रीको चुरिफुरी उदेकलाग्दो थियो । विश्व कोरोनाको त्रासले ननिदाएको बेला , कोरोना भाइरस भाइरल भएको मुलुकलाई देशमा स्वागत गर्न मन्त्रीको हुटहुटि र ताउर माउर देख्दा बुद्दुहरुबाट शासित हुनुपरेकोमा धेरैले खेद ब्यक्त गरेका थिए /छन ।
भ्रष्टाचारी मुलुकको रूपमा पनि ट्रान्सपरेन्सी इन्टरनेशनलले आँकडा दिए पछि मात्रै थाहा पाउछौ । कारण हामी आफ्नो ’round भ्रस्टाचार देख्दैनौ किनकी आफ्नाले गरेको भ्रस्टाचार स्विकार गरियो भने आफू पनि परिन्छ । लहरो तान्दा पहरो थर्कन्छ । होइन भने विजय गच्छदारलाई अख्तियार लाग्दा काङ्ग्रेसको रुवावासी किन हुन्छ ? व्यक्तिले गरेको गल्तीको लागि पार्टीको ढाड किन थापिन्छ ? पद्धति नै किन अवरुद्ध गरिन्छ ? निवर्तमान सन्चार मन्त्रीको कमिसन बार्गेनिङ अडियोको बचाउ गर्ने काम किन प्रधानमन्त्री ओलीको हुन्छ ? बांस्कोटाको छुल्याइ उपद्रो र विश्वासघातको बचाउ गर्न प्रधानमन्त्रीले आफ्नो प्रतिस्ठा दाउमा राखेर डोकोले छोप्नु किन पर्यो ? यी प्रसङ्गहरु निन्द्रा र चैन सँग सम्बन्धित छन । गच्छदार निदाउन नसक्दा शेर बहादुर देउवा निदाउदैनन , बाँस्कोटा अनिँदो बस्दा खडग प्रसाद ओलीको सपना खराब हुन्छ ।
हाम्रो देशमा ननिदाउनेहरुको संख्या भ्रष्टाचार , कमिसनखोर दलालहरुको नियति र दिन चैर्यामा आधारित छ । हिजो मात्रै गृहमन्त्री राम बहादुर थापा बादलको भर्सन बाहिरिएको छ । उनले भनेछन् भ्रष्टाचारीलाई कार्यबाही गर्ने हो भने स्थानीय निकाय खाली हुन सक्छ । गृहमन्त्रीलाई प्रश्न छ स्थानीय निकाय खाली गर्ने कि ? देशलाई जुका झैं चुसीरहन दिने ? जुका बनेर देशरुपी आमाको छाती चुसी रहदा अरु तमाम नेपालीको मस्त सँग निदाउने हक गुम्दैन र ? अमन चैन र आत्मिक आनन्दमा रम्न नसक्नेहरु अर्थात ननिदाउनेहरु अब सिहदराबारमा मात्रै छैनन् । गाउँ ,गाउँमा छन । केन्द्रीकृत भ्रस्टाचार , कमिसनतन्त्र अब बिकेन्दृत भएको छ ।
भ्रस्टाचारको बिकेन्दृकरण भनेको अनिन्द्रा र बेचैनीको समानुपातिक वितरण हो । अधिकारको समुचित बितरण कर्तव्यबोधको भाव होइन सिमित ब्यक्ति र बर्गले राज्यको साधन र श्रोतमा कब्जा जमाएर मुलुकलाई ननिदाउनेहरुको बस्तीमा परिणत गराउने सिलसिलेवार राजनिति चल्दैछ । जनता भोकभोकै गुन्द्री ओछ्याएर खाली भुइँमा ढुंगाको शिरानी राखेर मस्त निदाउन सक्छन् तर नेता सुनको पलङमा अनिँदो रात काटन विवस छन । भौतिक सम्पन्नतामा निन्द्रा छैन तर दरिद्र भए पनि दुख जिलो गरेर मानो जुटाउदा मात्रै पनि गहिरो निन्द्रा र सौख छ , चैन छ । यसर्थ जनता उर्फ रैती मानसिक सुख र सन्तुष्ट छ्न नेता अजिर्न बनेर खाँदा पनि कहिल्यै सुखी र सन्तुष्ट छैनन । नेता र भ्रष्टाचार पर्याय जस्तै भएको छ ।
इज्जतको मानक सम्पत्ति र सम्पन्नता मानिन्छ । सम्पत्ति भए पुग्यो सम्पत्तिको श्रोत खुलाउनु पर्दैन बैध अबैधको भ्यालू छैन बस सम्पत्ति भए पुग्छ । बिडम्बना ! नेतालाई सम्पत्ति भए पुग्यो निन्द्रा चाहिएको छैन । निदाउन नपाउनु एउटा दुख तर सुनको पलङमा पल्टेर पनि निन्द्रा नपर्नु महा दुख । अनिन्द्रा यस्तो रोग हो कथंम निदाए पनि तन्द्रामा पुगे पनि ननिदाएको सपना देखिन्छ भन्छन् भुक्तभोगीहरु ।
अत: निन्द्रा गुमाउनेहरुको ठुलो पंक्ति र तप्का छ देशमा , ती प्राय नेता र उच्च पदस्तहरु हुन । जनताले नेता भ्रस्टाचारी ठग र फटहालाई गाली र निन्दा गर्दा अति र अभद्र अश्लील गाली गर्नु पर्दैन केवल भनिदिए हुन्छ । ” सुनको बिछ्याउनामा बेचैनी र निन्द्रा विहिन रातहरु बितुन । ” निन्द्रा जस्तो स्वर्ण आनन्द लिन छोडेर बेचैनी र छटपटिमा रात गुजार्नु भन्दा चैनको स्वास लिएर गहिरो र मस्त निन्द्रा पाउन आफ्नो नैतिक आचरणमा सुधार गर्नु अत्यावश्यक छ ।
अनैतिकता र निन्द्राको भेट नहुन सक्छ तसर्थ नैतिकता सहितको जिन्दगी बाँचौ । निन्द्रा गुमाएर बेसरमको जिन्दगी जिउनु भन्दा निन्द्रा सहितको सामान्य जिन्दगी ठिक होइन र ? स्लिप्निङ टयाबलेटकाे सहाराको निन्द्रा स्वास्थ्य जोखिम र प्रत्युत्पादक हुन सक्छ । स्वस्थ रहन स्वस्थ आहार र आचारको खाँचो छ । अस्वस्थ आहार आचार विचारले स्थानीय निकाय मात्रै होइन सम्पुर्ण राजकीय पदहरु खाली हुने संभावना टडकाराे देखिन्छ ।सन्जिव कार्की +
