सिक्नलाई खुला दिमाग चाहिन्छ, मालिक

संसारभर कोरोना भाइरसको महामारी फैलिएपछि अहिले हाम्रो बौद्धिक जमातमा धेरै चलेको एउटा शब्द छ “सिक्ने”। कोही चिनियाँ अभ्यासबाट सिक्ने कुरा गर्छन, कोही इटाली र अमेरिकाबाट सिक्ने, कोही सिंगापुर र दक्षिण कोरियाबाट सिक्ने कुरा गर्छन त कोही उत्तरी यूरोपबाट सिक्ने।

एउटा चिनियाँ उखान छः “सुनेँ भने बिर्सिन्छु, देखेँ भने सम्झिन्छु र गरेँ भने बुझ्छु ।” अर्थात चिनियाँहरू केही चिज गरे पछि मात्रै सिक्छन। कसैले बुझे पछि मात्रै सिक्छ । जान्नु र सिक्नु फरक कुरा हुन।

दश-बीस वर्ष अघि सम्म कुनै पनि चिजमा चीनको उदाहरण दिनु आफैँमा हाँसोको विषय हुन्थ्यो, एकाध (जन)युद्धकला बाहेक। झन ज्ञान-गुनका कुरा त कन्फ्युसियस र ताओका केही उद्धरणको चौघेरामा मात्रै सिमित थिए।

हो, दश-बीस वर्ष अघि सम्म हाम्रो सिकाईको स्रोत दक्षिणको मैदान हो, गङ्गा किनाराको सभ्यता। सिक्ने त्यतैका गुरुबाट । तर बुद्ध वाहेक अरू सबैजसोका ज्ञानको स्रोत र शक्तिको स्रोत भने हिमालयको तपस्या वा ध्यान थिए । त्यसैले हामीसङ्ग ज्ञानका दुईस्रोत थिए, प्रबोधन वा “इन्लाइटनमेण्ट” र शिक्षण “टिचिङ्ग”।  जो इन्लाइटन्ड थिए तिनले पनि शिक्षा दिए। 

गएको गएको ६०-७० वर्षमा ज्ञानको सबै स्रोतमाथि पश्चिमा कब्जा बढ्यो। हाम्रा ज्ञानका विषय पश्चिमा विश्व-विद्यालयले व्याख्या गरे, ति विश्वविद्यालयको शोधार्थीले स्रोत खोजे।

ज्ञानशास्त्रको एउटा साँघुरो घेरामा बसेर हेर्दा एक अर्थमा अहिले एसियाको पुनर्जागरणको युग शुरु भएको छ। हामी केही कुरा उता कसरी गरेछन भनेर विस्तारै हिमाल नाघेर पारिपट्टि हेर्दै छौँ, त्यो पनि तिब्बत भन्दा उता गएर। त्यसैले मैले चिनियाँ उखान प्रयोग गरेर यो गन्थन शुरु गर्न लागेको हुँ।

कुनै समाजको विकासमा त्यो समाजको ज्ञान शास्त्रको ठूलो महत्व हुन्छ, अर्थात हाम्रा सिक्ने आफ्नै संस्कृत्ति वा अभ्यास छन। एक्काइसौँ सताब्दीका पश्चिमा आविस्कार समेत प्लेटोले व्यापक बनाएको शुकरातका सम्बाद (डाइलग)मा आश्रित छन, अर्को अर्थमा हेर्दा सोफिस्टहरूका प्रपोजिशनमाथि शुकरातले गरेका तर्क। रात दिन, कालो सेतो, असल खराब, आदि आदि दुई गुण बीचका तुलना । सबै वैज्ञानिक परीक्षणको आधार त्यही तुलना (बाइनरी कम्प्यारिजन) मार्फत ज्ञान निकाल्ने संस्कृति उनीहरूको ज्ञानको संस्कृति हो ।

हाम्रो ज्ञानको संस्कृति अलि फरक छ। चिनियाहरूको सङ्ग मिल्ने खालको। चिनियाँहरूको ज्ञानमा “टिचिङ्ग”को प्रभाव धेर छ, हाम्रोमा अलि बढि “प्रिचिङ्ग”को छ, फरक त्यति मात्रै हो।  टिचिङ्गले नलेज ट्रान्स्फर गर्छ, प्रिचिङ्गले लाइफ चेन्जमा जोड दिन्छ।

संसारभर कोरोना भाइरसको महामारी फैलिएपछि अहिले हाम्रो बौद्धिक जमातमा धेरै चलेको एउटा शब्द छ “सिक्ने”। कोही चिनियाँ अभ्यासबाट सिक्ने कुरा गर्छन, कोही इटाली र अमेरिकाबाट सिक्ने, कोही सिङापुर र दक्षिण कोरियाबाट सिक्ने कुरा गर्छन त कोही उत्तरी यूरोपबाट सिक्ने।

मलाई लाग्छ हामी सिक्न जन्मिएकै होइनौँ । हाम्रो दिमागको बनौट नै सिक्नका लागि बनेको होइन। हामी त्यसैले सबैको नक्कल गर्छौँ, उताको सुन्छौ र देख्छौँ  त्यसैले या बिर्सन्छौँ वा सम्झन्छौँ  तर सिक्दैनौँ ।

सिक्नलाई दिमागमा केही खाली ठाउँ चाहिन्छ तर त्यो भन्दा धेरै सिकेको कुरा व्यवहारमा उतार्ने इच्छा र तत्परता चाहिन्छ।

त्यस मामलामा चीन हामी भन्दा धेरै फरक छ। हाम्रोमा त कम्युनिष्ट भैदिए पछि चिनियाँ जस्तै भइन्छ भन्ने भ्रममा बाँचेकाको ठूलै जमात छ। चीन’bout ति धेरैमा अझै भ्रम होला चीनले सोभिएत यूनियनबाट कम्युनिज्म ’bout सिक्यो।  लामो समय चीनमा आफ्नो बौद्धिक खेती गरेका बुखारिन ’bout माओको भनाई हेरे हुन्छ (हेर्नुसः Mao’s Five Essays on Philosophy, 1973) चीनले न क्रान्ति रुसबाट सिकेर गरेको हो न माओ पछिका कुनै सुधार अमेरिकाबाट सिकेर गरेको हो।  चीनको क्रान्ति देखि सुधार सबै प्राङ्गारिक हुन, अरूका सुने-देखेका कुरा कार्यस्थलमै उतारेर फत्ते गरिएका र आफ्नै तरिकाले गरिएका।

क्रान्ति देखि कोरोना सम्मको चीनको अभ्यासलाई सूक्ष्म रुपमा नहेरी हामी नक्कल गर्न खोज्दैछौँ  कोरोना भाइरस’bout थुप्रै रासायनिक, सामाजिक र राजनैतिक बहस भएका छन त्यता नजाउँ । तर उसले ट्याकल गरेको तरीका भने प्राङ्गारिक थियो। प्राङ्गारिक काम गर्न प्राङ्गारिक बुद्धि चाहिन्छ, बुद्धि भन्ने चिज  कुनै ज्ञान शास्त्रको वर्षौँको अभ्यासको उत्पादन हो, नकि अर्काको अभ्यासबाट तुरुन्त निकालिने निचोड। न आत्तिईकन कुनै काम गरिरहने चिनियाँहरूको जुगौँ पुरानो बानी हो, त्यसबाट जे जति बुद्धि निस्कन्छ त्यो चाइनिजहरूको मौलिक बुद्धि हो। त्यो बुद्धिको फाउन्डेशन भनेको चिनियाँ बुद्धि निर्माणको दार्शनिक आधार नै हो।  चिनियाँ बुद्धि निर्माणको दार्शनिक आधार भनेको कन्फ्युसियस, ताओ र बुद्धका “टिचिङ्ग”को  सामुहिक रुप हो।  कन्फ्युसियसको “अनुशासन र कर्तव्य-परायणता”, ताओको “प्राकृतिक नियम विरुद्ध न्युनतम प्रतिरोध” र बुद्धको “संयम र गहिरो सोच” को गहिरो असर चिनियाँ बानी व्यहोरामा छ। कोरोना सङ्ग लड्ने बुद्धि पनि तिनै तीन प्रकारका टिचिङ्गको सम्मिश्रणबाट उब्जिएको हो।

जनताले शासकलाई सम्मान गर्ने बानी कन्फ्युसियसको ठूला प्रति गर्ने सम्मान, फिलियल पायटी (filial piety) वा शियाओ (Xiào) बाटआएको हो। जुन कन्फ्युसियसले व्याख्या गरेका पाँचवटा सम्बन्ध सिर्जित कर्तव्यमा पर्छनः शासक र शासित, बावु र छोरा, श्रीमान र श्रीमति, दाजु र भाई र साथी साथी । त्यसैले चीनमा सरकार भएको त्यतिबेला मात्रै मानिन्छ जब राजा राजा रहन्छ, मन्त्री मन्त्री रहन्छ, बावु बावु रहन्छ र छोरा छोरा रहन्छ। भन्नुको अर्थ राजाका निश्चित कर्तव्य हुन्छ ति पूरा गरे बापत उसले प्रजाको सम्मान पाउँछ। मन्त्री, बावु सवैले पाउने सम्मान त्यस्तै आफ्नो कर्तव्यसङ्ग जोडिएका हुन।

हाम्रोमा शासकले सम्मान खोजेका त धेरै घटना देखिए; सम्मानजनक भाषा देखि सुविधा सम्मका चर्चा शासकबाटै आए। तर जस्ले सम्मान खोज्नेले उनले बिगतमा आफैँ के सिकाए र अहिले कसरी आफ्नो कर्तव्य पालना गर्दैछन भन्ने ’boutमा सोचेर आएका भने देखिन्नन । 

मन, वचन र कर्मले कहिल्यै अहिँसा प्रवर्द्धन नगरेकाहरू, अर्का प्रति सम्मान-भाव हृदयको कुनै कुनामा नभएकाहरू, र जीवनभर वर्षौं देखिको अभ्यासबाट समाजमा स्थापित मान्यतालाई चुनौती दिनुलाई नै क्रान्तिकारिता मान्नेहरूमा आफूलाई बुद्ध भएको भान छ। आफूलाई समाजको हाइरार्कीमा सर्वोच्च ठान्नेहरू समानताको रटानमा छन। हाम्रो यो ढोङ (हिपोक्रेसी) हाम्रो सिकाईको सबै भन्दा ठूलो शत्रु हो।

उदाहरण चीनको लिए पनि, इरान वा इटाली वा अमेरिका जसको दिए पनि त्यसबाट के सिकियो भन्ने सुनाउने वा सम्झिने चिज होइनन। ति सिकाईलाई आफैँ काममा उतारे तिनको उदाहरण दिनु ठिक छ नत्र कुनै अर्थ छैन।

समावेशी लोकतन्त्रको अभ्यासमा भए पनि हामीले सिक्दै नसिकेको कुरा कम्युनिष्ट चीनको जन परिचालनको अभ्यास हो। हो लोकतन्त्र र मानवाधिकारका विश्वव्यापी मापदण्ड नहोलान, वा छैनन नै भनौँ र दल सरकारबीचको भेद पनि छुट्टिदैन तर त्यहाँ शासनले जनताको तल्लो तह सम्म परिचालनको क्षमता राखेको छ। सानो भन्दा सानो तह सम्म परिचालन गर्ने क्षमता चीनको कोरोना विरुद्धको युद्ध जित्ने एउटा मुख्य तत्व हो। हाम्रोमा त्यस तत्वको बिल्कूल अभाव खड्किएको छ। कसैले योगदान दिन्छु भन्यो भने उसले स्वयम् सेवा गर्ने ठाउँ समेत यो शासन पद्धतिले दिएको छैन । हामीले बनाएका ठूल्ठूला सरकारको नराम्रो असर यही महामारीमा देखिएको छ। लकडाउनमा एउटा वडाध्यक्षले आफ्ना मतदाता सम्म पुग्न पाएको छैन। कुनै कुनै वडामा वडाध्यक्ष लगायत अरू चार सदस्य समेत एउटै टोलका समेत छन। 

हामीले सहभागितामूलक लोकतन्त्रको शुरुवात त गर्यौँ तर अभ्यास “प्रतिनिधिमूलक” समेत रहेन “सुपर रिप्रेजेन्टेशनल” हुन पुग्यो। “सुपर रिप्रेजेन्टेशनल” मोडलको शासनमा शासक र शासितको सम्बन्ध एकतर्फी संचारमा सिमित हुन्छ। अहिले माथिका सन्देश र आग्रह तल जान्छन तर तलका सुझाव केही माथि आउँदैनन, ज्ञान र सिकाई माथि आउँदैनन।

चिनियाँहरूको अभ्यास ठ्याक्कै उल्टो छ । कोरोना प्रभावित क्षेत्र त्यहाँका राष्ट्रपति कसरी गए, कति तामझाम गरे, कति पल्ट गए र उनका छलफल कस्ता भए भनेर एक चोटी हामीले हेरे हुन्छ। उनी प्रति सम्मान जागेको उनी दलको हाइरार्कीमा भएकाले, सरकारको प्रमुख भएकाले र उनका भक्तहरूको मण्डलीले थर्काएकाले मात्रै होइन ।  उनका कामले हो, उनले देखाएको व्यवहारले हो र उनले पूरा गरेको कर्तव्यले हो।

हामीले अरूबाट केही सिक्न नसक्नुको प्रमुख तत्व भनेकै हामी सबै चिज जान्दछौँ भन्ने हाम्रो घमण्ड हो। हाम्रो दिमागमा नयाँ कुरा घुस्ने बाटो हामीले आफैँ बन्द गरेका छौँ र कथंकदाचित घुसिहाले पनि त्यसलाई अड्याएर राख्ने ठाउँ खालि गर्रिदिएका छैनौँ । दिमागलाई बुझ्ने हाम्रो तरिकामै समस्या छ ।

सरकार प्रमुख आफैँ ओछ्यानमा पर्नु भएको भए पनि सरकारले कोरोनासङ्ग जुध्न अथक प्रयास गर्दैछ।  एउटा ठूलै समन्वय समिति छ जुन रात दिन काम गरि रहेको छ।  सरकार बाहिर रहेका दल लगायत सबै सर्वसाधारण जनताले सरकारको हरेक कदमलाई सहर्ष साथ दिएका छन, लकडाउन लगायतका सबै कदममा; एकाध अवैध वा अज्ञात स्रोतबाट चलेका अनलाइन बाहेक सबै मिडिया अत्यन्त उत्तरदायी तरिकाले सन्देश प्रवाह गरिराखेका छन।  तर यस्तो वातावरणलाई सरकारले उपयोग गर्न सकेको छैन । तर सरकारले देशमा उपलब्ध स्रोतको उपयोग गर्न सकेको छैन।

कर्मचारीतन्त्रीय निम्नकोटीको खरीद प्रकृया र दलीय र गुटीय राजनीतिको निम्न कोटीको बाह्य सम्बन्धले गर्दा सरकारमा रहेका केही व्यक्ति माथि गम्भीर प्रश्न उठ्ने काम भए।  मलाई विश्वास छैन यस्तो सम्बेदनशील समयमा कुनै मन्त्री धन आर्जनमा लिप्तै भए होला तर सरकारबाट दुईवटा गम्भीर गल्ती भएका छन । एउटा गल्ती सरकारले आफ्नो टोकरीमा भएका बट्टाई झाडि तिर लखेटेर समुदायलाई खोजेर ल्याऊ भनेको छ, अर्को गल्ती भनेको कोरोना भाइरस परीक्षण सामाग्री खरीदलाई गोप्य र संदिग्ध बनाएको छ भलै नियतमा खोट नहुन सक्छ।

कोरोना बिरुद्धको लडाइँ चीनबाट सिक्ने रटान बिहान बेलुकै लगाउनेले नेपालमा भाइरस प्लेन चढेर आउंदैछ भन्ने माघ महिनामै बुझिसकेका थिए, र यति धेरै व्यापारिक चासो भएको खरीद प्रकृयाका हरेक कदमलाई सबै व्यापारीले नजिकबाट हेरिरहेका छन भन्ने उनीहरूले धेरै अघि बुझिसकेका थिए। नबुझेका भए दुवै काममा विज्ञहरू स्वयम् सेवा गर्न तयार थिए । बुझ्नै खोजेन। भाइरस नियन्त्रणका काममा युद्धस्तरमा खटिनु पर्ने बेला सरकारका केही मन्त्रीले नदुखेको टाउको डोरी लगाएर दुखाउने बाटो अबलम्बन गरे। उनीहरूलाई भान थियो होला हामीले पाएको भोट हाम्रो ज्ञानका कारण हो; ज्ञान पनि कानून देखि भाइरसको सम्मको ज्ञान। 

मलाई लाग्छ, अरूबाट सिक्न हाम्रो दिमागमा कुनै खाली ठाउँ नै छैन।