अंक ज्योतिष अन्तिम भाग

अंक आठका व्यक्ति भौतिकवादी व्यक्ति हुन्छन । द्रव्यलाई जीवनमा चाहिनेभन्दा बढी महत्व दिन्छन । परस्त्रीगमन यिनको जीवनको कमजोरी हुन्छ । जीवनमा अवनति यिनै कमजोरीले हुन्छ ।

 

 

 

केहि सातायता मैले मानव जीवनमा अंकको महत्व र अंकको  ज्योतिष प्रभाव’bout बर्णन गर्दै आइ रहेको छु । र, कुन अंकको  कस्तो विशेषता हुन्छन् भन्ने’bout विवेचना  गरि रहेको छु । कस्तो अंकको प्रकृति र यसले मानव जीवनमा प्रभाव पार्ने प्रभाव’bout प्रकाश पार्ने सिलसिलालाई पुनः अगाडी बढाउँदै आज म अन्य अंकको ’boutमा थप चर्चा गर्ने छु । आज पहिलो पटक पढ्दै हुनुहुन्छ भने अगाडिको भाग पनि अबश्य नछुटाउनु होला ।

 

अंक ७

सात अंक मुल रुपले उपकारी एंव सहयोगी भावना प्रधान हुन्छ । यस अंकको मुल गुण कल्पनाशिलता हो । अतः संसारको अधिकभन्दा अधिक कवि, दार्शनिक र श्रृजनात्मक काम गर्ने यसै अंकका ब्यक्ति हुन् । यस अंकका व्यक्ति शौभाग्यशाली हुन् किनकी यस अंकद्वारा सञ्चालित ब्यक्तिको मस्तिष्क उर्वर हुन्छ । निरन्तर नयाँनयाँ सोच नयाँनयाँ खालका कार्यमा रुची राख्नु र कठिनभन्दा कठिन कार्यमा लाग्नु र संघर्ष गर्नु यिनको प्रिय लाग्ने विषय हो ।
यिनले कुनै पनि वस्तुलाई ब्यर्थ संझिदैनन । प्रत्येक चीजलाई कसरी प्रयोग गर्ने भन्ने’bout राम्रोसंग जान्दछन । यो अंकका व्यक्तिले रचनात्मक क्षेत्रमा कार्य गर्ने हुन भने निश्चय पनि सफलता प्राप्त गर्न सक्छन । यिनको लेखनमा मौलिकता हुन्छ । यिनको लेखनले अरुलाई सिघ्र प्रभावित पार्न सक्छ ।

 

तर, यिनको कुनै कार्य सहजै भने कहिल्यै पनि हुँदैन । प्रत्येक कार्यको प्रारम्भमा अनेक बाधा र कठिनाईले घेर्ने गर्छ । धेरै संघर्ष पश्चात मात्र सफलता प्राप्त हुन्छ । प्रतिकुलतामा पनि यिनको हिम्मत र साहसको भने कुनै कमी हुँदैन ।

 

त्यसकारण जस्तो समस्या परे पनि कार्य प”र्ण नगरेसम्म यिनलाई चैन मिल्दैन । यिनको घरको अवस्था प्रारम्भदेखी नै त्यति उन्नति र सम्पन्न हुँदैन । यधपी यिनले आफ्नो मेहनतले स्वयंको प्रयत्नले एक  उचाई र सम्पन्नता प्राप्त गर्दछन ।

 

उनीहरुको यस्तो प्रगतिमा आफन्तबाट कुनै सहयोग प्राप्त हुँदैन । स्वयंको प्रतिभा र प्रयत्नले नै प्राप्त गर्छन । साधारण घरमा जन्मेर पनि विश्व प्रसिद्द हुन सक्ने गुण अंक सातमा हुन्छ ।

 

भाग्यको दृष्टिले पनि यो अंक अति श्रेष्ठ मानिन्छ । यिनको सम्पर्कमा जो आउछ्न ती व्यक्तिले पनि शुभफल प्राप्त गर्ने गर्दछन । साथै तिनको उन्नति अवश्य हुन्छ । यस अंकको प्रधान गुण भनेकै मौलिकता हो । यिनले जीवनमा चाहे को कार्य गरुन त्यो घिसिपिटी र काम चलाउस्तरको नभएर त्यसमा केहि मौलिकता र नविनता अवश्य हुन्छ । त्यसले अरुभन्दा पृथक कार्य हुन्छ ।

 

अरुले ब्यर्थको कार्य भनेर छोडेको कार्यलाई पनि यिनले सोही कार्यमा विशेषता, नविनता मौलिकताले भरी सबै आर्कशित हुने गरी प्रस्तुत गर्दछन । यिनको अर्को प्रधान गुण भनेको स्वतन्त्र निर्णय लिन सक्ने शक्ति हो ।

 

यिनिहरु कसैको अनुचित  दबाबमा कहिले पनि रहदैनन । साथै यिनको बिचारमाथी पनि कोही हावी हुन सक्दैनन । यिनिहरु प्रवल शक्ति भएका हुन्छन । जुनसुकै कार्य किन नहोस आफ्नो वुद्धि र आफ्नै विवेकले गर्दछन ।
कार्य गर्नु अगावै त्यसको पक्ष विपक्ष’boutमा ज्यादा जानकारी प्राप्त गरी त्यस उप्रान्त आफ्नो स्वतन्त्र निर्णय लिन्छन । यिनको तेश्रो प्रवल गुण यिनको विशाल ब्यक्तित्व हो । जीवनमा यिनले गर्ने कार्य जो माथिल्लो धारातलमा रहन्छ,  सानो सानो स्वार्थमा यिनले ध्यान दिदैनन ।

 

यिनले आफ्नो व्यक्तित्वमा धक्का लाग्ने कार्य कहिले पनि गर्दैनन र अरुलाई पनि गर्न दिदैनन । सानो तिनो गल्तिलाई यिनिहरु खसै वास्ता गर्दैनन । यिनको व्यवहार मधुर हुन्छ । जीवनमा आफुलाई माथी उठाउने शक्ति यिनमा प्रशस्त हुन्छ ।
समाजमा यिनको विशेष सम्मान हुन्छ । यिनलाई समाजले आदरको दृष्टिले हेर्छन । अधिक व्यस्त रहनाले समाजलाई पर्याप्त समय चाँही दिन सक्दैनन । तथापी आदरणीय हुन्छन ।

 

जीवनमा यिनिहरु कहिले सन्तुष्ट हुँदैनन । यै असन्तुष्टिले नै यिनिहरुलाई सधै कृयाशिल र गतिशिल बनाई रहन्छ । समय र परिस्थितिअनुसार यिनमा आफुलाई ढाल्ने कला पनि हुन्छ । यसै कलाले गर्दा समाजको प्रत्येक बर्गमा यिनिहरु लोकप्रीय हुन्छ्न । यिनमा अतिन्द्रीय ज्ञान हुन्छ । अर्थात अरुको मनलाई शिघ्र मापन गर्न सक्छन।

 

जसले यिनलाई एकपल्ट भेट्छन, त्यसले यस अंकको व्यक्तिलाई जीवनभर विर्सन सक्तैन । मित्र सहयोगको यिनलाई कमी कहिल्यै हुँदैन । यिनले पनि मित्रलाई माथि उठाउन भगिरथ प्रयत्न गर्छन ।
शाहसिक कार्यमा यिनको रुची बराबर नै रहन्छ । विदेशयात्रा आफ्नै प्रयत्नले बराबर गरी नै रहन्छन ।

 

गृहस्थ जीवन सामान्य  भए पनी आफ्नो प्रतिभा प्रयत्न विवेकले गृहस्थ जीवनलाई श्रेष्ठ बनाउँदछन ।

 

समग्रमा अंक सात भएको ब्यक्तिको जीवन अत्यन्त श्रेष्ठ सम्पन्न सुखमय भन्दा खेरी अतिसयोक्ति हुँदैन ।

 

अंक ८ 

अंक आठ अत्यन्त तेजस्वी र जटिलताले भरिएको हुन्छ । जीवनमा नत कहिले सुविधा नै हुन्छ न त कहिले विश्रामै लिन पाउछन । यधपी अगाडी बढ्ने क्षमता पनि हुन्छ । अगाडी बढ्नका लागी प्रयत्नशिल पनि हुन्छन । तर, प्रगतिमा चाहिनेभन्दा बढी बाधा, अड्चन, व्यवधान र कठिनाई पनि आउछन् ।

 

त्यतिका समस्या हुँदा पनि सहजै आफ्नो भ्ंोद अरुलाई दिदैनन । यि अंकका व्यक्तिले एक क्षणमा के गर्छन पुनः तत क्षण के गर्छन, त्यो भेद कसैले पाउँन सक्दैनन् । त्यसकारण यस्ता व्यक्तिलाई रहश्यमय ब्यक्तित्व पनि भनिन्छ । यिनको जीवनमा आकस्मिक र अप्रत्याशित घट्ना  घट्छन् । यिनले जीवन निरन्तर उथलपुथल र बाधित भएर जीउँछन् । यिनको जीवन यति धेरै परिवर्तन हुन्छ कि अरुले यिनको संधर्ष होस वा प्रगतिदेखी आश्चर्य मान्छन् ।

 

अन्तरमनमा जति पिडा भएपनि बाहिरबाट यिनीहरु सदा शान्त र सहज देखिन्छन । अंक आठ भएका व्यक्तिलाई यसो पनि भन्ने गरिन्छ, यिनको मनको विचार अनुहारमा कहिले पनि झल्किदैन । त्यसकारण यिनलाई कहिले बुझन पनि सकिदैन । यिनलाई बुझि पाउँन अत्यन्त कठिन हुन्छ ।

 

मुल रुपले यि व्यक्तिहरु अन्तर्मुखी हुन्छन । बिना होहल्ला कसैलाई नदेखाई कुनै प्रचारबाजी नगरि यिनिहरु आफ्नो कार्य गरी रहन्छन । जुन बखत कार्यले मुर्त रुप लिन्छ वा सम्पन्न हुन्छ, त्यसपछी मात्र सवका सामु राख्छन । त्यस उप्रान्त यिनको कार्यले सबैलाई चुम्बकले ताने सरी आकर्षण गर्छ ।

 

मुलतः यिनीहरु गम्भिर प्रकृतिका व्यक्ति हुन्छन । यिनको गम्भिरता र शब्दको वजनले गर्दा यिनले  जे भन्छन त्यसलाई समाजले स्विकार गर्छ ।

 

यिनले सोचेजस्तो कार्य भएन भने यिनले आफु कमजोर भएको महशुस गर्छन । कुनै पनि ब्यर्थको शंका वा घबराहटद्वारा यिनिहरु आंतकित भई रहन्छन । साथै जीवनमा प्रत्येक कदममा विचार गरी पाइला चाल्दछन । यति हुंदा पनि मन शसंकित भई रहन्छ । कतै मबाट केहि गल्ति कार्य त हुँदैन भन्ने । कही कतै कसै सित ब्यर्थको लडाई झाग्डा त हुने होईन भनेर सर्तक रहन्छन् ।

 

यिनीहरु भौतिक तत्व प्रधान व्यक्ति हुन्छन । अर्थलाई जीवनमा चाहिनेभन्दा बढी महत्व दिन्छन । परस्त्रीगमन यिनको जीवनको कमजोरी हुन्छ । यदी यिनिहरु जीवनमा असफल हुन्छन भने त्यो असफलताको मुख्य कारण यै दुई विषय नै हुन्छ । यतिकै धेरै बाधा ब्यवधान हुँदा पनि निश्चय पनि यिनिहरु आफ्नो स्वयमको प्रयत्नले जीवनको उच्च्तम धरतलमा पुग्छन।

 

अंक ९

नौ अंक सबैभन्दा सर्वाधिक सशक्त र बलवान अंक हो । यस अंकको स्वामी मंगल हो, जो मर्न र मार्नमा विश्वास राख्दछ । यस अंक भएका व्यक्तिले हार स्विकार गर्दैनन । अपमानित भएर यिनिहरु बाँच्न सक्दैनन । पराश्रित भई आफ्नो पथमा यिनिहरु अगाडि बढ्दैनन ।

 

यिनीहरु जे गर्न चाहन्छन, त्यो प्रखर र तेजस्वी रुपमा गर्छन । तर, परिणाम के हुने हो त्यसको वास्ता गर्दैनन । हार र जीत त जीवनमा चली रहन्छ । त्यस्ता विचार राख्दछन ठुलोभन्दा ठुलो जोखिमलाई पनि यिनीहरुलाई सामान्य लाग्छ । र, गर्न तत्पर हुन्छन । जोखिम लिने बलद्वारा नै कार्य सफल गर्छन ।

 

यस अंकका व्यक्ति मानसिक तथा शारिरिक दुवै रुपले साहसी हुन्छन । यिनको यो साहस कहिले काँही दुस्साहसको रुपमा परिणत भई दिन्छ । र, परिणाम अप्रिय र प्रतिकुल भई दिन्छ । वीरता, साहस, कर्मठ्ता, नेतृत्व गर्न शक्ति र दृढ निश्चय यिनमा जन्मजात हुन्छ । संसारमा जो वीरहरु भए जसले अद्भुत आश्चर्यजनक कार्य गरी देखाए, तीनीहरु कुनै न कुनै प्रकारले यस अंकसंग सम्बन्धित  रहेका छन ।

 

यस्ता व्यक्ति बाहिरबाट चट्टान जस्तो देखिए पनि भित्रबाट अत्यन्त कोमल हृदयका हुन्छन । यिनीहरु पूर्ण अनुशासनयुक्त हुन्छन । आफु अधिनस्थ  कर्मचारी अत्यन्त लोकप्रीय हुन्छन ।

 

यिनको विशेषता आफ्नो कार्य यिनले यंनकेन प्रकारेण पूर्ण सम्पन्न गरेर छोड्छन । यिनको स्वभाव उग्र हुन्छ । यिनको विपरित कार्य हुँदा यिनीहरु तुरुन्तै भड्किन्छन । क्रोध गर्छन । साथै क्रोध हुँदा यिनिहरुसंग अनर्थ भै दिन्छ । शान्त रहनु र जीवनमा चुपचाप हिड्नु यिनको स्वभावको विपरित मानिन्छ । यो यिनको वशमा हुँदैन ।

 

यिनले जीवनमा केहि विलक्षण अदभुत कार्य गर्ने चाहना राख्दछन । जसले पुरै समाजको ध्यान आकृष्ट गर्न सकोस । हाकिमहरुलाई यिनले आफुभन्दा कमजोर ठान्दछन । त्यसकारण उनीहरुसंग  शत्रुवत ब्यबहार गर्छन । माथिकासंग सधै मतभेद भैरहन्छ ।
गृहस्थ जीवन यिनको सामान्य रहन्छ । श्रीमतीसंग वैचारिक मतभेद भैरहन्छ । श्रीमतीलाई पनि शंकालु दृष्टिले हेर्ने गर्छन । बेलाबखत समाजमा यिनले श्रीमतीको बेइज्जत गर्न पनि पछी पर्दैनन । यसले गर्दा दाम्पत्य जीवन कटु एव विषाक्त भैदिन्छ । मुद्दा झगडा यिनको जीवनमा बराबर चली रहन्छ । जीवनमा न आफु शान्त बस्छन र अरुलाई नै शान्त भएर बस्न दिन्छन ।  यिनको जीवनमा आकस्मिक रुपले घट्ना घटी रहन्छ ।

 

मेरो आफ्नो सुझाव नौ अंकको व्यक्तिले आफ्नो मस्तिष्कलाई पूर्ण नियन्त्रणमा राख्दा मात्र धेरै सहज अनुकुल हुनेछ । जस्तो सुकै परिस्थिति आफुलाई संयम बनाई राख्नु पर्दछ ।

 

यिनको जीवनमा एकभन्दा अधिक स्त्रीको प्रवेशले गर्दा आर्थिक अवस्थालाई पनि असर गर्छ । यिनिहरु दुब्र्यशनमा लागे भने यिनले त्यसको सीमा पनि तोड्छन । त्यसकारण यिनले स्वयंलाई धेरैपटक हानी पुर्याउँछन । आर्थिक स्थितिले धेरै पटक यिनलाई असाध्यै समस्याको सामना गर्नुपर्छ ।

 

यिनिहरु देखावटी गर्न आडम्बरको साहारा लिन्छन । अरुको कुरा पूर्ण हुन नपाउँदै वीचमै कुरा काटी आफ्नो विचार जबरजस्ती स्थापित गर्न खोज्छन । जीवनमा मित्रभन्दा बढी शत्रु हुन्छ जो मित्र हुन्छ यिनको ब्यबहारले त्यो पनि शत्रु बन्छन । तर, यिनको ठुलो विशेषता यिनिहरु पूर्ण स्वाभिमानी हुन्छ । विपरित परिस्थितिलाई पनि सहजै स्विकार गर्छन । हात फैलाउन याचना गर्न यिनले जानेका हुँदैन ।

 

आफुलाई अरुभन्दा ज्यादै महत्व दिन्छन । आफ्नो स्वाभिमानलाई असर पर्ने कार्य गर्दैनन । यिनिहरु आफ्नो धुनको पक्का हुन्छन । निराशाको यिनको जीवनमा स्थान हुँदैन । समग्रमा यिनले आफ्नो जीवनमा मन मस्तिष्कलाई नियन्त्रणमा राख्दै जीवनपथमा अगि बढे यिनले सफलता जीवनमा उत्कृष्ट स्थान प्राप्त गर्न सफल हुनेछन ।

 

केहि सातादेखी मैले पाठकसमक्ष अंकले मनुष्य जीवनमा पार्ने प्रभाव र प्रकृति’bout अंक ज्योतिष’bout बर्णनलाई आज विट मार्दैछु । मैलै सुझाएका उपाय गरेर जीवन अझै सुखमय बनाउन सकिन्छ भन्ने भरोसा दिलाउँदै विदा चाहान्छु । इति शुभम !

 

जीवनमा अंकको महत्व

जीवनमा अंकको महत्व-२

अंक ज्योतिष –३

 

upadhyaydeepak32@yahoo.com

977-9849428414