भोजपुर र खोटाङको सीमनामा अवस्थित टेम्के डाँडामा निर्माण हुन् लागेको किराँत राईहरुको पहिचान जोडिएको चिण्डो आकारको भ्यू टावरको डिजाईन फोटो । तीन हजार १०० मिटर उचाइ रहेको टेम्के डाँडामा प्रदेश सरकारको रु. १३ करोड ६२ लाख ८१ हजार लागतमा भ्यू टावर निर्माण गर्न लागिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाका प्रमुख मिलन आचार्यले जानकारी दिनुभयो ।