दहचोक : कालु पाण्डे समाधिस्थल

कालु पाण्डेको समाधिस्थल दहचोक गडी र पृष्ठभुमीमा कीर्तिपुर सहित काठमाडौँ उपत्याका । तस्विर: चन्द्रशेखर कार्की /सदृश्य

१८१४ सालमा दहचोकबाट गोर्खाली सेनाले कीर्तिपुर माथि आक्रमण गर्यो। गोर्खा राज्यका तर्फबाट करिब १२ सय सैनिकले कीर्तिपुरमाथि धावा बोलेका थिए, आक्रमण गरेका थिए । पृथ्वीनारायण शाह आफैँ आक्रमणको कमान्ड गरिरहेका थिए । सानो राज्य कीर्तिपुर करिब तीन सय मात्र सेनाको भरमा प्रतिकार गरिरहेको थियो । त्यसो त कीर्तिपुर एक्लैसँग त्यति सेना थिएनन् । उसले काठमाडौँ, ललितपुर र भक्तपुरसँग सैन्य सहयोग मागेर प्रतिकारमा उत्रिएको थियो ।

दुई पक्षबीच घमासान युद्ध भयो । युद्ध करिब ६ घन्टा चल्यो । धेरै गोरखाली सैनिकको मृत्यु भयो । पृथ्वीनारायण शाह स्वयं कीर्तिपुरवासीको कब्जामा परे । तर, राजवध गर्न नहुने नैतिक नियमका कारण मात्र उनी बाँचेर मुक्त भएका थिए । सो युद्धमा गोर्खाली सेनाका सेनानायक कालु पाण्डे मारिए । युद्धमा मारिएपछि कालु पाण्डेकै इच्छा अनुसार उनलाई दहचोकमा समाधिस्थ गरियो।